भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस।
एजेन्सी_एउटा अफ्रिकन जंगलमा जनावरसँगै संगत गरेर हुर्किएकी १० वर्षीया बालिकाका मन छुने तस्बिर सार्वजनिक भएका छन् । ती तस्बिर संग्रहित ‘टिप्पी : माई बुक अफ अफ्रिका’ नामक किताब हाले विश्वव्यापी रूपमा बजारमा आएको छ ।
किताबमा बालिकाले हात्ती (जसलाई उनी दाइ भन्ने गर्छिन्) र चितुवा (जसलाई उनी बेस्ट फ्रेन्ड भन्ने गर्छिन्) सित मित्रता गाँसेको घतलाग्दा दृश्य छन् । पूरा नाम टिप्पी बेन्जामिन ओकान्ति डेग्रे भएकी बालिका नामिबियामा जन्मेकी थिइन् । उनका फ्रेन्च आमाबाबु सिल्भी रोबर्ट र अलेन डेग्रे वाइल्डलाइफ फोटोग्राफर हुन् । उनीहरू आफ्नी सानी छोरीलाई लिएर अफ्रिकाको मौलिक र रोमाञ्चक भ्रमणमा निस्केका थिए ।
टिप्पीको जन्म भएको देश नामिबियामा यो साहसिक यात्रा सुरु भएको थियो, जुन बोस्टवाना, जिम्बाबे र साउथ अफ्रिकाजस्ता देशका घना जंगलसम्म पुग्यो । ‘अरूभन्दा पनि बाँदरले छोरीको दूधको बोतल खोस्लान् भन्ने पीर हुन्थ्यो हरेक दिन,’ आमा सिल्भी भन्छिन्, ‘हाम्रो यात्रा मान्छेले कल्पनै गर्न नसक्ने आश्चर्यजनक थियो ।’
उनीहरू जंगलभित्र एउटा टेन्ट गाडेर बस्थे । जंगलको बसाइका क्रममा टिप्पी यति धेरै अभ्यस्त भइन् कि उनी जंगली जनावरसित डराउनै छाडिन् । अस्ट्रिचको ढाडमा बस्नेदेखि लिएर हात्तीको सँुडमा टेकेर नाच्नसमेत बाँकी राखिनन् । ‘उनी जनावरसित एकदमै सहज हुन्थिन् । उनी आफ्ना आँखा र हृदयले जंगली जनावरसित कुरा गर्थिन्,’ आमा भन्छिन्, ‘उनलाई कत्ति पनि डर थिएन ।’
टिप्पीले अबु नामको भीमकाय अफ्रिकन हात्तीसित गहिरो मित्रता बनाएकी थिइन् । सिल्भीका अनुसार त्यति ठूलो हात्तीका अगाडि आफू कति सानी छु भन्नेसमेत उनलाई महसुस हुँदैनथ्यो । ‘उनी मसित जसरी कुरा गर्छिन्, अबुसित पनि त्यसरी नै कुरा गर्थिन् । त्यहाँ बस्ने आदिवासीले उनलाई जनावरसित कुरा गर्ने सानी केटी भन्थे,’ सिल्भीले सम्झिन् । डरलाग्दा मानिने जंगली जनावर मानिससित पहिलेदेखि नै अभ्यस्त भएकाले नै टिप्पी उनीहरूसित झ्याम्मिन सम्भव भएको हो । उनले संगत गरेका अधिकांश जनावर बाबुआमा नभएका र स्थानीय कृषकले हुर्काएका थिए । उनीहरू मानिसलाई हत्तपत्त आक्रमण गर्दैनथे । तथापि, उनको सुरक्षाप्रति आमाबुबा सचेत थिए ।
‘आक्रमण गर्दैनन् भन्दैमा सबै जनावरअघि उनलाई त्यत्तिकै त कहाँ छाड्थ्यौँ र ?’ सिल्भीले भनिन् । उनका अनुसार यदि जंगली जनावर डराए, घाइते भए भने उनीहरू कि त भाग्छन्, कि आक्रमण गर्छन् । त्यसैले आफ्नी सानी छोरीमाथि सधँै नजर राख्ने गरेको उनले बताइन् । अलिकति पनि डर लाग्यो भने टिप्पीलाई उनले जनावरको नजिक पर्न दिन्नथिन् ।
टिप्पीले एउटा सिंहको बच्चा मुफासासित फोटो खिचाएकी थिइन्, जसमा मुफासाले उनको हातको बुढी औँला चुसिरहेको थियो । अर्को वर्ष त्यही ठाउँमा गएर हेर्दा मुफासा ठूलो भएर डरलाग्दो रूप लिइसकेको सिल्भीले बताइन् । ‘मुफासा उनी नजिकै आयो र उसको लामो पुच्छरले टिप्पीलाई मुसार्यो, बिरालोले जसरी । उनी झन्डै लडिन्, मैले गएर समात्नुपर्यो,’ सिल्भीले भनिन् । यति लामो यात्राको दौरान टिप्पीलाई दुईचोटि मात्रै जनावरले टोकेका रहेछन् ।
जनावर मात्रै होइन, टिप्पीलाई देखेर आदिवासीहरू पनि खुब रमाउँथे । आफूभन्दा फरक र राम्री भएकीले उनीहरू टिप्पीलाई खेलाउन औधी रुचाउँथे । ‘अफ्रिकनहरू अरूका बच्चालाई माया गर्छन्, विशेषगरी गोरा बच्चालाई,’ सिल्भी भन्छिन्, ‘कहिलेकाहीँ त हामी टिप्पीलाई पूरै दिन उनीहरूका साथमा छाडिदिने गथ्र्यौं । रातिचाहिँ आफूसँगै सुताउँथ्यौँ ।’
आफ्नो रोमाञ्चक यात्रा सकेर टिप्पीको परिवार युरोप फर्कियो, जतिवेला टिप्पी १० वर्षकी भएकी थिइन् । सुरुमा उनलाई पेरिसको सहरी जीवनमा अभ्यस्त हुन मुस्किल परेको थियो । आफूले भेटेका र साथी बनाएका जनावरलाई उनी खुब सम्झिन्थिन् । आमाबाबुले टिप्पीको मन बहलाउन एउटा सुगा पालेका थिए । त्यो सुगाले टिप्पीलाई कहिल्यै साथ छाड्दैनथ्यो । जहाँ जाँदा पनि टिप्पीले सुगालाई सँगै लैजान्थिन् । सुत्दा पनि उनी आफ्नो छातीमा राख्थिन् । टिप्पीको एक मात्र मिल्ने साथी त्यही चरो भएको थियो ।
टिप्पी अहिले २३ वर्षकी भइन् । उनी सिनेमामा डिग्री तेस्रो वर्ष अध्ययनरत छिन् । अहिले फरक किसिमको जंगलमा उनी बाँचिरहेकी छिन्, कंक्रिटको । तर, अफ्रिकामा उनले बिताएका क्षण सिनेमाको पर्दाझैँ उनको मानसपटलमा नाचिरहन्छन्, नयाँ पत्रिकाकाबाट साभार गरिएको ।

No comments:
Post a Comment