
पूर्व पति मनोज पासवान रोजगारीको लागि विदेश गएको समयमा करिव ६ महिनाअघि मात्र लक्ष्मिनियाकै दिपक श्रेष्ठसँग दोश्रो विवाह गरेकी थिइन् । प्रहरी श्रोतका अनुसार सविताको मनोजपट्टिकी पाँच वर्षकी एक छोरी छिन् । श्रीमतीको दोश्रो विवाह गरेको थाहा पाएपश्चात नेपाल आएका पुर्वपतीले दिपकको घरवाटै अपहरणको शैलिमा मोटरसाइकलमा लिएर फरार भए ।
सविताका दोश्रो पति दिपक श्रेष्ठलाई सो कुराको सुईको पनि भएन उनले आफ्नी श्रीमतिलाई नचिनेका मानिसहरुले अपहरण गरी बेपत्ता बनाएको भन्दै खोजीको लागि प्रहरीमा उजुरी गरेका थिए । दिपकको उजुरीको आधारमा प्रहरीले शुक्रबार बेलुकीदेखि सविताको खोजी गरेको थियो । पासबान र श्रेष्ठ दुबैसँग सविताले प्रेम विवाह गरेकी हुन् । मनोजले शुक्रबार सवितालाई आफ्नै घरमा लगेको र प्रहरीले खोजी गरेको थाहा पाएपछि अहिले दुबैले घर छाडेर भागेको प्रहरी श्रोतले वताएको छ ।
No comments:
Post a Comment