Saturday 2 May 2015

१०५ वर्षीय वृद्धको ८ दिनपछि जीवितै उद्धार

सिन्धुली–गत शनिबार गएको महाभूकम्पमा पुर्ण रुपमा घर गुमाएका जलकन्या गाविस–८ का माने सार्की शनिबार राहतका लागि गाविस भवन अगाडी चार घण्टा बढी बसे तर अन्तिमा उनि रित्तो हात फर्खनु पर्यो।


उनको क्षति विवरण उतार्ने अगुवाले उनलाई दास्रो स्थानमा राखेकाले उनले पाएनन्। उनी जस्तै पीडितका लागि भन्दै जिल्लामा दर्जन बढी राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गैरसरकारी संस्थाले महाभूकम्पीडितका लागि राहत उपलब्ध गराएको भएपनि ग्रामिण क्षेत्रमा बास्तविक पीडितलाई भने राहत पुग्न सकेको छैन। स्थानीय केही अगुवा व्यक्तित्व र राजनीतिक दलका स्थानीय नेताले आफूसहित आफन्तलाई राहत सामाग्री दिइ दुरुपयोग गर्न थालेपछि वास्तविक पीडित भने राहतबाट ओझेलमा पर्न थालेका हुन्।

जिल्लाबाट भूकम्पको क्षति विवरण उतार्न कर्मचारीह खटिएपनि कर्मचारी घरदैलो नपुगी गाविस भवनमा बसेर विवरण उतार्दा भूकम्पबाट पीडित भएका व्यक्तिहरु ओझेलमा परेका हुन्। मझुवा गाविसमा यही उदारण पोखिएको छ। गाविसका कर्मचारीले गाविस भवनमै बसेर स्थानीयलाई भूकम्पको क्षति विवरण उठाउन लगाएपछि मनपरी बढेकोे हो। मझुवा ६ निवासी जङगबहादुर पुलामीले राहत विवरण उतार्न सो वडाको जिम्मा पाएका थिए तर उनले आफ्नो र आफन्तको बाहेक सबैको आंशिक क्षति विवरण पेश गरे भने आफ्नो पुर्ण क्षति विवरण पेश गरी त्रिपाल हात पारे।

यो एउटा उदारण मात्र हो यस्तो जिल्लाका अधिकांश क्षेत्रमा भएको छ। 'दाताले दिएको राहत दुरुपयोग भयो,' जलकन्या गाविसका शिक्षक ओमबहादुर कार्कीले भने। उनका अनुसार संर्वेक्षणमै गतल भएकाले बास्तविक पीडितले भन्दा स्थानीय अगुवाले त्रिपाल सहित राहतमा गिद्धे नजर लगाउदा राहत अगुवाको पोल्टामा पुगेको हो।


'सरकारले दिएको राहत हाम्रो लागि भन्दा हुनेखाने र भुकम्पबाट थोरै केहिमात्रामा घर चर्केकालाई रहेछ,' मझुवा गाविसका एक स्थानीयले रुदै भने,' हामी पीडितले राहत कहा पाउछौ।' राहत वितरण समितिले पुर्ण रुपमा घर क्षतविक्षत भएकालाई आंशिकमा राखि आंशिक क्षति भएकाले पुर्ण भन्दै राहत लिएका छन्। जिल्लामा भएको ५८ हजार घरधुरीमा पाँच हजार तीन सय ८७ घरधुरी पुर्ण रुपमा क्षति भएका छन् भने ७४ सय २३ घरधुरी आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले हालसम्मको विवरणमा उल्लेख गरेको छ।

पचास गाविस सहित दुई नगरपालिका रहेको जिल्लामा चालिस जिल्ला पुर्ण रुपमा भुकम्पबाट प्रभावित भएका छन्। पुर्ण रुपमा प्रभावित हुने गाविसमा जिल्ला प्रशासन कार्यालयको निगरानीमा प्रसस्तै मात्रामा राहत सामाग्री पुग्न थालेपनि पीडितले भन्दा सामान्य घर चर्केका स्थानीय अगुवालाई मागि खाने भाडा बनेको छ। राहत वितरणमा स्थानिय प्रशासनको कडाइ नहुँदा दुरुपयोग भएको छ, रतनचुरा गाविसका नबराज थापाले भने,...पाउनुपर्ने व्यक्तिले पाएका छैनन्, विवरण उतार्दा उनिहरुलाई पछाडी पारियो।'

देशमा महा-भूकम्पको दुख सकिन नपाउदै अर्को दुख, सशस्त्र प्रहरीद्वारा एक बालिका बलत्कृत

रक्षक नै भक्षक भएपछि...
झापा–अन्य धेरै सहकर्मीहरु भूकम्प पीडित नागरिकको उद्धार र राहतमा खटिरहेका बेला झापाका एक जना सशस्त्र प्रहरी हवल्दार तीन जना नाबालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।लामो समयदेखि धम्क्याउँदै ती नाबालिका माथि यौन शोषण गर्दै आएकासशस्त्र प्रहरीका हवल्दार सदिप थपलियालाई कारवाही गर्न झापामा आन्दोलन नै उठेको छ।
काँकरभिट्टाका तीन जना ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने उनी लखनपुरस्थित शसस्त्र प्रहरी गणमा कार्यरत छन्। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको हो।थपलियाले १०/१२ दिन अघि घरमा कोही नभएको बेला दिउँसो उनीहरुको घरमा गई फकाई फुलाई जबरजस्ती करणी गरेको परिवारले थाहा पाएपछि शुक्रबार प्रहरीमा उजुरी दिइएको थियो। बालिकाहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच गरिएको छ।

विवाहित थपलिया पाडाजुँगीमा कार्यरत भएपनि काँकरभिट्टास्थित भानु टोलमा घर निर्माण गर्दै थिए।छिमेकमा बालिका बलात्कार गरेको होहल्ला भएपछि बालिकाहरुलाई ज्यान मार्ने धम्की दिन थालेको पीडित परिवारको भनाइ छ। दोषीलाई कडा कारवाही गर्न माग गर्दै काँकरभिट्टामा शनिबार प्रदर्शनसमेत भएको छ।

एक सातामा ४ रेक्टर स्केलमाथिका १ सय २४ भूकम्प

महाभूकम्प गएको एक साता बिते पनि भूकम्पका धक्का आउने क्रम जारी छ । गोरखा महाभूकम्पको एक सातापछि शनिबार बिहान ११ बजेर २० मिनेटमा भूकम्पको पहिलाको स्थान गोरखाको बारपाक नै भूकम्पको केन्द्रबिन्दु बन्यो । त्यसपछि शनिबार अन्य भूकम्प मापन गरिएको छैन । राजधानी दैनिकमा समाचार छ ।


गोरखा महाभूकम्पको तुलनामा कम रहेको भूकम्पको धक्का ५ दशमलव १ म्याग्निच्युट (रेक्टर स्केल) रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, शनिबार बिहान ११ बजेरNepal Earthquake Map १३ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४, सिन्धुपाल्चोक नै केन्द्र बनाई बिहान ९ बजेर ३२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैगरी, बिहान ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै, बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भई ४ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

ठीक एक साताअघि गोरखाको बारपाक केन्द्र बनेर गएको भूकम्पपछिको पूरा एक सातामा चार रेक्टर स्केलभन्दा माथिको १ सय २४ भूकम्पको धक्का महसुस मापन गरिएको केन्द्रले जनाएको छ । पहिलो र दोस्रो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Monday 23 March 2015

क्रेजी फ्यानले खोले सलमानको नाममा रेष्टुरेण्ट, फिल्मका नाममा परिकार

मुम्बई । बलिउड अभिनेता सलमान खानका फ्यान यति जर्बजस्त छन् कि उनका नाममा जे पनि गर्न तयार छन् । सलमानप्रतिको यस्तै क्रेजले होला, उनका तीनजना प्रसंसकले सलमान खानकै थिममा रेष्टुरेण्ट खोलेका छन् ।

यतिसम्म कि रेष्टुरेन्टमा राखिएको मेनु पनि सलमानकै फिल्मको नाम सापटी लिएर राखिएको छ । सलमानको प्रदर्शोन्मुख फिल्म ‘बजरंगी भाईजान’ वाट प्रेरित भएर उनका फ्यानहरुले ‘भाईजान’ नाम राखेर मुम्बईमा रेष्टुरेन्ट खोलेका छन् ।

मेनु पनि सलमानको फिल्मवाटै तयार पारिएको छ । दबंग चिकेन, दबंग-२ मटन, चुलबुल चावल, अण्डे अपने अपने आदि ।

रेष्टुरेन्टको ढोकैमा उनको फिल्मको संवादको झल्को आउने गरि लेखिएको छ- ‘एक बार जो मैने कमिटमेन्ट कर दी…, दोस्ती का एक उसुल है म्याडम, नो सरी नो थ्याङ्क्यु’ आदि आदि ।
रेष्टुरेण्टको सज्जामा पनि सलमानका फिल्म पोष्टर प्रयोग गरिएको छ । पोष्टरमा फिल्मको प्रदर्शन मिति समेत उल्लेख छ । तस्बिरको साथमा दश रुपैयाँको नोट पनि राखिएको छ । जुन नम्बरले उनको फिल्म रिलिजको मिति दर्शाउँछ ।

रेष्टुरेन्ट मालिक राहुल कनालले तीन जना साथीसँग मिलेर यो रेष्टुँरा खोलेका हुन् । रेष्टुरेन्टमा एउटा वाल्कोनी बनाईएको छ, जुन वाल्कोनी सलमानको आवास ग्यालेक्सी अपार्टमेन्टसँग मिल्दोजुल्दो छ ।

सलमान खानको चर्चित ब्रासलेटसँग मिल्दोजुल्दो ब्रासलेट राखिएका टेवल छन् यो बाल्कोनीमा । रेष्टुँरामा छिर्दा जताततै सलमान नै सलमान देखिन्छन् । उनका ठूला तस्वीर, फिल्मी पोष्टर र सम्बादले रेष्टुँरालाई सलमान संग्रहालयजस्तै बनाइदिएको छ ।

तीन भाईजान मिलेर खोजेको यो भाइजान रेष्टुँरा छोटो समयमै निकै लोकपि्रय भएको छ । भारतका बिभिन्न भागमाट मानिसहरु भाइजान रेष्टुँरामा खाना खान आउँछन् । कतिपय फ्यानहरु दुबईबाट पनि यो रेष्टुँरामा आएर सलमान खान्की खाएका छन् ।

रेष्टुँरा संचालकलाई अब एउटा कुराको मात्र प्रतिक्षा छ- त्यो हो सलमानको आगमन । सलमान रेष्टुँरा आएर केही खाउन भन्ने उनीहरुको चाहना छ । -बीबीसी हिन्दीबाट

खै त राम्रा चलचित्र चलेका ?

नेपालमा बर्षेनी १ सय भन्दा बढी चलचित्र त निर्माण भएका छन् । तर, व्यापारको कुरा गर्ने हो भने सुख्खा नै छ । न त कलाकारको अनुहार, न त पोष्टर केही पनि बिकेका छैनन् । दर्शक हलसम्म आउन छाडेका छन् ।

समिक्षकदेखि चलचित्रकर्मीले समेत तारिफ गरेका चलचित्रले पनि व्यापारिक रुपमा कमजोर व्यापार गरेका छन् । गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘मोक्ष’ले खुबै राम्रो तारिफ पायो । चलचित्र हेरेका समिक्षकदेखि चलचित्रकर्मीले निर्देशकको खुबै तारिफ गरे । यो चलचित्रले अवार्ड पनि राम्रै पायो । तर, चलचित्र चलेन । चलचित्रको कमजोर व्यापारले निर्मातालाई सुख दिन सकेन ।

खुबै तारिफ बटुलेका चलचित्रले हलमा दर्शक तान्न सकेका छैनन् । यो एउटा सोचनिय बिषय हो । यो बर्ष हालसालै प्रदर्शनमा आएको चलचित्र ‘झिग्राना’ले पनि खुबै तारिफ पाएको थियो । चलचित्र राम्रो बनेको पनि थियो । तर, हलसम्म दर्शक आएनन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘माला’को व्यापार पनि यस्तै छ ।

निर्देशक सुदिप भुपाल सिंह काठमाण्डौका केही मल्टिप्लेक्समा अन्य चलचित्रको तुलानामा व्यापार राम्रो भएको बताउँछन् । तर, सिंगल हलमा प्रचारको अभावका कारणले दर्शक नआएको उनले स्विकार गरेका छन् । ‘माला’लाई यो बर्षकै उत्कृष्ट चलचित्र भनेका छन् समिक्षकले । चलचित्र हेरेका सबैले यसको तारिफ पनि गरेका छन्  ।

तर, दर्शक हलसम्म आएनन् । चलचित्रको काठमाण्डौ वितरण गरेका गोपाल कायस्थ मल्टिप्लेक्समा चलचित्रको व्यापार औषत भएपनि सिंगलमा शुन्य जस्तै भएको बताउँछन् । चलचित्रको प्रचारप्रसार कमजोर हुनु र गीतले चर्चा नपाउनु ‘माला’ नचल्नुको मुख्य कारण बनेको छ । यो कुरा यसको निर्माणपक्ष पनि स्विकार गरेको छ ।

राम्रो प्रचार पाएका र गीतसंगीत हिट भएका औषत चलचित्रले पनि व्यापार गतिलो गरेका छन् । तर, राम्रो भनिएका चलचित्र प्रचारप्रसारको अभावका कारण फेल भएका छन् । नेपालमा पैसा खर्च गर्नुलाई मात्र प्रचार ठानिन्छ । तर, तारतम्य नमिलाई पैसा खर्च गर्दा चलचित्रले कुनै उचाई पाएको हुदैन ।

Wednesday 7 January 2015

३ वटा वक्षस्थल भएकी युवतीले ४ जना युवकलाई यसरी कुकुरझैँ हिँडाइन्

आफ्ना ३ वटा वक्षस्थल भएको भनि गएको सेप्टेम्बरमा इन्टरनेटमार्फत सार्वजनिक गरेसँगै चर्चामा आएकी एक महिलाले फेरि अर्को रोचक हर्कत गरेर चर्चा कमाएकी छिन् । २० हजार अमेरिकी डलर खर्च गरि तेश्रो वक्षस्थल प्रत्यारोपण गरेको दाबी गर्ने ती युवतीले ४ जना युवकलाई अर्धनग्न बनाएर कु

यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ ।
कुरजस्तै हिडाएकी छिन् ।
आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’

पटक–पटक सेक्सको चाहानाले लियो इन्जिनियरको ज्यान

भारतको राजधानी नयाँ दिल्लीमा एक सफ्टवेयर इन्जिनियरले आफ्नी पत्नीलाई टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाएर आत्महत्या गरेका छन् ।

उत्तरपश्चिम दिल्लीको द्वारका सेक्टर १८ को प्लेटिनम हाइट अपार्टमेन्टमा उक्त घटना घटेको हो । मृतककी पत्नी एक ट्रेडिङ कम्पनीमा काम गर्थिन ।
इन्जिनियर अमित बच्चन एक कार्यक्रमबाट शनिबार राति घर फर्किएपछि दुवैजनाबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादपछि उनले पत्नीलाई धारिलो हतियार प्रहार गरेर आत्महत्या गरेका हुन् ।
एक निजी कम्पनीमा काम गर्ने अमितको घरको एक कोठाबाट घाइते श्रीमतीलाई बाहिर निकालेपछि अर्को कोठाबाट उनको शब पंखामा पासो लागेको अवस्थामा फेला पारेको थियो ।
उनकी पत्नीको अवस्था समेत नाजुक रहेको अस्पतालले जनाएको छ । उनीहरुको विवाह गत नोभेम्बरमा भएको थियो । घाइते उनकी पत्नी शिवानीका पिताले पहिले पनि आफ्नी छोरीमाथि आक्रमण भएको भन्दै प्रहरीले उजुरी समेत गरेका थिए ।
शिवानीलाई उनले टाउको, पिठ्युमा प्रहार गरी हत्याको प्रयास गरेपनि भागेर अर्को कोठामा गइ कोठा बन्द गर्न सफल भएकी थिइन् ।
शिवानीले आफू बेहोस हुनुपूर्व कोठाको झ्यालबाट प्लास्टिकको बाल्टी बाहिर फालेको थाहा पाएर सुरक्षा गार्डले प्रहरीलाई फोन गरेका थिए ।
उनका पिताले अमितले अफिसबाट घर आएर हरेक दिन शिवानीलाई बलात्कार गर्ने गरेको र बारबार सेक्सको माग गर्ने गरेको प्रहरीमा उजुरी गरेका थिए । - एजेन्सी

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID