Showing posts with label poltical News. Show all posts
Showing posts with label poltical News. Show all posts

Monday 29 July 2013

जन्मदिनमा ज्ञानेन्द्रले भने–नेताहरुलाई सद्बुद्धि आओस् (भिडियोसहित)

२३ असार, काठमाडौं । आइतबार ६७ औं जन्मदिन मनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले नेताहरुलाई सद्बुद्धि आओस् भनि कामना गर्नु भएको छ । हालै मात्र मध्य तराईका जिल्लाहरुको भ्रमण गरेर आएका ज्ञानेन्द्रले पछिल्लान वर्षहरुमा झै यस वर्षपनि निर्मल निवासमा आफ्नो समर्थक र सार्वसाधारणबाट शुभकमना लिएर जन्मदिन मनाउनु भयो ।

त्यसक्रममा ज्ञानेन्द्रले झुक्याउने प्रबृत्ति अन्त्य होस् भन्नुभयो । गालामा हात लगाएर सञ्चारकर्मीलाई संक्षित प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले भन्नुभयो-’हाम्रो नेताहरुलाई सद्बुद्धि आओस्, हामीलाई अब झुक्याउने प्रबृत्ति अब त्यो सिद्धियोस् र अब सर्वसाधारणको हितमा राष्ट्रको हितमा र जनताको हितमा उहाँहरुले जे गरे पनि कदम त्यो अनुसारले चलोस् ।’
उहाँले अबको चुनाव निस्पक्ष वातावरणम हुनु पर्नेमा समेत जोड दिनुभयो । ‘निस्पक्ष वातावरणमै हुनुपुर्छ । जुन बहस हामीले गर्न खोजेका छौं, त्यो सफल होला, त्यो सफलताले प्रजातन्त्र सफल हुन्छ र राष्ट्र सफल हुन्छ भन्ने म छान्दछु ।’
समर्थकहरुले पुनः शक्तिमा आउन गरेको आग्रहबारे सोधिएको प्रश्नमा ज्ञानेन्द्रले भन्नुभयो-’त्यसको जवाफ तपाई उहाँलाई नै सोध्नुहोस् । किन भन्नुभयो उहाँले ? मैले भन्न सक्दिन । उहाँलाई नै सोध्नुभयो भने स्पष्ट राम्रो जवाफ उहाँहरुबाटै पाउनुहुन्छ ।’


शुभकामना दिन निर्मल निवासको ढोका अगाडी टेबल राखेर बसेका ज्ञानेन्द्रको छेउमा नाती र नातिनी थिइन् । ज्ञानेन्द्रलाई शुभकामना दिन राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका शाहीकालका मन्त्रीहरुदेखि गायक योगेश्वर आमात्य समेत निर्मल निवास पुग्नु भएको थियो । हातमा फुल तथा माला लिएका सर्वसाधारण तथा ज्ञानेन्द्रका सर्मथकहरुको लाइन नै देखिन्थ्यो । निर्मल निवासमा राष्ट्रिय गीत गुन्जिएको थियो भने केही समर्थक बाजागाजासहित पुगेका थिए ।

बाबुरामका जुँगा उखेल्नेलाई मिठाई !


७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफ्ना जुँगा उखेल्नेलाई सजायँ दिनुको साटो मिठाई दिने बताउनुभएको छ । ललितपुृरको खन्ना गार्मेन्टमा आयोजित विस्तारित बैठकको अन्तिम दिन अकबर र वीरबलको कथा सुनाउँदै डा. भट्टराईले यस्तो बताउनुभएको हो ।
विस्तारित बैठकमा भट्टराईले सुनाएको कथा  :
एकदिन अकबरले ठूलो भारदारी सभाको आयोजना गरेका थिए । वीरबल पनि अकबरकै छेउमा बसेका थिए । सभामा अकबरले सहभागीहरुलाई प्रश्न गरे, ‘कसैले मेरा जुँगा उखेल्यो भने त्यसलाई कस्तो सजायँ दिनुपर्ला ?’
अकबरको प्रस्तावमाथि टिप्पणी गर्दै भारदारमध्ये कसैले जुँगा उखेल्नेलाई झुन्ड्याएर मार्नुपर्ने बताए भने कसैले काटेर टुक्रा टुक्रा पार्नुपर्ने बताए । त्यसपछि अकबरले नजिकै रहेका वीरबललाई सोधे, ‘तिमी त केही पनि बोल्दैनौ त, किन हो ?’
अकबरको प्रश्न सुनेपछि वीरबलले भने, ‘महाराजको जुँगा उखेल्ने हिम्मत कसको ? उखेले पनि आपimन्तहरुले नै उखेल्लान् । अझ काखैमा बसेको नातिले मात्रै उखेल्न सक्ला । आफ्नो नातिलाई के सजायँ दिने ? उसलाई त जुँगा उखेलेवापत चकलेट दिनुपर्छ ।’
हाम्रा जुँगा उखेल्नेलाई मिठाई
विस्तारित बैठकमा कथा सुनाइसकेपछि डा. भट्टराईले नेता, कार्यकर्ताहरुतर्फ लक्षित गर्दै भन्नुभयो, तपाईहरुले पनि हाम्रा जुँगा उखेल्नुभयो, कपाल तान्नुभयो, कान बटार्नुभयो, तर तपाईहरु सबै आफ्नै मान्छे भएकाले यसवापत तपाईहरुलाई मेरा तर्फबाट मिठाई उपहार दिन चाहन्छु । हामीलाई आलोचना गर्ने सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
एमाओवादी कहिले चील, कहिले सिंह !
एमाओवादी विस्तारित बैठकमा कथा र उखान टुक्का सुनाउने भट्टराई एक्ला नेता चाहिँ होइनन् । बैठकमा छलफलका सिलसिलामा कालीबहादुर मल्लले कुकुरको पुच्छर र अर्का नेता विष्णुहरी शर्माले ‘कांग्रेस नेताको कमन सेन्स’ बारे जोक सुनाएका थिए । बैठकमा मिथक प्रयोग गर्न प्रचण्ड पनि कम देखिनुभएन । प्रचण्डले बैठकको शुरुमा एमाओवादी पार्टीलाई कुखुरो नभएर आकाशमा उडान भर्न सक्ने चीलको उपमा दिनुभयो । प्रचण्डको भनाइमाथि दिनभरिजसो सामाजिक सञ्जालमा टिप्पणी भयो । वैठकको समापनका दिन आइतबार प्रचण्डले एमाओवादी पार्टी भेडा नभएर सिंह भएको बताउँदै विस्तारित बैठकपछि सिंह गर्जिने बताउनुभयो ।

Thursday 25 July 2013

बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !

नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर ।तर दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर सन्सारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरग्वेका राष्ट्रपति रहेका यी ७७ बर्षे बुढा राजधानीको छेउमा श्रीमतिको सामान्य कृषि फार्ममा बस्छन र तलववापत आउने अधिकांश रकम गरिवका लागि दान दिन्छन् ।सरकारले दिएको सुबिधासम्पन्न आवास र गाडी त्यागेर श्रीमतिको फार्महाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन भने सवैभन्दा गरिव राष्ट्रपतिको पहिचान पनि बनाएका छन् ।श्रीमतिको फार्महाउसमा बसिरहेका उनलाई केवल तीन जना पुलिस र दुई कुकुरले सुरक्षा दिन्छन् । त्यसमध्ये एक कुकुर तीनवटा खुट्टा भएको अर्थात अपाङ्ग छ । आफुले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुजिकाले श्रीमतिसँगै मिलेर फार्महाउसमा आफै काम गर्छन् ।सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुजिकाले बीबीसीसँग भने-’मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसँग जे जति त्यसैबाट राम्रो तरिकाले जीवन जिउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफुलाई सादा जीवन जिउन सिकाएको उनले बताए ।राष्ट्रपति बस्ने श्रिमतीको फार्महाउसको घर र उनको सम्पत्तिको नाममा रहेको उनको भक्सवागन गाडीसन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग एक हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडीमात्र थियो ।‘मलाई कँगाल राष्ट्रपति भन्छन तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने- गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन जहिले धेरैभन्दा धेरै कमाउन चाहान्छन ।’
 

Tuesday 9 July 2013

भारतद्वारा नेपाललाई ७ सय ६४ वटा गाडी उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर

रेग्मी र खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता

२५ असार, काठमाडौं । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा भारत सरकारले नेपाललाई निर्वाचनको सहयोगार्थ ७ सय ६४ वटा सवारी साधन सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।
‘नेपालको सुरक्षा निकायलाई ७ सय १६ वटा र निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन भारतले उपलब्ध गाउने सम्झौतामा हस्ताक्षर भएको छ ।’ मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरसँग भन्नुभयो । सवारी साधन सहयोगसम्बन्धी सम्झौतापत्रमा भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद र नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ
अध्यक्ष रेग्मी, परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरे, मन्त्रीहरु र भारतीय विदेश मन्त्री खुर्शिदको उपस्थितिमा सिंहदरबारमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।भेटका अवसरमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले नेपाल र भारतवीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै विदेशमन्त्रीको भंमणले थप सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री  खुर्शिदले प्रधानन्यायधीशको नेतृत्वमा बनेको सरकारले निश्पक्ष चुनाव गराउने सक्ने विश्वास व्यक्त गर्नुभएको गौतमले बताउनुभयो । निर्वाचनले नै नेपालमा राजनीतिक स्थायित्व ल्याउने भएकाले तोकिएको मितिमा निर्वाचन सफल होस् भन्ने भारत सरकारको चाहना रहेको खुर्शिदले बताउनुभएको थियो ।

Thursday 4 July 2013

भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको चप्पल लिलामी


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

बेलायतको लिलामिघरमा मूललक(Mullock)ले जारि गरेको भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको चप्पलको तस्बिर ।

लिलामिघरको अनुसार उनको यो चप्पल चुडिएको छ तर पनि यो चप्पलको लिलामी मूल्य १५ हजार पाउण्ड अर्थात् २० लाख भन्दा बढी हुने अपेक्षा लिलामिघरले गरेको छ |
स्रोत free sansar.net

Friday 21 June 2013

कुवेतमा खुलेआम फाँसी !


सामान्यता फाँसी गोग्य स्थानमा दिइन्छ र पछि सरकारी अधिकारीहरुले घोषणा गर्छन । तर, हत्या र बलात्कारको आरोपमा मंगलबार कुवेतमा दुई व्यक्तिलाई खुलेआमा फसी दिइएको छ ।


सबैले देख्न सक्ने गरी झुण्ड्याएर फाँसी दिएको पछिल्लो तीन महिनामा यो दोस्रो हो । अहमद अब्दुलसलाम अलबाली र हज्जाज सादीलाई कुवेतको मुख्य जेलको बाहिर कार पार्किङमा झुण्ड्याएर फाँसी दिइएको हो । दुबै हत्या र बलात्कारको आरोपमा दोषी ठहरिएका थिए ।

३३ वषर्ीय हज्जाललाई १८ वषर्ीय पुरुष र १० वषर्ीया बालिकालाई बलात्कार गरेको र बालीलाई दुई एशियाली मूलका नागरिकलार्इै आलो लगाएर हत्या गरेकोमा फाँसीको सजाय सुनाइएको थियो । मिश्रका दुबै कुवेतमा बस्दै आएका थिए ।

सादी मिश्र भाग्ने क्रममा २००७ जुलाईमा पक्राउ परेका हुन् । अर्का दोषी बालीमाथि अपि्रल २००८ मा एसियादी जोडीलाई आगो लगाएर हत्या गरेको अरोप छ ।

Monday 17 June 2013

प्रचण्डकी बुहारी भन्छिन्- देश बदल्ने मान्छेको घरमै त्यस्तो…

'सासूको व्यवहारका कारण लाजिम्पाटमा बस्न सकिँन'

३१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।

आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो गर्दै सिर्जनाले भनेकी छन्- ‘जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो समस्याबारे भनेँ । उहाँले ‘हुन्छ, काठमाडौं गएर बनाउँला,’ भन्नुभयो । पछि ‘तिमी र बाबुलाई चितवन लगेर बनाउँला,’ भन्नुभयो । त्यसपछि यसबारे केही कुरा भएको छैन ।’

‘मिरर न्युज’ मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’ मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ । तर, प्रकाशले ‘ह्या, दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?’ भने । त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।’

प्रचण्ड असल सीता खराब

सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा) जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न नचाहेको सिर्जनाको भनाइ छ ।
बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ ।’ सिर्जना भन्छिन्- ‘प्रकाशका कारण म बुवा (प्रचण्ड) लाई असर पुर्‍याउन चाहन्न । बुवाको कारणले त होइन नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी । मम्मीलाई त म मनै पराउँदिँन । म पनि उहाँलाई नंग्याउन सक्छु । तर, मम्मी (सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर म धेरै बोल्न सकेकी छैन ।’

चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् । यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।

माओले पाँचवटी बिहे गरेका थिए रे !






आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको सिर्जनाले बताएकी छन् । तर, सो भेटमा सीता दाहालले माओत्सेतुङले पाँचवटी श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- ‘भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा

(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।’

मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश

Mirror~3-cover१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।

विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।

बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा (प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।

प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो, घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । ‘तँ नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट’ भनेर बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई ‘टेन्सन’ हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त । छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा आँखा चिम्लेर त गर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।

अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो । प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट प्रहार गरिरहेका छन् उनले ।

मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा कुरा गरे । ‘बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु भन्नुहुन्थ्यो खै गरेको ?’ भनेर सोधेँ । ‘प्रकाश मेरोबारे मिडियामा जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊ मलाई मतलब छैन भन्नुहुन्छ भने म आफ्नो तरिकाले जान्छु’ भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले ‘होइन, होइन, म सहयोग गर्छु नि,’ भन्नुभएको छ ।

सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि  म आठ महिनासम्म लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने गर्नुहुन्थ्यो । ‘बाहिर गयो भने अप्ठ्यारो पर्छ’ भन्ने उहाँको कुरा थियो । उहाँले ‘मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन’ भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो देखाउन खोजिएको छ ।Seeta

हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट झरेर पुग्या त होइन । उहाँको ‘ब्याकग्राउन्ड’ स्थिति अहिलेको मेरो परिवार  (माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती) गरिबीलाई देखेर प्रकाशले ‘यसको केही छैन’ भन्ने ठानेका होलान् । त्यही भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।

सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ । यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो । मम्मी (सीता)ले झगडा गरेर ‘म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,’ भन्नुभएछ ।

भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिगि्रयो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।

बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ, उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु । होइन भने मलाई न्याय दिनुपर्‍यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि । आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।

बुवा (प्रचण्ड)ले ‘मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता नगर,’ भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ । त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा (प्रचण्ड)ले बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन । हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन । बुवा (प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।

nati

बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो । तर, मैले ‘बुवा मेरो जीवन भनेको यही हो’ भनेर लैजान दिइनँ । लाजिम्पाटमा पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो भने उसैको इच्छा हो । मैले अर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ । यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध बिगि्रएपछि प्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।

बुवा (प्रचण्ड)ले पनि ‘कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्‍यो,’ भनेर पटक-पटक भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो, छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी ।

श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनि जाग्छ । मैले पाँच वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के हो देखाउनुपर्‍यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।

सिर्जनाका विषयमा विस्तृत सामग्री मिरर न्युज मासिकले प्रकाशित गरेको छ ।

Wednesday 12 June 2013

रचण्ड गर्मी सहँदै ज्ञानेन्द्र किन झरे मधेस ?


मंसिरमा चुनाव नभए शीतलनिवासमा गर्मी बढ्ने


२९ काठमाडौं । मधेसमा यतिबेला हपहपी गर्मी छ । गर्मी ठाउँमै जन्मिएका मधेसी नेताहरु गर्मी र लामखुट्टेदेखि डराएर राजधानीमै बसिरहेका छन् । तर, काठमाडौंको शीतल मौसममा जन्मिएका पूर्वराजा ज्ञानेन्द्र भने कमीज सुरुवालमाथि इष्टकोट लगाएर मधेसको धूपमा सक्रिय छन् । आखिर यस्तो गर्मीका बेला ज्ञानेन्द्र किन डुलिरहेका छन् मधेस ? यहीबेला मधेसका मठ मन्दिरमा डुल्नैपर्ने त्यस्तो के पर्यो पूर्वराजालाई ?

पूर्वराजाको मधेस भ्रमणका क्रममा मन्दिरमा पूजा आजामात्रै चलिरहेको छैन, राजतन्त्रको पक्षमा नारा लगाउने र विरोध गर्नेहरुवीच चर्को राजनीतिक पनि भइरहेको छ । ज्ञानेन्द्रको विरुद्धमा र समर्थनमा दुबैथरि मानिसहरु देखा परेका छन् । बारादेखि सप्तरीसम्म ज्ञानेन्द्रको समर्थनमा पनि जनमत देखिएको छ । घटनाक्रमबाटै प्रष्ट हुन्छ कि यो गर्मीमा पूर्वराजा ज्ञानेन्द्र पूजागर्न मात्रै मधेस झरेका हैनन् ।

नेपालमा गणतन्त्र ल्याउन बाह्रबुँदे सम्झौतादेखि नै भार र नेपालका नेतावीच दूतको भुमिका निभाउँदै आएका मधेसी मूलका एक चर्चित राजनीतिक खेलाडीले अनलाइनखबरसँग भने- ‘गर्मीले गर्दा म आफैं मधेस जान नसकेर काठमाडौंमा बसिरहेको छु, तर पूर्वराजा त्यस्तो गर्मीको पनि कुनै प्रवाह नगरी घुमिरहेका छन्, उनी पूजा गर्नमात्रै मधेस गएका हैनन् ।’

पूर्वराजा मधेस जानुको कारण के हो त ? अनलाइनखबरको प्रश्नमा उनले भने- ‘मधेसी जनताको माया लागेर मधेसी जनतालाई मद्दत गर्न उनी त्यहाँ गएका हैनन्, त्यत्रो नारायणहिटी दरबार एउटा पियनसम्म मधेसीलाई राखिएको थिएन ।’ उनले विश्लेषण सुनाए-’ आगामी मंसिरमा चुनाव नहोस् र त्यसपछि शीतल निवास खाली गराउन पाइयोस् भनेर एकथरिले षड्यन्त्र गरिरहेका छन्, त्यसैलाई सफल पार्न ज्ञानेन्द्रले यो अभियान थालेका हुन् ।’ गणतन्त्रवादी मधेसी युवा नेता एवं विश्लेषकले थपे- ‘मंसिरमा चुनाव भएन भने गणतन्त्र धरापमा पर्छ । आगामी साउन १३ पछि शीतलनिवासको बैधानिकतामाथि प्रश्न उठ्न थाल्छ ।’

राजावादीले जिते संविधानसभाबाटै राजतन्त्र

स्मरणरहोस् यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभामा आफूहरुको बहुमत आए संविधानसभाबाटै राजतन्त्र फर्काउने बताइसकेका छन् । यो कुरा निश्चित छ कि आगामी चुनावमा आफ्नो सीट संख्या र प्रभाव बढाउने योजनामा थापाको पार्टी सक्रिय भएर लागेको छ । यही बेला पूर्वराजा ज्ञानेन्द्रले मधेसमा डुलेर आफ्नो पक्षमा सिर्जना गरेको उभारले आउँदो चनाुवमा कमल थापालाई प्रत्यक्ष मद्दत पुर्याउने छ । ज्ञानेन्द्रको भ्रमणका क्रममा ज-जसले ‘राजा आऊ देश बचाऊ’ भनेर नारा लगाएका छन्, तिनीहरुको मत राजावादी दलले ‘क्यास’ गर्ने निश्चित छ ।

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासँग राम्रो सम्बन्ध रहेका ती मधेसी नेता भन्छन्- ‘यस्तो प्रचण्ड गर्मी सहेर ज्ञानेन्द्र त्यतिकै मधेस गएका होइनन्, यसको निकै ठूलो राजनीतिक अर्थ छ, जुन पछि थाहा हुन्छ ।’

Monday 10 June 2013

सबैले हेर्नुहोस→बेरोजगार ऋषि धमलाले बिहे भोजमा ५ हजार निम्तालु लाइ पार्टी(भोज)

 नेपालका सेलिब्रेटी पत्रकार ऋषि धमलाले बिहेको एक महिनापछि आइतवार राजधानीमा भव्य भोजको आयोजना गरेका छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा भएको भोजमा झण्डै ५ हजारलाई भोजमा आमन्त्रण गरिएको ऋषि धमलाका सहयोगीहरूले जानकारी दिए ।
बिहेभोजमा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीदेखी लिएर राजनीतिक दलका नेता, कार्यकर्ता, कलाकार पत्रकारको उपस्थिती रहेको थियो। भोजमा सहभागि कतिपयले त्यति भव्य बिहेभोजका लागि ऋषि धमलाले कहाँबाट पैसा ल्याएको होला भनेर कुरा गरेका थिए ।rishi_dhamal_weds_aliza_gautam-272x300२६ जेठ, काठमाडौ । नेपालका सेलिब्रेटी पत्रकार ऋषि धमलाले बिहेको एक महिनापछि आइतवार राजधानीमा भव्य भोजको आयोजना गरेका छन् । सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा भएको भोजमा झण्डै ५ हजारलाई भोजमा आमन्त्रण गरिएको ऋषि धमलाका सहयोगीहरूले जानकारी दिए ।
बिहेभोजमा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीदेखी लिएर राजनीतिक दलका नेता, कार्यकर्ता, कलाकार पत्रकारको उपस्थिती रहेको थियो। भोजमा सहभागि कतिपयले त्यति भव्य बिहेभोजका लागि ऋषि धमलाले कहाँबाट पैसा ल्याएको होला भनेर कुरा गरेका थिए ।

Sunday 9 June 2013

यस्तो छ प्रचण्डको ६ पन्ने उत्पादन योजना

तर हल्लाअनुसारको कार्यक्रम आएन
 
२६ जेठ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले ललितपुरको ठेचोमा गुप्तबास बसेर बनाएको उत्पादन तथा निर्माणसम्बन्धी ६ पन्ने कार्यक्रम अनलाइनखबरले फेला पारेको छ । आइतबारबाट पेरिसडाँडामा सुरू भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत उक्त दस्तावेजमा पुरानै कुरा दोहोर्याउन बाहेक कुनै नयाँ कार्यक्रम भने समेटिएको छैन ।

प्रचण्डद्वारा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई जेठ ३० गतेसम्मको समय दिइएको छ । केन्द्रीय सदस्यहरुको सुझावपछि दस्तावेजमा थपघट गरिने नेताहरुले बताएका छन् ।

हेटौडा महाधिवेशनले उत्पादनसम्बन्धी नयाँ कार्यनीति ल्याएको भन्दै निकै ठूलो होहल्ला गरिएको भए पनि प्रचण्डको दस्तावेजमा त्यस्तो उत्पातै मच्चाउने कार्यक्रम समेटिएको छैन । दस्तावेज कार्यकर्ताको आर्थिक समस्या समाधान गर्न र कार्यकर्ता व्यवस्थापन गर्न मात्रै अघि सारिएको प्रतीत हुन्छ ।

दस्ताबेजमा के छ ?

दस्तावेजमा प्रचण्डले तीन प्रकारको उत्पादन तथा निर्माण अभियानको नेतृत्व गर्ने प्रस्ताव गर्नुभएको छ । बैठकमा माओवादी अध्यक्ष एवं उत्पादन, निर्माण र व्यवस्थापन सम्वन्धी कार्ययोजना तयार पार्न गठित कार्यदलका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेश गरेेको ६ पष्ठको कार्ययोजनामा तीनवटा मोडल प्रस्ताव गरिएको छ ।

यो पनि पढ्नुस्

    एमाओवादीमा १५ वर्ष पेशेवर नभई केन्द्रीय नेता हुन नपाइने

प्रचण्डको प्रस्तावअनुसार पहिलो मोडल पार्टी नेतृत्वको एकल योजनामार्फत, दोस्रो, जनता र निजी क्षेत्रसँग मिलेर र तेस्रो राज्यमार्फत गरिने रहेका छन् । तीनवटै क्षेत्रमा विषयगत र क्षेत्रगत आधारमा योजनाहरु छनोट गर्ने र यसका लागि सहकारी, उत्पादन बिग्रेड र साझेदारी उत्पादनका समाधान हुने प्रस्तावमा उल्लेख छ ।

‘सामाजिक परिर्वतनका लागि उत्पादन’ नारा दिइएको यो अभियानबारे प्रस्तावमा भनिएको छ-’पार्टीको कार्यक्रम देशको कार्यक्रम हुनेछ । एकीकृत नेकपा माओवादी सर्वहारा र सबै उत्पीडित क्षेत्रका समूदायको अग्रहिस्सा भएकाले उत्पादन, आन्दोलन र अभियानको नेतृत्व गर्नेछ ।’ अभियानबाट नेपाली समाजको नयाँ यात्रा सुरु हुने दावी गरिएको प्रस्तावमा अभियान रुसी मोडलभन्दा फरक भएको जिकिर गरिएको छ ।

उत्पादन ब्रिगेडको अलग्गै संरचना

प्रचण्ड नेतृत्वको समितिको प्रस्तावमा केन्द्रदेखि स्थानीय स्तरसम्म उत्पादन, निर्माण तथा व्यवस्थापन ब्युरो/विभाग र त्यस अन्तरगतका शाखा र विशेषज्ञ समूह बनाउने उल्लेख छ । प्रस्तावअनुसार सहकारितामा आधारित, पार्टीको आफ्नै पहल र साझेदारीमा सञ्चालन गरिने उत्पादन संगठनहरुको संरचना र स्वरुप अलग अदलग बनाउने र आवश्यक निर्देशिका बनाइनेछ । प्रस्तावमा मझौला तथा ठूला परियोजनाहरुका लागि उत्पादन तथा निर्माणका अन्य विशिष्ट संगठनहरु उत्पादन तथा निर्माण ब्रिगेड बनाउने उल्लेख छ ।

कार्यक्रम ठोस छैन

प्रस्तावमा ८ बुँदे उत्पादनको कार्यक्रम प्रस्ताव गरिएको छ, तर, प्रस्तावमा कार्यक्रमको ठोस मिति भने छैन । प्रस्तावमा पार्टीको पहलमा सबै निर्वाचन क्षेत्रमा एक-एक वटा उत्पादन तथा निर्माणको योजना सञ्चालन गर्ने, एक गाउँ, एक उत्पादन तथा निर्माणको योजना लागू गर्ने रहेका छन् ।

यस्तै सम्भावित उत्पादन तथा निर्माण योजनाहरुको पहिचानका लागि केन्द्र तथा राज्यहरुमा विषयगत विशेषज्ञ समूह गठन गर्ने, अभियानमा सहभागी सबैलाई विशेष पहिल गर्ने, उत्पादन ब्युरोको प्रचार गर्ने र सबै राज्य, जिल्ला, गाउँ कमिटीका पदाधिकारीरुरुसहित उत्पादन र निर्माण क्षेत्रमा काम गर्ने अगुवाहरुलाई विषयगत र राजनीतिक तालिम दिने छन् ।

एमाओवादीले उत्पादन र निर्माण अभियानलाई पार्टी संगठनलाई उत्पादनमा केन्दि्रत गर्दै श्रम, मेहनत र उत्पादनको नयाँ सस्कृतिमार्फत रुपान्तरित गर्ने र कार्यकर्ता व्यवस्थापन गर्ने योजना बनाएको छ । जसमा देशमा उद्यमशीलता र व्यवसायिकताको विकास र विशिष्टीकरणका लागि साना ठूला उद्यमी र व्यवसायीलाई समेत उत्पादन संघर्षमा सहभागी गराउने माओवादीले बताएको छ ।

प्रचण्डले बैठकमा प्रस्तुत गरेको चार्ट यस्तो छ


राजा वीरेन्द्रको सम्पत्ति अवैधानिक रुपमा ज्ञानेन्द्रका नाममा सारियो

२७ जेठ, काठमाण्डौं । स्वर्गीय राजा वीरेन्द्रसहित नेपाल ट्रस्टका नाममा दर्ता भएका राजपरिवार र विभिन्न सदस्यको नाममा रहेको जग्गा मोहीका नाममा दर्ता गर्न कन्ज्युसाइँ गरिएको छ । उनीहरूका नाममा रहेका कतिपय जग्गा पूर्वराजा ज्ञानेन्द्रको नाममा अवैधानिक रूपमा नामसारी गरिएको छ ।

birendraज्ञानेन्द्रका नाममा नामसारी गर्न बाँकी रहेका जग्गा गरिब जोताहा मोहीलाई दिन आनाकानी गरिएको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिलाई यसबारे अध्ययन गरी निर्णय प्रक्रियामा जान अधिकार प्रत्यायोजन गरे पनि समितिले काम नगर्दा गरिब जोताहा मोहीले जग्गा पाउन नसकेका हुन् । ट्रस्टको नाममा रहेको राजपरिवारको जग्गा जोताहा मोहीका नाममा दर्ता गनुपर्ने दबाब आएपछि निवर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गत ११ भदौमा प्रस्ताव अघि बढाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिलाई यस प्रक्रियालाई अघि बढाउने जिम्मा दिइएको थियो ।

समितिले नेपाल नेपाल ट्रस्टका सचिव श्रीधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिसमेत गठन गरी अध्ययन गरेको थियो । अध्ययन समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शंकरप्रसाद अधिकारी, कानुन मन्त्रालयका सहसचिव झमक घिमिरे, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव जितबहादुर थापालगायत थिए । अध्ययन समितिले नेपाल ट्रस्टको नाममा दर्ता भएका राजपरिवारको जग्गा नेपाल ट्रस्ट ऐन, २०६४ बमोजिम मोहीलाई दिन नमिल्ने र नियम संशोधन गरेर मात्र मोहीलाई दिनुपर्ने सुझावसहितको प्रतिवेदन विधेयक समितिमा पठाएको राजधानी दैनिकमा खबर छ ।

‘ट्रस्ट ऐन, २०६४ बमोजिम ट्रस्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थाका नाममा दर्ता हुन सक्नेछैन र प्रतिकूल हुने गरी भएको दर्ता स्वतः बदर हुनेछ भन्ने उल्लेख छ । मोहियानी हक लागेको भए मात्र पाउने नत्र नपाउने र सबै मोहीले पाउने व्यवस्था गर्न ऐन नै संशोधन गर्नुपर्ने भनेका छौं,’ ट्रस्टका सचिव तथा अध्ययन समिति संयोजक गौतमले राजधानीलाई जानकारी दिए । तर, अध्ययन समितिले सुझाव दिएको महिनांै दिन बित्दा पनि विधेयक समितिले मोहीका नाममा जग्गा दर्ता गर्न रोक्ने नियमलाई संशोधन गर्न कुनै प्रक्रिया अघि बढाएको छैन ।

‘यो विषय छलफलमै प्रवेश गरेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्लले भने । तत्कालीन राजपरिवारका विभिन्न सदस्यको नाममा रहेका साबिकका फर्मायसी बिर्ता जग्गा असम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नाममा दर्ता गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद् विधेयक समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

मध्यरातमा १६९ न्यायाधीश सिफारिस

२७ जेठ, काठमाण्डौं । न्याय परिषदले आइतबार मध्यरातमा पुनरावेदन र जिल्ला अदालतका न्यायाधीश सिफारिस गरेको छ । पुनरावेदन अदालतमा ८० र जिल्ला अदालतमा ८९ जनाको सिफारिस भएको छ ।

सर्वोच्च अदालतमा बसेको साढे ८ घन्टा लामो न्यायपरिषद बैठकले पुनरावेदनको न्यायाधीशमा कानुन व्यवसायीको नामसमेत सिफारिस गरेको छ ।

१६ पुनरावेदन अदालतमा तीन बर्षदेखि रिक्त न्यायाधीशका लागि पहिलोपटक खुल्ला प्रतिष्पर्धाबाट नाम छनौट गरिएको छ । ४७ जनालाई स्थायी दरबन्दीमा सिफारिस गरिएको छ । महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता पुष्पराज कोइराला, प्रेमराज कार्की र सहन्यायाधिवक्ता युवराज सुवेदी पुनरावेदनको स्थायी न्यायाधीश परेका छन् ।

यसैगरी अतिरिक्त न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा कार्यरत नेपालगन्जका शिवराज अधिकारी, किशोर सिलवाल, पाटनका रामचन्द्र यादब, दिपालयका थीरबहादुर कार्की, पोखराका रामकुमार वन, जनकपुरका द्वारिकामान जोशी, हेटौंडाका सत्यमोहन जोशी थारु र सारंगा सुवेदी र सुर्खेतका रत्नबहादुर बाग्चन परेको नागरिक दैनिकमा खबर छ ।

Saturday 8 June 2013

कृषि मन्त्री थापाले तिरेनन् होटलमा बसेको ३ लाख

 आफ्ना परिवार र नातागोता बोकेर गत साता गृहजिल्ला लमजुङ पुगेका कृषि तथा सहकारी एवं वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले तीनदिनसम्मको ३ लाख रुपैयाँ खर्च नतिरी गएको खुलेको छ । जिल्लाको एकीकृत विकासको निरीक्षण गर्न तीन दिने प्याकेज बनाएर गएका थापाले आफ्ना साथमा १३ वटा सरकारी गाडी गुडाएका थिए ।

उनी पैसा नतिरी काठमाण्डौं फर्किएपछि सबै खर्च भूसंरक्षण, खानेपानी तथा सरसफाइ डिभिजन, कृषि विकास, भेटेरेनरी/पशु कार्यालय तथा अन्नपूर्ण संरक्षण क्षेत्र -एक्याप) लगायतका सरकारी कार्यालयले उठाएर चुक्ता गर्ने भएको कारोबार दैनिकमा खबर छ ।

सरकारी कार्यालयको अनियमिततालगायत समग्र कृषि क्षेत्रको विकास निरीक्षण गर्न लमजुङ आएको भनिए पनि मन्त्री थापाले कुनै कार्यालयलाई पूर्वजानकारी नदिएको पनि खुलेको छ ।

उनी सदरमुकाम बेसिसहरस्थित गेटवे हिमालयन रिसोर्ट र आफन्त सिद्धिविनायक होटल बसेका थिए । उनको साथ लागेर आएका अन्य कर्मचारी तथा चालकहरुले भने अर्को गेस्ट हाउसमा राखिएको थियो ।

एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अवको चुनावमा एकीकृत नेकपा माओवादीलाई पराजित नगरे नेपाली जनताले फेरि पनि दुःख पाउने बताउनु भएको छ ।खरिपाटीमा बुधबार नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै वरिष्ठ नेता देउवाले एमाओवादीको अतिवाद र अराजकताले जनता आजित भइसकेको भन्दै अवको चुनाववाट उनीहरुको वहिर्गमन आवश्यक भएको बताउनु भयो । जनतालाई मिठा-मिठा आश्वाशन बाँड्दै हिड्ने माओवादीको हैसियत सबैले देखिसकेको भन्दै अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।
एमाओवादीले संविधानसभा विघटन गराएको भन्दै उहाँले जनताले संविधान विरोधीलाई चुनावमा परास्त नबनाए दोस्रंो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएका कारण चुनाव हुने निश्चित भएको भन्दै हउाँले चुनाव निश्पक्ष र धाँधलीरहित वनाउन सवै समक्ष आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादीलाई आगामी चुनावमा परास्त नगरे फेरि संविधानसभाबाट संविधान नबन्ने बताउनु भयो । निर्वाचन चाँडै हुने भन्दै उहाँले सम्पूर्ण कार्यकर्तालाई निर्वाचनमा जुट्न अपिल गर्नुभयो ।

Friday 7 June 2013

पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले

 सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् ।

सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् ।

व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’

कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ ।

ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ ।

सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।

Sunday 2 June 2013

सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीको अन्धाधुन्द लाठी प्रहार

काठमाडौं,जेट १९ । सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ । हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो । कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्‍वमा खटिएका प्रहरीले दमन गरेका हो । प्रहरीको कुटाइबाट आधा दर्जन कमलरी घाइते भएका छन् । पुरुष प्रहरीले कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए । उनीहरुले “महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?” भन्दै प्रश्‍न गरेका थिए । मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् । पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन् । राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए ।

Thursday 30 May 2013

जसरी भए एमाओवादीलाई बहुमत चाहियो : प्रचण्ड

१६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी संविधानसभाको निर्वाचनमा जसरी भए पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो-’म प्रधानमन्त्री हुँदा राज्यसत्ता चलाउन ढङ्ग पुगेन, उपाध्यक्ष डा बाबुराम भट्टराईजी प्रधानमन्त्री हुँदा धेरै अप्ठ्यारा आए, अब कसरी सत्ता सञ्चालन गर्ने भन्ने अनुभव भयो, त्यसैले पार्टीलाई बहुमत चाहियो ।’ राष्ट्रिय उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले निर्वाचनमा बहुमत ल्याउन पार्टीले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । राजनीतिक निकासका लागि नै निर्वाचनमा जान लागेको भन्दै उहाँले अब निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने बताउनु भयो ।

प्रचण्डले पार्टीले सञ्चालन गरेको आन्दोलनका सहयात्री साथीहरू ‘लम्पट सर्वहारा’ बन्ने हुन् कि भन्ने डरले पार्टीले उत्पादन, विकास निर्माण र व्यवस्थापनको कार्यनीति पारित गरेको जानकारी दिनुभयो । कार्यनीतिबारे थप व्याख्या गर्दै उहाँले धनी र गरिबबीचको असमान दूरीलाई अन्त्य गर्नु नै कार्यनीतिको लक्ष्य रहेको, वित्तीय भूमण्डलीकरणसँग जुध्दै उपभोक्तावादको यसले अन्त्य गर्ने बताउनुभयो । कार्यनीतिलाई व्याहारिक रूपमा कार्यान्वयनमा ल्याउन आगामी बैठकले कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिँदै उहाँले भन्नुभयो-”आर्थिक समृद्धिलाई छलाङ मार्ने कार्यक्रम ल्याउँछाँै ।” माओवादी अध्यक्ष प्रचण्डले जलस्रोत, पर्यटन, कृषि तथा औद्योगिकीकरण गर्दै आफ्नै माटो सुहाउँदो अर्थनीति बनाउने पार्टीको नीति रहेको जानकारी दिनुभयो ।

माओवादी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला पूर्वाधारमा निजी क्षेत्रलाई एकल रूपमा छाड्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो-”आयातलाई क्रमशः विस्थापित गर्दै आफ्नै स्रोतसाधनलाई उपयोग गर्ने नीति पार्टीले लिएको छ ।”आफू प्रधानमन्त्री भएको सयममा दोहोरो आर्थिक वृद्धि दर हासिल गर्न उच्च प्राथमिकता दिएको जानकारी दिँदै उहाँले भन्नुभयो- “एउटा भैँसी, गाई, बाखा्र पालेर बारीमा दुईवटा खुर्सानीको बोट रोप्दैमा कृषिमा व्यवसायिकता आउँदैन ।” उहाँले आर्थिक आधारमा परिवर्तन गर्ने माध्यम उत्पादन, निर्माण र व्यवस्थापन नै भएको विचार व्यक्त गर्नुभयो ।

अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका साथसाथमा आर्थिक विकास पनि गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-”जलस्रोत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन जनतालाई आहृवान गर्न जरुरी छ ।” रासस

पूर्वराजालाई नारायणहिटी भित्र्याउने चेतावनी

१६ जेठ, काठमाडौं । राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले आगामी मङ्सिरमा पनि चुनाव हुन नसके २०६२/६३ को जस्तै आन्दोलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्र्याउने चेतावनी दिनुभएको छ ।

राप्रपा नेपाल तेह्रथूमले सदरमुकाम म्याङलुङमा बिहीबार आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले पूर्वराजा बाहिरिएपछि बनेका सरकारका मन्त्रीहरूले भ्रष्टाचार गरेर देश खोक्रो बनाएको आरोपसमेत लगाउनुभयो । राजासहितको हिन्दुराष्ट्र स्थापना भएमात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न पाउने भन्दै श्री लावतीले त्यसका लागि पार्टी चुनावी अभियानमा होमिइसकेको बताउनुभयो । रासस

आयोगमा १ सय ३१ दल दर्ता, बैद्य माओवादी गएन

१६ जेठ, काठमाडौं । निर्वाचन आयोगमा १ सय ३१ दलले दल दर्ताको निवेदन दिएका छन् । बिहीबार अन्तिम दिन यो समाचार तयार पार्दासम्म १ सय ३१ दल निर्वाचन आयोगमा दर्ता भएका छन् भने थप ११ बटा दलले दर्ताका लागि कार्यलय समयमै टोकन लिएका छन् ।

सरकारविरुद्ध आन्दोलनरत आन्दोलनमा रहेका नेकपा-माओवादीलगायतका दलले भने दल दर्ताका लागि निवेदन दिएनन् । दल दर्ताका लागि गत वैशाख १५ गतेदेखि यही जेठ १५ गतेसम्मको अवधि तोकिएको भए पनि अन्तिम दिन गणतन्त्र दिवस परेकाले बिहीबारसम्मका लागि समय दिइएको थियो ।

आयोगका आयुक्त अयोधिप्रसाद यादवले अहिलेसम्म दल दर्ताका लागि थप समय दिने कुनै योजना नरहेको बताउनु भयो ।

कमलरी हत्या छानविनको माग

१६ जेठ, काठमाडौं । कमलरी राख्ने, बेपत्ता पार्ने र यौनशोषण गर्नेलगायतका घटनामा थारु चेलीहरुले पीडित हुनुपरेको भन्दै यस विषयमा सरकारसंग छानविन र कार्बाहीको मागसहित कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ ।

सिंहदरबार पूर्वीगेट नजिकै हनुमानथानमा बिहीबार भेला भएका पूर्वसभासद् शान्ता चौधरी र सुकदैया चौधरी तथा कमलरीहरुले थारु महिलाले भोग्नु परेको पीडा पोख्नुका साथै नाराबाजी गरेका थिए । उर्मिला चौधरीले नेतृत्व गरेको आन्दोलनमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष सूर्य भुजेल, महिला महासंघकी महासचिव शोनी लामा, महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीलगायतको सहभागिता थियो । संघर्ष समितिले रत्नपार्कको शान्तिवाटिकामा धर्ना कार्यक्रम गर्दै आएको छ ।

दाङकी १२ वषर्ीया सृजना चौधरीको ललितपुरस्थित एक इञ्जिनियरका घरमा जलेर मुत्यु भएको साथै धनगढीकी १५ वषर्ीया उर्मिला नाराथारु, दाङ रामपुरकी १३ वषर्ीया सीमा होजामगरको मृत्यु हुनुमा मालिकहरु दोषी भएको मृतकका परिवारको आरोप छ । कमलरीहरुको शोषण, बलात्कार र त्यसपछि हत्या भएको भन्दै दोषीमाथि कडा कार्बाहीको माग गर्दै संघर्ष समिति आन्दोलना उत्रिएको संघर्ष समितिका संयोजक फकला थारुले बताउनुभयो ।

कमलरीमाथि शोषण, दमन र हत्या गर्ने दोषीमाथि निष्पक्ष छानविन र कडा कार्बाहिको माग गर्दै सूदुर पश्चिममा आन्दोलन गर्दै आए पनि आˆना मागको सुनुवाइ नभएपछि आन्दोलन गर्न राजधानी नै आउनुपरेको कञ्चनपुरकी राजकुमारी चौधरीको भनाइ छ । ‘हामीले सुदुर पश्चिममा आन्दोलन गर्‍यौं तर सुनुवाइ नभएपछि राजधानी आएका हौं । ‘ उनले भनिन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID