
अन्नपूर्ण पदयात्राकै क्रममा थोरङपास पुगेपछि हिमपात सुरु भएको थियो। बाँक्लो हिउँले हिँड्ने बाटो पुरिँदै गएपछि पदयात्रामा रहेका ७० जना बीचमै रोकिन खोजेका थिए तर त्यहाँको भौगोलिक अवस्थाबारे परिचित रहेका उनले पदयात्रीलाई त्यहाँ रोकिन दिएनन्।
'हिउँ पर्न थालिसक्यो यहीँ बसिरहे कोही बाँच्दैन। बाँच्ने भए छिटो हिँड भनेर कराएँ', उनले भने, 'त्यसपछि यात्री हतारिँदै तल झरे।' थोरङपासबाट तल झर्न केही ढिलाइ गरेको भए सबैले ज्यान गुमाउने उनले दाबी गरे। उनीहरू भन्दा पछाडि रहेको पर्यटक हिउँमा पुरिएर बेपत्ता भएका छन्।
मुक्तिनाथ आइपुगेपछि उनीहरूको पछाडि आउँदै गरेका पर्यटक हिउँमा बेपत्ता भएको सुनेपछि आफूहरूलाई दुर्घटनाबाट बचाइदिएको भन्दै सबैले उनलाई आभार प्रकट गरे। 'उहाँ ट्रेकिङका बारेमा जानेबुझेको विदेशी पर्यटक रहेछन्।
कम्तीमा ५० जना विदेशी र २० जना नेपाली थोरङपासबाट तलतिर झर्ने क्रममा एक्कासि हिउँ खस्न थाल्यो', ज्यान जोगाएर फर्केका नाङमो छिरिङ शेर्पाले भने, ' बाटोभरि हिउँ जम्दै गयो। हामी हिउँ झर्न कम होला र हिँडौंला भनेर सुस्ताएका थियौं। उहाँले ढिला गरे मरिन्छ बाँच्ने भए छिटो हिँड भनेर कराएपछि हामीले हिँडाइको गति बढाएका थियौं। मुक्तिनाथ आएपछि थाहा भो हिँडाइको गति बढाएकाले हिउँमा पुरिनबाट जोगिएछौं।'
३० पटक नेपाल आएका उनले त्यतिनै पटक विभिन्न रु टमा ट्रेकिङ गरिसकेका छन्। बारम्बार नेपाल आउनुको एक मात्रै कारण ट्रेकिङ हो। उनका अनुसार अन्नपूर्ण पदयात्रा, एभरेस्ट, लाङटाङ, मनास्लु, कञ्चनजंघालगायका रुटमा ट्रेकिङ गरिसकेका छन्।
उद्धारमा हेलिकोप्टर अभाव
मनाङको विभिन्न क्षेत्रमा हिमपातले अलपत्र परेका २१ जना पर्यटकको शुक्रबार उद्धार गरिएको छ। उद्धार गरिएकामा १० नेपाली र ११ जना विदेशी रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जनाए। हेलिकोप्टरको अभावले उद्धार प्रभावित भएको उनले दुखेसो पोखे।
'शुक्रबारसम्म अलपत्र परेका सबैलाई उद्धार गरिसक्ने योजना बनाएका थियौं', उनले भने, 'हेलिकोप्टरको अभाव हुँदा त्यो योजना सफल हुन सकेन।' हेलिकोप्टरका लागि अनेकौं प्रयास गरे पनि कहीँबाट त्यसको सुनुवाइ हुन नसकेको उनले बताए।
उद्धारकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी दिनरात खटिरहेको भन्दै स्थानीय प्रशासनले उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै कसुर बाँकी नराखेको दाबी गरे। बाक्लो हिउँ जमेकै कारण नार र काम्लाङ, फुको बीचमा हिउँले पुरिएर ज्यान गुमाएकाहरूको अझै शव झिक्न सकिएको छैन। उद्धारका लागि त्यहाँ पुगेको प्रहरीको टोली लेक लागेपछि सदरमुकाम चामे फर्किसकेको छ।
'उद्धारकार्य प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र लागिपरेको छु', पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले भने, 'ज्यान गुमाएको र बेपत्ता भएको खोजी र अलपत्र पर्यटकको उद्धार गर्न सबै निजी कम्पनीका हेलिकोप्टरहरू खटिरहेका छन्।' मुलुकभित्र ६ निजी कम्पनीका हेलिकोप्टर सेवा सञ्चालन गरिरहेका छन्।
No comments:
Post a Comment