Monday 23 March 2015

क्रेजी फ्यानले खोले सलमानको नाममा रेष्टुरेण्ट, फिल्मका नाममा परिकार

मुम्बई । बलिउड अभिनेता सलमान खानका फ्यान यति जर्बजस्त छन् कि उनका नाममा जे पनि गर्न तयार छन् । सलमानप्रतिको यस्तै क्रेजले होला, उनका तीनजना प्रसंसकले सलमान खानकै थिममा रेष्टुरेण्ट खोलेका छन् ।

यतिसम्म कि रेष्टुरेन्टमा राखिएको मेनु पनि सलमानकै फिल्मको नाम सापटी लिएर राखिएको छ । सलमानको प्रदर्शोन्मुख फिल्म ‘बजरंगी भाईजान’ वाट प्रेरित भएर उनका फ्यानहरुले ‘भाईजान’ नाम राखेर मुम्बईमा रेष्टुरेन्ट खोलेका छन् ।

मेनु पनि सलमानको फिल्मवाटै तयार पारिएको छ । दबंग चिकेन, दबंग-२ मटन, चुलबुल चावल, अण्डे अपने अपने आदि ।

रेष्टुरेन्टको ढोकैमा उनको फिल्मको संवादको झल्को आउने गरि लेखिएको छ- ‘एक बार जो मैने कमिटमेन्ट कर दी…, दोस्ती का एक उसुल है म्याडम, नो सरी नो थ्याङ्क्यु’ आदि आदि ।
रेष्टुरेण्टको सज्जामा पनि सलमानका फिल्म पोष्टर प्रयोग गरिएको छ । पोष्टरमा फिल्मको प्रदर्शन मिति समेत उल्लेख छ । तस्बिरको साथमा दश रुपैयाँको नोट पनि राखिएको छ । जुन नम्बरले उनको फिल्म रिलिजको मिति दर्शाउँछ ।

रेष्टुरेन्ट मालिक राहुल कनालले तीन जना साथीसँग मिलेर यो रेष्टुँरा खोलेका हुन् । रेष्टुरेन्टमा एउटा वाल्कोनी बनाईएको छ, जुन वाल्कोनी सलमानको आवास ग्यालेक्सी अपार्टमेन्टसँग मिल्दोजुल्दो छ ।

सलमान खानको चर्चित ब्रासलेटसँग मिल्दोजुल्दो ब्रासलेट राखिएका टेवल छन् यो बाल्कोनीमा । रेष्टुँरामा छिर्दा जताततै सलमान नै सलमान देखिन्छन् । उनका ठूला तस्वीर, फिल्मी पोष्टर र सम्बादले रेष्टुँरालाई सलमान संग्रहालयजस्तै बनाइदिएको छ ।

तीन भाईजान मिलेर खोजेको यो भाइजान रेष्टुँरा छोटो समयमै निकै लोकपि्रय भएको छ । भारतका बिभिन्न भागमाट मानिसहरु भाइजान रेष्टुँरामा खाना खान आउँछन् । कतिपय फ्यानहरु दुबईबाट पनि यो रेष्टुँरामा आएर सलमान खान्की खाएका छन् ।

रेष्टुँरा संचालकलाई अब एउटा कुराको मात्र प्रतिक्षा छ- त्यो हो सलमानको आगमन । सलमान रेष्टुँरा आएर केही खाउन भन्ने उनीहरुको चाहना छ । -बीबीसी हिन्दीबाट

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID