
यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ ।
आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’