Showing posts with label Earthquake. Show all posts
Showing posts with label Earthquake. Show all posts

Saturday 2 May 2015

१०५ वर्षीय वृद्धको ८ दिनपछि जीवितै उद्धार

सिन्धुली–गत शनिबार गएको महाभूकम्पमा पुर्ण रुपमा घर गुमाएका जलकन्या गाविस–८ का माने सार्की शनिबार राहतका लागि गाविस भवन अगाडी चार घण्टा बढी बसे तर अन्तिमा उनि रित्तो हात फर्खनु पर्यो।


उनको क्षति विवरण उतार्ने अगुवाले उनलाई दास्रो स्थानमा राखेकाले उनले पाएनन्। उनी जस्तै पीडितका लागि भन्दै जिल्लामा दर्जन बढी राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गैरसरकारी संस्थाले महाभूकम्पीडितका लागि राहत उपलब्ध गराएको भएपनि ग्रामिण क्षेत्रमा बास्तविक पीडितलाई भने राहत पुग्न सकेको छैन। स्थानीय केही अगुवा व्यक्तित्व र राजनीतिक दलका स्थानीय नेताले आफूसहित आफन्तलाई राहत सामाग्री दिइ दुरुपयोग गर्न थालेपछि वास्तविक पीडित भने राहतबाट ओझेलमा पर्न थालेका हुन्।

जिल्लाबाट भूकम्पको क्षति विवरण उतार्न कर्मचारीह खटिएपनि कर्मचारी घरदैलो नपुगी गाविस भवनमा बसेर विवरण उतार्दा भूकम्पबाट पीडित भएका व्यक्तिहरु ओझेलमा परेका हुन्। मझुवा गाविसमा यही उदारण पोखिएको छ। गाविसका कर्मचारीले गाविस भवनमै बसेर स्थानीयलाई भूकम्पको क्षति विवरण उठाउन लगाएपछि मनपरी बढेकोे हो। मझुवा ६ निवासी जङगबहादुर पुलामीले राहत विवरण उतार्न सो वडाको जिम्मा पाएका थिए तर उनले आफ्नो र आफन्तको बाहेक सबैको आंशिक क्षति विवरण पेश गरे भने आफ्नो पुर्ण क्षति विवरण पेश गरी त्रिपाल हात पारे।

यो एउटा उदारण मात्र हो यस्तो जिल्लाका अधिकांश क्षेत्रमा भएको छ। 'दाताले दिएको राहत दुरुपयोग भयो,' जलकन्या गाविसका शिक्षक ओमबहादुर कार्कीले भने। उनका अनुसार संर्वेक्षणमै गतल भएकाले बास्तविक पीडितले भन्दा स्थानीय अगुवाले त्रिपाल सहित राहतमा गिद्धे नजर लगाउदा राहत अगुवाको पोल्टामा पुगेको हो।


'सरकारले दिएको राहत हाम्रो लागि भन्दा हुनेखाने र भुकम्पबाट थोरै केहिमात्रामा घर चर्केकालाई रहेछ,' मझुवा गाविसका एक स्थानीयले रुदै भने,' हामी पीडितले राहत कहा पाउछौ।' राहत वितरण समितिले पुर्ण रुपमा घर क्षतविक्षत भएकालाई आंशिकमा राखि आंशिक क्षति भएकाले पुर्ण भन्दै राहत लिएका छन्। जिल्लामा भएको ५८ हजार घरधुरीमा पाँच हजार तीन सय ८७ घरधुरी पुर्ण रुपमा क्षति भएका छन् भने ७४ सय २३ घरधुरी आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले हालसम्मको विवरणमा उल्लेख गरेको छ।

पचास गाविस सहित दुई नगरपालिका रहेको जिल्लामा चालिस जिल्ला पुर्ण रुपमा भुकम्पबाट प्रभावित भएका छन्। पुर्ण रुपमा प्रभावित हुने गाविसमा जिल्ला प्रशासन कार्यालयको निगरानीमा प्रसस्तै मात्रामा राहत सामाग्री पुग्न थालेपनि पीडितले भन्दा सामान्य घर चर्केका स्थानीय अगुवालाई मागि खाने भाडा बनेको छ। राहत वितरणमा स्थानिय प्रशासनको कडाइ नहुँदा दुरुपयोग भएको छ, रतनचुरा गाविसका नबराज थापाले भने,...पाउनुपर्ने व्यक्तिले पाएका छैनन्, विवरण उतार्दा उनिहरुलाई पछाडी पारियो।'

देशमा महा-भूकम्पको दुख सकिन नपाउदै अर्को दुख, सशस्त्र प्रहरीद्वारा एक बालिका बलत्कृत

रक्षक नै भक्षक भएपछि...
झापा–अन्य धेरै सहकर्मीहरु भूकम्प पीडित नागरिकको उद्धार र राहतमा खटिरहेका बेला झापाका एक जना सशस्त्र प्रहरी हवल्दार तीन जना नाबालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।लामो समयदेखि धम्क्याउँदै ती नाबालिका माथि यौन शोषण गर्दै आएकासशस्त्र प्रहरीका हवल्दार सदिप थपलियालाई कारवाही गर्न झापामा आन्दोलन नै उठेको छ।
काँकरभिट्टाका तीन जना ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने उनी लखनपुरस्थित शसस्त्र प्रहरी गणमा कार्यरत छन्। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको हो।थपलियाले १०/१२ दिन अघि घरमा कोही नभएको बेला दिउँसो उनीहरुको घरमा गई फकाई फुलाई जबरजस्ती करणी गरेको परिवारले थाहा पाएपछि शुक्रबार प्रहरीमा उजुरी दिइएको थियो। बालिकाहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच गरिएको छ।

विवाहित थपलिया पाडाजुँगीमा कार्यरत भएपनि काँकरभिट्टास्थित भानु टोलमा घर निर्माण गर्दै थिए।छिमेकमा बालिका बलात्कार गरेको होहल्ला भएपछि बालिकाहरुलाई ज्यान मार्ने धम्की दिन थालेको पीडित परिवारको भनाइ छ। दोषीलाई कडा कारवाही गर्न माग गर्दै काँकरभिट्टामा शनिबार प्रदर्शनसमेत भएको छ।

एक सातामा ४ रेक्टर स्केलमाथिका १ सय २४ भूकम्प

महाभूकम्प गएको एक साता बिते पनि भूकम्पका धक्का आउने क्रम जारी छ । गोरखा महाभूकम्पको एक सातापछि शनिबार बिहान ११ बजेर २० मिनेटमा भूकम्पको पहिलाको स्थान गोरखाको बारपाक नै भूकम्पको केन्द्रबिन्दु बन्यो । त्यसपछि शनिबार अन्य भूकम्प मापन गरिएको छैन । राजधानी दैनिकमा समाचार छ ।


गोरखा महाभूकम्पको तुलनामा कम रहेको भूकम्पको धक्का ५ दशमलव १ म्याग्निच्युट (रेक्टर स्केल) रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, शनिबार बिहान ११ बजेरNepal Earthquake Map १३ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४, सिन्धुपाल्चोक नै केन्द्र बनाई बिहान ९ बजेर ३२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैगरी, बिहान ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै, बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भई ४ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

ठीक एक साताअघि गोरखाको बारपाक केन्द्र बनेर गएको भूकम्पपछिको पूरा एक सातामा चार रेक्टर स्केलभन्दा माथिको १ सय २४ भूकम्पको धक्का महसुस मापन गरिएको केन्द्रले जनाएको छ । पहिलो र दोस्रो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID