Saturday 8 June 2013

कृषि मन्त्री थापाले तिरेनन् होटलमा बसेको ३ लाख

 आफ्ना परिवार र नातागोता बोकेर गत साता गृहजिल्ला लमजुङ पुगेका कृषि तथा सहकारी एवं वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले तीनदिनसम्मको ३ लाख रुपैयाँ खर्च नतिरी गएको खुलेको छ । जिल्लाको एकीकृत विकासको निरीक्षण गर्न तीन दिने प्याकेज बनाएर गएका थापाले आफ्ना साथमा १३ वटा सरकारी गाडी गुडाएका थिए ।

उनी पैसा नतिरी काठमाण्डौं फर्किएपछि सबै खर्च भूसंरक्षण, खानेपानी तथा सरसफाइ डिभिजन, कृषि विकास, भेटेरेनरी/पशु कार्यालय तथा अन्नपूर्ण संरक्षण क्षेत्र -एक्याप) लगायतका सरकारी कार्यालयले उठाएर चुक्ता गर्ने भएको कारोबार दैनिकमा खबर छ ।

सरकारी कार्यालयको अनियमिततालगायत समग्र कृषि क्षेत्रको विकास निरीक्षण गर्न लमजुङ आएको भनिए पनि मन्त्री थापाले कुनै कार्यालयलाई पूर्वजानकारी नदिएको पनि खुलेको छ ।

उनी सदरमुकाम बेसिसहरस्थित गेटवे हिमालयन रिसोर्ट र आफन्त सिद्धिविनायक होटल बसेका थिए । उनको साथ लागेर आएका अन्य कर्मचारी तथा चालकहरुले भने अर्को गेस्ट हाउसमा राखिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID