कियान र रेमी जुम्हयाहा दिदी-बहिनी हुन् । उनीहरुको जन्म झण्डै एक मिनेटको फरकमा भएको थियो । दुबैको नाक-नक्शा त एक जस्तै छ तर, रंग ठिक विपरित ।
कियानको रंग श्वेत छ भने रेमीको रंग कालो छ । उनी झट्ट हेर्दा अफि्रकी मुलको जस्तो देखिन्छिन । श्वेत आमाबाबुको सन्तान भएर पनि दुई मध्ये एक बच्चाको रंग कालो छ, यस्तो लाखौंमा एक हुन्छ । यसको कारण उनीहरुको बाबुआमामा पाएको रेयर जीन हो ।
दुबै बच्चीको आमा काइली होजसन र बाबु रेमी हार्डर दुबैमा एक समानता छ, त्यो के भने होजसको रंग श्वेत छ भने बाबु काला थिए । यी दुबै अहिले ८ वर्षकी भइसकेकी छिन् ।
Showing posts with label Mysterious Amazing. Show all posts

Wednesday 1 January 2014
Friday 6 December 2013
१२ औं तल्लाको झ्यालबाट आमाछोराको आत्महत्या गर्ने धम्की
‘मलाई कसैले नरोक । म साँच्चै भन्दैछु । म यसलाई मार्छु र आफू पनि मर्छु ।’ तलको तस्वीर उक्त क्षणको हो, जतिबेला एक महिला आफ्नो छोरालाई काखमा लिएर अग्लो भवनको झ्यालमा बसेर भनिरहेकी छिन कि उनी आत्महत्या गर्न गइरहेकी छिन् ।
उनको हातमा भएको छोरा ३ वर्षको छ र उनी चीनको सांघाईस्थित एक अपार्टमेन्टको १२ औं तलाको झ्यालमा बसेर उनलाई फाल्न खोज्दैछिन् । उनी निकै कराइरहेकी छिन् र चिच्याउँदै छिन् । पहिले एक्लै झ्यालमा बसेर रुँदै कराइरहेकी यी महिला एकछिनमा छोरालाई पनि लिएर फेरी झ्यालमा झुल्किन्छन र भन्छिन– पहिले यसलाई माछु अनि म आफै हाम्फाल्छु ।’
यस्तो त्रासपूर्ण अबस्थापछि चिनियाँ प्रहरी, अग्नि नियन्त्रक, लगायतको उद्दार टोली १३ औं तल्लामा पुग्छ । एक अग्निनियत्रक ज्यानको जोखिम मोलेर तल्लो झ्यालमा झर्छन जहाँ ती महिला आत्महत्याको धम्की दिँदै बसिरहेकी छिन् । प्रहरी उनलाई रोक्न सफल हुन्छ ।
घटनाप्रति प्रहरी समेत आश्चर्यमा परेको छ । ती महिलाको मानसीक अवस्था जाँच गरिँदैछ । वेरोजगारीका कारण उनी मानसिक रुपमा निकै विक्षीत भएको हुने सक्ने स्थानीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Tuesday 22 October 2013
अन्तिम संस्कार गर्न लगिएको मुर्दा नै बोल्न थालेपछि

फिल्महरुमा त हामीले मुर्दा पनि अन्तिम संस्कारको समयमा जिउदो भएको देखेका छौ । तर तपाईले कहिले यस्तो घटना आफ्नो वास्तविक जीवनमा देख्नु भएको छ, जहाँ अन्तिम संस्कारको लागि लगिएको मुर्दा नै उठेर बोल्न थालेपछि त्यहाँ भएका आफन्तहरुको अवस्था के होला ? उनीहरु डराउने कि खुशि हुने ? यस्तै केही जिम्बाब्वेमा पनि भएको छ ।
जिम्बाब्वेको ग्वेरु निवासी ब्राइटन दामा जैथ नामक व्यक्तिको मृत्यु पश्चात उनको आफन्त र साथीहरु श्रद्धाजंजि दिनको लागि मुर्दाघाटमा लगिएको थियो । श्रद्धाजंलिको क्रममा जैथको शरीर हलचल गरी उनी उभिएको थियो । मृतक जैथ जिउदो भएको देखेर उनको सबै आफन्तहरु त एकछिन् आश्चर्य नै मानेका थिए । तर पछि जैथलाई तुरुन्त अस्पताल लगिएको थियो ।
जैथलाई अस्पतालमा दुई दिनसम्म भर्ना गरी छुट्टी दिइएको छ । सुरुमा जैथ जिउदो भएको देखेर सबै जना डराए पनि अहिले भने सबै खुशी भएका छन् ।

Friday 11 October 2013
पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज
एजेन्सी लन्डन– एक पटक सोच्नुस् त ! तपाई हवाइ यात्रामा हुनुहुन्छ, विमानका पाइलट अचानक विरामी भए के तपाई अब जहाजलाई अवतरण गर्ने हिम्मत गर्न सक्नु हुन्छ? बेलायतको हम्बरसाइड विमानस्थलमा यस्तै भएको छ। उडिरहेको विमानका पाइलट विरामी भएपछी एक यात्रीले जहाजको सफलतापूर्वक अवतरण गर्न सफल भएका छन्।
पाइलट अचानक विरामी भएपछि विमानस्थलमा आपतकालीन सन्देश पठाइएको थियो। यसपछि दुई उडान प्रशिक्षकले जहाजको ककपिटमा बसेका यात्रीलाई विमान तल झार्ने निर्देशन दिएका थिए। ‘यात्रुको उडान सम्बन्धी कुनै अनुभव थिएन तर उनले उल्लेखनीय काम गरे’ हवाइ उडानको प्रशिक्षण दिने राय मरेले भने– ‘वास्तवमा उनले राम्रो अवतरण गरे।’
यात्रीलाई हवाइ जहाजको लेआउट बारे कुनै जानकारी थिएन। ‘रातको समयमा उज्यालो पनि कम थियो एक प्रकारले भन्दा विमान नेत्रहीन भएको थियो’, मरेले भनेका छन्।
जहाज उडाउने यात्रुले यस भन्दा पहिला एक पटक मात्र यात्रीका रुपमा जहाजमा उडान गरेका थिए तर उनले कहिल्यै जहाज उडाएका थिएनन्।
मरेले आपतकालीन अवस्थामा जहाज उडाइरहेका यी यात्रुलाई विमान अवतरण गर्ने प्रक्रिया सिकाइरहेका थिए र उनलाई शान्त रहन आग्रह गरेका थिए।
चौथो कोसिसमा विमान सुरक्षित अवतरण भएपछि विमानस्थलको नियन्त्रणकक्षमा ताली बजेको थियो। विमानले सेनफोट विमानस्थलबाट उडान भरेको थियो। उक्त समयमा विमानमा पाइलट र उनै यात्री मात्र थिए। पाइलटको अवस्थाको बारेमा कुनै जानकारी दिइएको छैन।

Thursday 10 October 2013
अस्पतालको चौरमै यसरी जन्मियो बच्चा
विश्वभर नै मेक्सिकोको अस्पतालको चौरमा एक महिलाले रुँदै बच्चा जन्माइरहेको तस्वीरले आज तहल्का मच्चाइरहेको छ । अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ । उक्त तस्वीर इन्टरनेट हुँदै पत्रिकाको बाहिरी पृष्ठमा समेत प्रकाशित भएसँगै राष्ट्रिय बहसको सिर्जना भयो र अन्ततः मेक्सिको सरकारले महिलालाई चौरमा बच्चा जन्माउन बाध्य पार्ने उक्त अस्पतालका प्रमुखलाई निलम्बन गरेको छ ।
वास्तवमा त्यो दर्दनाक तस्वीर मेक्सिकोको एक आदिवासी समुदायकी महिलाको हो । २९ वर्षकी र्इमा लोपेज बच्चा जन्माउनका लागि ओआक्जाका राज्यस्थित सरकारी अस्पतालमा गइन् । तर अस्पतालका नर्शहरुले ती महिलालाई सुत्केरी गराउन अस्विकार गरे । अस्पतालमा भर्ना हुन नपाएपछि उनी अस्पतालको चौरमा गएर बच्चा पाइन् । उनले रुँदै बच्चा पाइन् । बच्चा चौरमा खस्यो तर त्यसलाई सम्हाल्ने कोही थिएन । त्यत्तिकैमा कसैले त्यो तस्वीर खिच्यो र त्यसलाई इन्टरनेटमा अपलोड गर्यो । यो घटना गएको अक्टोबर २ तारेखको हो ।

Tuesday 8 October 2013
Friday 4 October 2013
१६ बर्षे २ दिदी बहिनीका अस्लिल चर्तिकला हेर्नुस भिडियो

Saturday 21 September 2013
अनौठो होटल : कमोटमा आची गर्ने होइन खाना खानुपर्ने
शौचालयमा कमोट हुन्छ र त्यसमा दिशा पिसाब गरिन्छ । तर जापानमा एउटा यस्तो होटल छ, जहाँ कमोटमा दिशा पिसाब होइन पाहुनाले खाना खान्छन् ।
सुन्दै घिन लाग्नसक्छ । तर घिन मान्नुपर्ने कुरा केही छैन । त्यहाँ कमोटमै बसेर कमोटमै पस्किएको खाना मज्जाले खाइन्छ ।
उक्त होटलको भित्री बनावट पूरै ट्वाइलेटको जस्तै छ । अर्थात् त्यो होटलभित्र छिर्ने वित्तिकै ट्वाइलेटमै छिरियो की भन्ने भान हुन्छ । त्यहाँ थरी थरीका कमोट, बाथटब लगायतका सामाग्री राखिएको छ । खाना राख्ने थालको रुपमा कमोटनै हुन्छ र बस्ने कुर्सीको रुपमा पनि ।
होटलमा ग्राहकले जे खानेकुरा अर्डर गरेपनि वेटरले कमोट, बाथटब, वास बेसिन, बाल्टी आदिको आकारमा ढालेर खाना ल्याउँछ र कमोटको आकारको भाँडोमा खन्याइदिन्छ । यो आधुनिक रेष्टुरेन्ट जापानको एक नामी रेष्टुरेन्ट हो जसको शाखा ताइवान सम्मै छन् ।

यी हुन् संसारका एकमात्र मान्छे, जो ४० वर्षसम्म सुतेकै छैनन्
तपाइँ कति दिनसम्म अनिँधो बस्न सक्नुहुन्छ ? एक रात अनिँधो बस्दा त विरामी होइएला की जस्तो हुन्छ भने कति दिन भन्ने त कुरै भएन । तर यो संसारमा एकजना यस्ता मान्छे छन् जो ४० वर्षदेखि जागै छन् ।
६४ वर्षका थाइ एन्जोक नामका पुरुष ४० वर्ष यता एक झप्को पनि निदाएका छैनन् । उनी देख्दा खेरि सामान्य मान्छेजस्तै देखिन्छन् र दिनभर सामान्य तरिकाले नै कामकाज गर्छन् । फरक, अरु सामान्य व्यक्तिको रात सुतेर बित्छ तर उनी रातभरि नै सधै जागा हुन्छन् ।
एन्जोकले भियतनामको पहाडि इलाकामा कुखुरा तथा सुंगुर पालन गरेका छन् । उनकी एक श्रीमती र ६ जना छोराछोरी छन् । सन् १९७३ देखि उनी सुतेकै छैनन् । त्यस वर्षको एक रातले उनको जिवनलाई सधैका लागि माछोजस्तै ननिदाउने बनाइदियो । उनलाई ज्वरो आएको थियो । जाबो ज्वरो त हो नी भनेर खासै ध्यान दिएनन् र उपचार पनि गरेनन् पछि ज्वरो निको हुन धेरै समय लाग्यो र उनलाई न्रि्रा पनि लाग्न छाड्यो । त्यस यताका ११ हजार ७ सय दिन उनी जागै छन् ।
यस्तो न्रि्रा नलाग्ने समस्याको उपचारका लागि उनीहरु डाक्टरकोमा नधाएका होइनन् तर पनि उनको समस्या २० को १९ भएन । सुरु सुरुमा त यसरी न्रि्रा नै नआउँदा स्वास्थ्य निकै ब्रि्रन्छ की भन्ने डर उनी र उनका परिवारलाई थियो । तर उनको स्वास्थ्यमा खासै समस्या आएन र अहिले त ननिदाएको कारणले उनमा कुनै समस्या छैन ।
आफ्नो न्रि्रा नलाग्ने समस्यालाई उनले अहिले अबसरका रुपमा लिएका छन् । उनले थकाइ लाग्दा आराम गर्छन् । तर के दिन के रात उनी अरु समय काममै लागिरहन्छन् । अरु मान्छे सुतेको बेला उनी रातमा खेतमा गएर पानी लगाउँछन्, चौकीदारी गर्छन् । माछा पालनका लागि उनले अहिले २ वटा तलाउको खोजी गरिरहेका छन् ।

Friday 20 September 2013
Thursday 12 September 2013
Monday 12 August 2013
हावा मात्र खाएर बाँचने संसारकै बिचित्र मान्छे !!
मान्छेलाई बाँच्नको लागि खाना खानुपर्छ । तर विश्वमा यस्ता मान्छे पनि हुँदा रहेछन् जो केवल हावा खाएर मात्र पनि बाँच्न सक्छन् ।
झ्वाट्ट सुन्दा हाम्रै देशका लिटिल बुद्धको नाममा चर्चा कमाएका एक जना किशोर हुन् की भन्ने लाग्दा । महिनौँ नखाइ तपस्या गरेर बसेको भनिएका राम बहादुर बम्जनको यस्तो दाबी लगभग असत्य सावित भएको बेला नेसनल जियोग्राफिक च्यानलले हावामात्र खाएर बाँच्ने त्यस्ता अनौठा तथा अपत्यारिला मान्छे फेला पारेको छ । ती युवक हामीजस्तै दिनहुँ कामकाज गर्छन्, घुमफिर गर्छन् तर खाना भने खाँदैनन् । केवल स्वास फेर्दा लिएको हावा उनका लागि काफी छ ।
सुन्दा विश्वास लाग्दैन । तर यो सत्य हो । श्रीलंकाका किरबी डे लनेरो त्यस्ता मान्छे हुन् जो हावा मात्र खाएर बाँच्न सक्छन् ।
खबर अनुसार यी युवकले पछिल्लो पाँच वर्ष यता यस्तो समयतालिका पछ्याएका छन् जसमा उनले वर्षका १० महिनामा केवल ६-७ पटक मात्र खान्छन् । उनले पछिल्लो १० महिनामा केवल ७ पटक मात्र खाना खाएका छन् अर्थात् दश महिनामा केवल ५ सय क्यालोरी मात्र । जबकी एक जना सामान्य मान्छेले दिनमा ३ चोटी, महिनामा ९० चोटी तथा १० महिनामा ९ सय चोटी खाने गर्छ ।
किरबी आफुलाई धेरै खाना खानु नपर्ने बताउँछन् । स्वास फेर्दा लिएको हावा तथा सूर्यको किरणबाट आफ्नो सरीरले उर्जा प्राप्त गर्ने दाबी उनको छ । उनको यो दाबी सही हो वा होइन र उनी दश महिनामा केवल ७ पटक मात्र खाएर कसरी बाँचेका छन् ? भन्ने कुराको अनुसन्धान गर्न वैज्ञानिकहरु जुटेका छन् । किरबी भने आफ्नो यो शक्ति इश्वरको बरदान भएको बताउँछन् । अरु मान्छेले जस्तै खाने हो भने आफु विरामी पर्ने र थाक्ने उनी बताउँछन् ।
आफुलाई धेरै मान्छेले खाना नखाइ बाँच्ने उपाय हामीलाई पनि सिकाइदेउ भन्ने गरेको तर आफ्नो यो क्षमता इश्वरको देश भएकाले आफुले सिकाउन नसक्ने किरबी बताउँछन् ।
हाम्रो सामाजिक संजाल मा साथी बन्न को लागि याँ click गर्नु होस् !

Thursday 8 August 2013
जंगलमा जनावरसँगै संगत गरेर हुर्किएकी दुधेबालिका
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस।
एजेन्सी_एउटा अफ्रिकन जंगलमा जनावरसँगै संगत गरेर हुर्किएकी १० वर्षीया बालिकाका मन छुने तस्बिर सार्वजनिक भएका छन् । ती तस्बिर संग्रहित ‘टिप्पी : माई बुक अफ अफ्रिका’ नामक किताब हाले विश्वव्यापी रूपमा बजारमा आएको छ ।
किताबमा बालिकाले हात्ती (जसलाई उनी दाइ भन्ने गर्छिन्) र चितुवा (जसलाई उनी बेस्ट फ्रेन्ड भन्ने गर्छिन्) सित मित्रता गाँसेको घतलाग्दा दृश्य छन् । पूरा नाम टिप्पी बेन्जामिन ओकान्ति डेग्रे भएकी बालिका नामिबियामा जन्मेकी थिइन् । उनका फ्रेन्च आमाबाबु सिल्भी रोबर्ट र अलेन डेग्रे वाइल्डलाइफ फोटोग्राफर हुन् । उनीहरू आफ्नी सानी छोरीलाई लिएर अफ्रिकाको मौलिक र रोमाञ्चक भ्रमणमा निस्केका थिए ।
टिप्पीको जन्म भएको देश नामिबियामा यो साहसिक यात्रा सुरु भएको थियो, जुन बोस्टवाना, जिम्बाबे र साउथ अफ्रिकाजस्ता देशका घना जंगलसम्म पुग्यो । ‘अरूभन्दा पनि बाँदरले छोरीको दूधको बोतल खोस्लान् भन्ने पीर हुन्थ्यो हरेक दिन,’ आमा सिल्भी भन्छिन्, ‘हाम्रो यात्रा मान्छेले कल्पनै गर्न नसक्ने आश्चर्यजनक थियो ।’
उनीहरू जंगलभित्र एउटा टेन्ट गाडेर बस्थे । जंगलको बसाइका क्रममा टिप्पी यति धेरै अभ्यस्त भइन् कि उनी जंगली जनावरसित डराउनै छाडिन् । अस्ट्रिचको ढाडमा बस्नेदेखि लिएर हात्तीको सँुडमा टेकेर नाच्नसमेत बाँकी राखिनन् । ‘उनी जनावरसित एकदमै सहज हुन्थिन् । उनी आफ्ना आँखा र हृदयले जंगली जनावरसित कुरा गर्थिन्,’ आमा भन्छिन्, ‘उनलाई कत्ति पनि डर थिएन ।’
टिप्पीले अबु नामको भीमकाय अफ्रिकन हात्तीसित गहिरो मित्रता बनाएकी थिइन् । सिल्भीका अनुसार त्यति ठूलो हात्तीका अगाडि आफू कति सानी छु भन्नेसमेत उनलाई महसुस हुँदैनथ्यो । ‘उनी मसित जसरी कुरा गर्छिन्, अबुसित पनि त्यसरी नै कुरा गर्थिन् । त्यहाँ बस्ने आदिवासीले उनलाई जनावरसित कुरा गर्ने सानी केटी भन्थे,’ सिल्भीले सम्झिन् । डरलाग्दा मानिने जंगली जनावर मानिससित पहिलेदेखि नै अभ्यस्त भएकाले नै टिप्पी उनीहरूसित झ्याम्मिन सम्भव भएको हो । उनले संगत गरेका अधिकांश जनावर बाबुआमा नभएका र स्थानीय कृषकले हुर्काएका थिए । उनीहरू मानिसलाई हत्तपत्त आक्रमण गर्दैनथे । तथापि, उनको सुरक्षाप्रति आमाबुबा सचेत थिए ।
‘आक्रमण गर्दैनन् भन्दैमा सबै जनावरअघि उनलाई त्यत्तिकै त कहाँ छाड्थ्यौँ र ?’ सिल्भीले भनिन् । उनका अनुसार यदि जंगली जनावर डराए, घाइते भए भने उनीहरू कि त भाग्छन्, कि आक्रमण गर्छन् । त्यसैले आफ्नी सानी छोरीमाथि सधँै नजर राख्ने गरेको उनले बताइन् । अलिकति पनि डर लाग्यो भने टिप्पीलाई उनले जनावरको नजिक पर्न दिन्नथिन् ।
टिप्पीले एउटा सिंहको बच्चा मुफासासित फोटो खिचाएकी थिइन्, जसमा मुफासाले उनको हातको बुढी औँला चुसिरहेको थियो । अर्को वर्ष त्यही ठाउँमा गएर हेर्दा मुफासा ठूलो भएर डरलाग्दो रूप लिइसकेको सिल्भीले बताइन् । ‘मुफासा उनी नजिकै आयो र उसको लामो पुच्छरले टिप्पीलाई मुसार्यो, बिरालोले जसरी । उनी झन्डै लडिन्, मैले गएर समात्नुपर्यो,’ सिल्भीले भनिन् । यति लामो यात्राको दौरान टिप्पीलाई दुईचोटि मात्रै जनावरले टोकेका रहेछन् ।
जनावर मात्रै होइन, टिप्पीलाई देखेर आदिवासीहरू पनि खुब रमाउँथे । आफूभन्दा फरक र राम्री भएकीले उनीहरू टिप्पीलाई खेलाउन औधी रुचाउँथे । ‘अफ्रिकनहरू अरूका बच्चालाई माया गर्छन्, विशेषगरी गोरा बच्चालाई,’ सिल्भी भन्छिन्, ‘कहिलेकाहीँ त हामी टिप्पीलाई पूरै दिन उनीहरूका साथमा छाडिदिने गथ्र्यौं । रातिचाहिँ आफूसँगै सुताउँथ्यौँ ।’
आफ्नो रोमाञ्चक यात्रा सकेर टिप्पीको परिवार युरोप फर्कियो, जतिवेला टिप्पी १० वर्षकी भएकी थिइन् । सुरुमा उनलाई पेरिसको सहरी जीवनमा अभ्यस्त हुन मुस्किल परेको थियो । आफूले भेटेका र साथी बनाएका जनावरलाई उनी खुब सम्झिन्थिन् । आमाबाबुले टिप्पीको मन बहलाउन एउटा सुगा पालेका थिए । त्यो सुगाले टिप्पीलाई कहिल्यै साथ छाड्दैनथ्यो । जहाँ जाँदा पनि टिप्पीले सुगालाई सँगै लैजान्थिन् । सुत्दा पनि उनी आफ्नो छातीमा राख्थिन् । टिप्पीको एक मात्र मिल्ने साथी त्यही चरो भएको थियो ।
टिप्पी अहिले २३ वर्षकी भइन् । उनी सिनेमामा डिग्री तेस्रो वर्ष अध्ययनरत छिन् । अहिले फरक किसिमको जंगलमा उनी बाँचिरहेकी छिन्, कंक्रिटको । तर, अफ्रिकामा उनले बिताएका क्षण सिनेमाको पर्दाझैँ उनको मानसपटलमा नाचिरहन्छन्, नयाँ पत्रिकाकाबाट साभार गरिएको ।

अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी विमानस्थल पूर्ण रुपमा बन्द (भिडियो सहित
नैरोबी (केन्या) — पूर्वी अफ्रिकाको मुख्य ‘हब’ मानिने केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ। आगलागीका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।
यातायात व्यवस्था हेर्ने मन्त्रिपरिषदका सचिव मिकेल कामुले आगलागी निकै डरलाग्दो भएकाले मान्छेहरुलाई टाढै राखिएको छ। गृहमन्त्रीले ट्विट गर्दै विमानस्थलबाट सबैलाई उद्दार गर्ने काम भइरहेको जानकारी दिएका छन्। आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो। आगलागीमा परी मानवीय क्षति भए-नभएको केही बताइएको छैन। Source:-nagariknews

Tuesday 6 August 2013
इजरायलमा टु्क्राटुक्रा पारेर मारिएको महिलाको लाश फेला
भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस
इजरायल, २० साउन – इजरायलको तेलअभिभको हागनास्थित रेल स्टेशन नजिक एक महिलाको टुक्राटुक्रा पारेर लेगजमा हालिएको लाश फेला परेको छ । उक्त लगेजलाई एक व्यक्तिले देखेपछि उठाउन खोज्दा भारी भएपछि शंकास्पद वस्तु होला भनेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी आएर चेक गर्दा त्यो लगेजमा एक महिलाको लास लाइ खुप यातना दिएर मरेको अनुमान सजिलै गर्न सकिने कुरा प्रहरीले जानकारी गराएको छ । ति महिलाको लास लाइ हरेक ठाउमा चक्कुले हानेर काटेको घाउ देख्न सकिन्छ । ति महिलाको शरीरक पुरै अंग काटेर छुट्यायर लगेजमा राखिएको अवस्थामा भेटिएको छ भने महिला अन्दाजी ३० बर्ष को रहेको जनाइएको छ । यो घटनाको बारेमा अहिले अनुसन्धान भै रहेको कुरा इजरायलको वाइनेट न्यूजले जनाएको छ । ति महिला को हुन् इजरायली हुन् या अरु कुनै देश बाट काम गर्न आएकी हुन् यसको बारेमा भने कनै जानकारी गराइएको छैन् ।

Subscribe to:
Posts (Atom)