Showing posts with label indian sex scandal. Show all posts
Showing posts with label indian sex scandal. Show all posts

Saturday 27 December 2014

मैले भेटेका यौनकर्मी

यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ। त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ। मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ।

सकेसम्म उनीहरूलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ। त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरूको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ।

यसै क्रममा मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु। उनीहरूको अनुभव सुन्ने र बुझ्ने अवसर पाएका छु। तीमध्ये यस्ता छन् मैले फेला पारेका अनौठा यौनकर्मी :

पहिलोपटक भेटेको यौनकर्मी

मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन्। उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक)मा बस्न नसकी काठमाडौं आएकी रहिछन्।

सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी। उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेस्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन्। दुईचार दिन गेस्टहाउसको भाँडा माझेरै बित्यो।

एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेस्ट हाउसमा पुगेछन्, बास बस्न। अन्दाजी ४० वर्षका ती ग्राहकले उनीसित यौनसम्पर्क गर्ने इच्छा पोखे गेस्टहाउसका मालिकसँग। मोटो रकम पाएपछि मालिकलाई पुगिहाल्यो। त्यस रातपछि बाध्यताले ती महिलाको जीवन जिउने बाटो बनेको रहेछ यौनकर्म।

पहिलोपटक भेटेको पुरुष यौनकर्मी

ती पुरुष यौनकर्मी २८ वर्ष जतिका थिए। यौनकर्मी महिला साथीहरूको सहयोगमा ती पुरुष यौनकर्मीसँग 
भेटघाट गर्ने अवसर पाएँ। उनी वैदेशिक रोजगारमा गएका रहेछन्। तर, भनेअनुसारका काम र कमाइ नभएपछि तीन महिनामै उनी स्वदेश फर्केका रहेछन्।

स्वदेश फर्के पनि विदेश जाँदा लिएको ऋण तिर्ने अवस्था नभएपछि काठमाडौंमै बस्न बाध्य भएका रहेछन्। काम खोज्दै काठमाडौंमै भौतारिइरहेका बेला एउटा साथीको सहयोगमा पैसा तिरेर यौनप्यास मेट्ने महिलाहरूको सम्पर्कमा पुगेछन्, ती पुरुष। उनको रोजीरोटीको बाटो बनेको छ यौनकर्म।

एउटी अचम्मकी यौनकर्मी

एउटी अचम्मकी यौनकर्मी भेटेँ मैले। उनी पैसाका लागि होइन, केवल यौनप्यास मेट्न पार्टनर खोज्दी रहिछन्। मैले भेट्दा उनी ३८ वर्षकी जस्ती देखिन्थिन्। सहरको सम्भ्रान्त परिवारकी सदस्य हुन् उनी। उनले आफू यौनकर्ममा लाग्नुको कारण यसरी बताइन् :

'जब म मदिरा सेवन गर्छु, त्यसपछि सेक्स नगरी सुत्नै सक्दिनँ। मेरो अनौठो बानी के छ भने मलाई पानीमा रुझ्दै भिज्दै पार्टनरसँग सेक्स गर्नुपर्छ। मेरो श्रीमान्लाई भने अचेल सेक्समा पटक्कै रुचि छैन। यो समस्या समाधान गर्न म र मेरा श्रीमान् यौन विशेषज्ञकहाँ परामर्शका लागि पनि गयौं तर समस्या समाधान हुन सकेन।

मदिरा सेवन नगरौं भने पनि अचेल बिहे, व्रतबन्ध, पास्नी, भोज, पिकनिक सबैमा हल्का ड्रिंक्स चलिहाल्छ। जब म मदिरा सेवन गर्छु, त्यसपछि ममा अत्यधिक यौन उत्तेजना हुन्छ। त्यसैले भिज्दै वा पानीमा डुबुल्की मार्दै मलाई यौन तृष्णा मेट्नुपर्छ।

यो मेरो सोख नै भइसकेको छ। मेरै श्रीमान्को सहमतिमा मैले एक जनालाई पार्टनर बनाएको छु। मलाई दुई छाक खान समस्या छैन तर चाहेको बेला यौन तृष्णा कसरी मेट्ने भन्नेचाहिँ चिन्ता लाग्छ।'

यो सहरमा मैले जीवनमै भुल्न नसक्ने यस्ती यौनकर्मी पनि भेटेँ।

यौनकर्ममा प्लस टु पुस्ता

मैले हजारौंमा केही प्लस टु पढ्दै गरेका यौनकर्मी पनि भेटेँ। जसोतसो अभिभावकले एसएलसीसम्म सहयोग गरेकाले पढेको र त्यसपछिको पढाइ पूरा गर्न यौनकर्ममा लागेको भेटिए उनीहरू।

कतिपय स्कुटर चढ्ने रहर पूरा गर्न यौनकर्ममा लागेको भेटिए। स्कुटर नभएको भनी हेप्ने साथीहरूलाई स्कुटर चढेर देखाउने इच्छा अभिभावकले पूरा नगरिदिएपछि त्यसलाई पूरा गर्न आफू यौनकर्ममा लागेको उनीहरूले बताए मलाई।

यस्तो सुन्दा लाग्यो, कक्षा ११ मा पढ्ने छोरीको केही कमाइ छैन तर उसले कहाँबाट र कसरी स्कुटर किनी भनेर उनीहरूका आमाबाबुमा खुल्दुली आउँछ होला।

यौनकर्ममा करोडपतिकी पत्नी

२०६७ साल साउन २५ गते महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रूपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्स बारबाट यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ।

तीमध्ये ३५ जना विभिन्न उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुन:स्थापनाका लागि रक्षा नेपालमा पठाएको थियो। उनीहरूलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ। उनीहरूलाई ल्याएपछि एक/एकजनासँग गोप्य कुराकानी भयो मेरो।

तीमध्ये अधिकांशको आआफ्नै दु:ख थियो, दर्द थियो। सबै चिन्तित अनुहारमा थिए। उनीहरू भन्दै थिए, 'वैकल्पिक बाटो भइदिए हामी तुरुन्तै यो पेसा परिवर्तन गर्न तयार छौं।'

तर एउटी अन्दाजी ४० देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो। कुरा गर्ने पालो आएदेखि नै उनी मुख खुम्च्याउँदै बोल्दै थिइन्। उनको भित्री कुरा सुन्दा म पनि छक्क परेँ। उनले मलाई यसो भनिन्,

'तपाईं पत्याउनुहुन्न होला, म मारवाडी परिवारकी सदस्य हुँ। मेरो श्रीमान् ठूलो व्यापारी छन्। उनी व्यापारकै सिलसिलामा कहिले भारत, कहिले चीन र कहिले थाइल्यान्ड पुगिरहन्छन्। उनी प्राय: घरबाहिर भइरहन्छन्।

कहिलेकाहीँ घर आए पनि कि ल्यापटप, कि फोन, कि त मोबाइलमा बिजनेस डिल गर्नमै व्यस्त हुन्छन्। कतिसम्म भने मेरा श्रीमान्‌लाई आफ्ना छोराछोरी कति कक्षामा पढिरहेका छन्, त्यो पनि थाहा हुँदैन। छोराछोरी र श्रीमतीले जति मागे पनि पैसा दिन्छन् तर त्यो पैसा केमा खर्च भयो, केही मतलब छैन।

मेरो घरमा नपुग्दो केही छैन। नोकर, चाकर, हीरामोती, सुनचाँदी, गाडी, बैंक ब्यालेन्स सबै छ। तर, ती सबै कुराले मात्रै नहुँदो रहेछ। ती भएर पनि मेरो शारीरिक आवश्यकता पूरा भएन।

यो कुरा मेरो श्रीमान्ले बुझिदिएनन्। पैसाका लागि होइन, शारीरिक आवश्यकता पूरा गर्न मसाज पार्लर खोलेकी हुँ मैले। त्यहाँ आउने ग्राहक चित्तबुझ्दो छन् भने म आफैं यौनसम्बन्धका लागि तयार हुन्छु। म यसैमा खुसी छु। यसमा अरूको टाउको दुख्नुपर्ने किन?

    मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन्। सहरमा उनको एउटा सानदार घर छ। दुईवटा माइक्रो बस भाडामा दिएकी छन्। गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छन्, भविष्यका लागि। आफ्ना छोराछोरीलाई महँगो स्कुलमा बोर्डस् गरिदिएकी छन्। यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन्।


मसँग बैंकमा प्रशस्तै ब्यालेन्स छ। बरु तपाईंको संस्थालाई कति पैसा डोनेसन दिऊँ? तपाईंलाई म खालि चेक दिन तयार छु तर तपाईंले दिएको सेल्टरमा बस्न सक्दिनँ। मलाई यहाँबाट जान दिनोस्।'

७० वर्षीया यौनकर्मी

यौनकर्मी दिदिबहिनीसँगको घुलमिल बढ्दा दुई वर्षअघि एउटी महिलासँग भेट भयो। उनको अनुहार हेर्दा लाग्यो, उनी ७० वर्षकी हुन्। तर उनले आफ्नो उमेर ५८ वर्ष भनिन्। मलाई चाहिँ ढाँटेजस्तो लाग्यो।

आफ्नी हजुरआमा उमेरसरहकी ती महिलालाई दिदी भनी सम्बोधन गर्न अलि अप्ठ्यारो लाग्यो। तर, उनले मलाई पो उल्टै 'दिदी' भनेर सम्बोधन गरिन्। मलाई अलि अप्ठ्यारो लाग्यो।

उनले मलाई दिदी भन्नुमा दुईवटा कारण छन्जस्तो लाग्यो। तीमध्ये एउटा कारण हुन सक्छ, उनी मलाई सम्मानपूर्वक सम्बोधन गर्न चाहन्छिन् र अर्को कारण, उनी पाको उमेरमा पनि जवानझैं यौनसम्पर्कका लागि सक्षम छिन्।

ती पाको यौनकर्मी महिलाको कथा दर्दनाक छ। उनलाई सडकमा जन्माउने को हो, उनी कहिलेदेखि सडकमा छिन्, आफू कति वर्षदेखि सडकमा यौनकर्मी भएको हो, त्यो केही थाहा छैन।

उनी सडकमै जन्मिन्, सडकमै हुर्किन्। कति वर्षकी हुँदा उनलाई सडकमै को कसले अस्मिता लुट्यो त्यो पनि थाहा छैन। उनी कहिले जवानी भइन्, तरुनी भइन् अनुभूति नै गर्न पाइनन्। उनले जाने देखेको काम नै सडकमा भेटेको मान्छेले भनेको ठाउँमा उनीहरूसँग सुत्न जाने हो, जे दिन्छन्, त्यही खाने हो।

यौनकर्मबाटै सम्भ्रान्त
मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन्। सहरमा उनको एउटा सानदार घर छ। दुईवटा माइक्रो बस भाडामा दिएकी छन्। गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छन्, भविष्यका लागि। आफ्ना छोराछोरीलाई महँगो स्कुलमा बोर्डस् गरिदिएकी छन्। यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन्।

बच्चा पेटमै हुँदा उनलाई श्रीमान्ले छाडेका रहेछन्। छोराछोरी हुर्काउँदा, पढाउँदा र बढाउँदा यौनकर्मी बन्नु परेको रहेछ उनले। त्यो समयमा जुन पेसाले आफूलाई जीविका चलाउन र धनसम्पत्ति जोड्न सहज बनायो, त्यो पेसालाई अहिले छाड्ने मनस्थितिमा छैनन् उनी।

उनले भनिन्, 'जुन पेसाबाट यतिको धनसम्पत्ति जोडेँ, धनसम्पत्ति जोडेपछि इज्जत पनि कमाएँ, त्यो पेसाले मेरो सान पनि बढेको छ भने त्यो पेसा म कि न छाडूँ?'
- See more at: http://annapurnapost.com/News.aspx/story/4798#sthash.q3tt1jtb.dpuf

Sunday 24 November 2013

Indian sex workers learn to spot punters' fake notes

http://evernepal.blogspot.com
 Indian sex workers are being trained to identify counterfeit currency to prevent punters from conning them in the dimly-lit brothels of one of Asia's biggest red light districts.

Prostitution is illegal in India, meaning the country's estimated three million sex workers cannot complain to police if they are paid with fake notes.

But a campaign group known as the Committee for Indomitable Women has now begun a training programme in Kolkata's notorious Sonagachi red light zone, where an estimated 8,000 sex workers ply their trade.

"Most of them only come to know that they have been deceived when they go to deposit their earnings at the bank," Smarajit Jena, the group's chief advisor, explained to AFP during one of the training sessions.

"We are training sex workers through a machine with ultra violet ray to observe the differences between real and fake currencies."

The programme is being run to coincide with the start of the month-long Durga Puja festival, which begins on October 8 and which has traditionally been one of the most lucrative periods for prostitutes.

Some of those attending the workshop said they were often duped during the festival by one-off customers, and more regular clients would not dream of deceiving them.

"They take advantage of the dim lighting in our room and then slip counterfeit notes to us," said 30-year-old Swapna Mondal.

Her colleague Bharati De said it was crucial for the women to learn how to spot fake money as they could not turn to the authorities for help.

"Sex workers are afraid of going to the police station as they fear their complaint will go unheeded and they may be arrested," said the 40-yr-old, who has been working in Sonagachi for nearly two decades.

While police have not been involved in the training session, a senior officer in the eastern city acknowledged that counterfeit currency was a major problem.

Sumanjit Ray said that 521,155 fake bank notes worth more than 21 million rupees were seized from different parts of India last year.

Spine chilling facts about Indian sex workers suffering from AIDS

Spine chilling facts about Indian sex workers suffering from AIDS

Spine chilling facts about Indian sex workers suffering from AIDS

New Delhi: A very popular red-light area of Nagpur, the Ganga-Jamuna Basti was raided by an NGO team. A female pimp was arrested and two minors were rescued.
http://evernepal.blogspot.com
But this isn’t the first time the country has witnessed cases like this. As a matter of fact, the National AIDS Control Organisation (NACO) released a report which ranked Mumbai as India’s largest growing sex industry.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID