Showing posts with label health news. Show all posts
Showing posts with label health news. Show all posts

Thursday 11 July 2013

पत्तीले काटेर यसरि पनि गरिन्छ उपचार..(फोटो फिचर सहित)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

  विश्वमा स्वास्थ्यको उपचार गर्ने पद्धतीहरू धेरै थरी छन् । हामी प्राय उपचारका लागि एलोप्याथीको सहारा लिने गर्छौ । त्यस्तै, आयुर्वेद, होमियोप्याथी, तथा अन्य पद्धतीको पनि हामीमध्ये धेरैले उपचारका लागि सहारा लिने पद्धति हुन् ।

विश्वमा स्वास्थ्य उपचार गर्ने पद्धतीमा एक फरक खालको पद्धति पनि भेटिएको छ भारतमा । उक्त पद्धती अनुसार उपचारका लागि मानिसको शरिरमा पत्तीले काटेर रगत बगाई उपचार गरिन्छ । सुन्दा पनि आङ सिरिङ्ग हुने यस्तो उपचार भारतको राजधानी नयाँ दिल्लीमा गरिने गर्छ ।

७९ वर्षीय हाकिम घ्यास नामका व्यक्तिले खुला आकाशमुनी यस्तो उपचार पद्धती सुरू गरेका हुन् । उनका अनुसार यो उपचार पद्धति हजारौ वर्ष पुरानो भएको र ग्रिक र संस्कृतमा समेत यस्को चर्चा गरिएको छ ।

यो उपचार पद्धतीमा पहिले मानिसलाई डोरीले शरिरको विभिन्न भागमा बाधिन्छ । र उनीहरूलाई तातोमा बस्न लगाइन्छ । उनीहरुको शरिरको उपचार गर्ने भागमा पत्तीले घाऊ बनाइन्छ जहाँबाट उनीहरूको रगत बगोस्, त्यसपछी काटिएको ठाऊँमा बगिरहेको रगत रोक्नका लागि व्यायाम गर्न लगाइन्छ । जबसम्म रगत थामिदैन उनीहरूको शरिरमा बाँधिएको डोरी फुकाइदैन ।

यसरी रगत बगाउँदा शरिरको खराब रगत बाहिर निस्किने र स्वास्थ्यमा आएका समस्याहरू समाधान हुने हाकिम बताउँछन् । उनका अनुसार यसरी काटेर रगत फ्याँक्दा शरिरको उच्च रक्तचाप नियन्त्रण हुने, कोलेस्टेरोलको मात्रालाई समेत सही ठाऊँमा ल्याउन मद्धत गर्छ ।

पछील्लो समयमा यस उपचारका लागि आउनेहरूको संख्या बढ्दै गएको र उपचारका लागि आफूहरूले कुनै पैसा नलिएको हाकिमले बताएका छन् । उनले आफूहरूसँग उपचारका लागि आउने सबै गरिब र बृद्धहरू हुने भएकाले आफूहरूले बिना शुल्क नै उपचार गर्ने गरेको बताए । उनका अनुसार उनलाई यो कार्यमा उनका एक छोराले पनि सघाइरहेका छन् ।

हेरौ उक्त पद्धतीको उपचारका केही दृश्यहरू…






Tuesday 2 July 2013

आँखाबाट रगतको आँशु बगाउने युवती ल हेर्नुस


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

मन हल्का पार्नको लागि मज्जाले रोएर प्रसस्तै आँशु झार्नुपर्छ भन्ने मान्यता छ । तर २० वर्षकी यी युवती भने धक फुकाएर रुन पनि सक्दिनन् । उनी जब रुन्छिन् उनको आँखाबाट आँशुको साटो रगतका धारा बग्न थाल्छन् । उनी जति रुन्छिन् उत्ति नै उनको आँखाबाट रगत चुहिन्छ ।
आँखाबाट रगतको आँशु झर्ने पीडा चिलीकी एक २० वर्षे युवतीले एक महिनादेखि झेलिरहेकी छिन् । चिलीको पुरानक क्षेत्रकी बासिन्दा यारित्जा ओलिभाको आँखाबाट आँशुको साटो रगत किन बग्यो ? भन्ने कुराको भेउ पाउन डाक्टरहरुले पनि सकेका छैनन् । उनी रुँदाखेरी आँखामा निकै पीडा हुन्छ र रगत बग्छ । यति पीडा हुन्छ की उनलाई सहनै गाह्रो हुन्छ र थप रुनुपर्छ । डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेपछि सामान्य थोपा औषधि दिएका छन् ।

आँखाबाट आँशुको रुपमा रगत बग्ने यस्तो समस्यालाई हेमोलार्किया भनिन्छ । इन्फेक्सन, टाउकाको चोट तथा ट्युमर लगायतका कारणबाट यस्तो समस्या पैदा हुने बताइन्छ ।

Sunday 30 June 2013

बुढीआमाले क्रिम सोँचेर मुखमा सुपर ग्लू दलेपछि………


रातको समयमा इमरजेन्सी नम्बरमा एक्कासी फोन आयो । न्युजिल्याण्डको डुनेडिनस्थित इमरजेन्सी कार्यालयका फोन उठाउने मान्छे अक्क न बक्क भए । फोन गर्नेवाला महिलाको आवाज थियो भन्ने त ठम्याउन सकियो तर फोन गर्ने ती महिला बोल्न सकिरहेकी थिइनन् । उनी मात्र अँ…..अँ……मात्र गरिरहेकी थिइन् । इमरजेन्सी कार्यालयका कर्मचारीलाई आपत् पर्यो । उनले सोँचे ती महिला निकै संकटमा छिन् र उनलाई चोरडाँकाहरुले आक्रमण गरी मुखमा केही कोचिदिएका कारण बोल्न सकिरहेकी छैनिन् । फोन आएको नम्बर हेरेर फोन उठाउनेले सोधे, के तपाइँ डुनेडिनबाट बोल्नुभएको हो ? ती महिलाले अँ भनिन् ।

सुरक्षा अधिकारीहरुले एउटा टोली नै खटाएर फोन ट्यापिङ गरी ती महिला बसेको घर पत्ता लगाएर उनलाई तत्काल उद्धार गरी अस्पताल पूराए । अस्पतालमा लगेपछि प्याराफिनको प्रयोग गरी ग्लु स्टिकले टालिएको उनको मुख खुलाइयो । मुख खुलेपछि उनले ढुक्कको स्वास फेर्दै मुख टालिएपछिको बेचैनी सुनाइन् ।

६४ वर्षकी ती महिलाले रात सुत्ने बेलामा दिनहुँ अनुहारमा क्रिम दल्ने रहिछन् । क्रिम तथा अन्य सौन्दर्य प्रशाधनका सामान राख्ने भाँडोमा सुपर ग्लुको बट्टा पनि राखेकी रहेछिन् । बत्ती निभाइसकेपछि उनले भाँडोबाट क्रिम भनेर एउटा बट्टा निकालिन् । त्यो खोलिन् र त्यसभित्रको चिज निकालेर ओँठमा लगाइन् । उनलाई रुघा लागेकाले क्रिम हो होइन भनेर छुट्टाउन गन्ध समेत पत्तो पाउन सकिनन् त्यसैले उनले क्रिम भनेर सुपर ग्लु ओठमा लगाइन् । ओठमा सुपर ग्लु लगाएपछि ओँठ टालियो । उनी विलखबन्दमा परिन् । धन्न इमरजेन्सी नम्बरमा फोन गर्दा प्रहरी आएर उनलाई उद्धार गर्यो र बढि दुख भोग्नु परेन । नत्र ती बुढीआमैको रात कसरी बित्दो हो बरै !

Friday 21 June 2013

दाम्पत्य जीवन कसरि सफल बनाउने?


भनिन्छ वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो पि्रयजनसँग भेट होओस् र यौनक्रिडा गर्न पाइयोस् ।त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ
तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन् :
यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा :
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् ।
आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा
यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेकेा सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइप|mेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्नेे प्रष्ट हुन्छ ।
कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा
यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।
कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा
यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन्ा पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।
प्रेमीसँग बिछोड भएको सपना देखेमा
प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् ।

हृदयाघात के हो ? कसरी बँच्ने ?


मुटु सम्बन्धि रोग विश्वमा मानिसको ज्यानै लिने सबैभन्दा घातक रोग हो । मुटु सम्बन्धि प्राणघातक
समस्या मध्ये हृदयाघात मुख्य मानिन्छ । हृदयाघात कुनैपनि उमेरका मानिसलाई हुनसक्छ । तर उमेर जति छिप्पिँदै गयो यसको जोखिम उति नै बढि हुन्छ ।
धेरै मानिसहरुको हृदयाघात भएपछि अस्पताल पुग्नुभन्दा पहिले नै मृत्यु भैसकेको हुन्छ, किनकी उनीहरुले हप्ता वा महिना दिन अगाडिबाट देखिएका विभिन्न खतराका लक्षणलाई ध्यान दिएका हुँदैनन् वा त्यस्ता लक्षण पहिचान गर्न सक्दैनन् । यदि हृदयाघातका प्रारम्भिक लक्षणको बारेमा जानकारी पाउनेहो भने हृदयाघात नहुँदै मुटुरोगको उपचार गरी जिवन रक्षा गर्न सम्भव हुन्छ । आज हामीले हृदयाघात हुने लक्षण के के हुन् ? र कसरी बँच्ने भन्नेबारेमा केही टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।के हो हृदयाघात ?heart_attack_symptoms

मुटुसम्म रगत पूराउने एक वा बढि धमनीमा बोसो जम्नु वा अरु कुनै कारणले रक्त प्रवाह अवरुद्ध हुन्छ । रक्तप्रवाह रोकिएपछि मुटुका मांशपेशीमा अक्सिजनको कमी हुन्छ । त्यसपछि मुटुका मांशपेशीले आफ्नो नियमित खुम्चिने र फैलिने काम गर्न सक्दैनन्, त्यो नै हृदयाघात हो ।
हृदयाघातका लक्षण
छातिकको बीचमा वा बायाँतर्फ दुख्नु । यस्तो दुखाइ अचानक वा पटक पटक हुने ।
गर्धन, कम्मर, काँध तथा बंगारामा समेत दुखाइ महसुस हुनु ।
छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु ।
छातिमा जलन महसुस हुनु ।
असामान्य थकान महसुस हुनु ।
बढि पसिना आउनु, बान्ता हुनु ।
मुटुको गति तिब्र हुनु र सास फेर्न समेत गाह्रो हुनु ।
लगातार केही महिनादेखि छातिमा दुखाइको महसुस हुनु पनि हर्ट अट्याकको लक्षण हो ।
हृदयाघातबाट बच्न के गर्ने ?
तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् ।
नुन कम खानुहोस् ।
आफ्नो वजन सन्तुलित राख्नुहोस् ।
हरेक दिन नियमित रुपमा कम्तिमा आधा घण्टा हिडडुल गर्नुहोस् ।
योगा तथा व्यायाम नियमित गर्नुहोस् ।
भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।
हर्ट अट्याकको खतरा कम गर्न यी खानेकुरा नियमित खानुहोस् :
१.प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।
२.गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले विभिन्न खाले मुटु रोगको जोखिम घटाउँछ ।
३.लसुन : खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।
४.गाजर : गाजरको रस पिउनु, सलादको रुपमा खानु वा अचार तथा तरकारी जे खाए पनि यो मुटुको लागि निके लाभदायक हुन्छ ।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :
· बदाम
· नरिवलको पानी
· नौनी घिउ
· ओखर
· केरा
· काजू
· ब्राउन राइस
· पेस्ता
· आलु
· सिमी
· पनीर
· अण्डा
· साल्मन तथा झिँजे माछा, मासु
· किसमिस
· चिज
यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।

मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा

मोटाउन चाहनुहुन्छ ?


खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :
· बदाम
· नरिवलको पानी
· नौनी घिउ
· ओखर
· केरा
· काजू
· ब्राउन राइस
· पेस्ता
· आलु
· सिमी
· पनीर
· अण्डा
· साल्मन तथा झिँजे माछा, मासु
· किसमिस
· चिज

यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।

Sunday 16 June 2013

२७ हजार डलरमा सर्जरी गराएर फर्कियो कुकुर


अमेरिकामा झण्डै ८ महिनाको उपचारपछि ‘हिरो’ को छवि बनाएको एक फिलिपिनो कुकुर स्वदेश फर्किएको छ । दुई बालिकाको ज्यान बचाउने क्रममा एक घटनामा कबांग नाम गरेको यो कुकुरको अनुहारको आधा भाग काटिएको थियो ।
तिब्र गतिमा गुडिरहेको मोटरसाइकल आफ्ना मालिकको छोरी र भतिजीतर्फ आएको देखेपछि कुकुरले बाटो छेकेको थियो । घटनामा अनुहारको आधा भाग काटि्टएपछि कुकुरलाई उपचारमा लागि अमेरिका लगिएको थियो ।
जहाँ ८ महिनाको सफल उपचारपछि कुकुर आफ्नो देश फिलिपिन्स फर्किएको छ । कुकुरलाई अस्पताल भर्ना गरिएको समाचार आएपछि धेरै मानिसको ध्यान तानियो । उसका लागि २७ हजार डलर सहयोग समेत संकलन भएको थियो । ट्वीटर र फेसबुकबाट समेत आर्थिक संकलनका लागि अभियान चलाइएको थियो । समाचारमा जनाइएअनुसार ४५ देशबाट जुटेको आर्थिक सहयोगबाट कबांगको उपचार भएको हो । यूनिभर्सिटी अफ क्यालिफोर्नियामा कबांगको उपचार गरिएको थियो । उपचारपछि घर फर्किएको कबांगको सम्मानमा जाबोअंगा सिटीमा र्‍याली निकाल्ने तयारी भइरहेको छ ।

Friday 7 June 2013

राजधानीको खानेपानीमा ढल र मानव कंकाल भेटिए पछि ! -अफ द बिट


Thursday 6 June 2013

स्कुले छात्राका वक्षस्थल ठूला भएपछि………..(फोटोफिचर सहित)

अमेरिकामा एक स्कुले छात्राले आफ्ना वक्षस्थल ठूला भएकै कारण स्कुलको विशेष समारोहमा भाग लिनबाट बञ्चित हुनुपरेको छ । वासिंटनस्थित किटस्याप हाइस्कुलकी १८ वर्षी छात्रा ब्रिटानी मिन्डले आफ्नो बडेमाको छातिकै कारण स्कुलको विदाई समारोहमा नाच्ने धोको पूरा गर्न पाइनन् ।

लुगा साँघुरो भएर छातिको भाग धेरै देखिएको भन्दै स्कुलका कर्मचारीले उनलाई फर्काइदिए । हाइस्कुलको पढाइ सकिने वर्षहुने विशेष कार्यक्रम अर्थात प्रोममा भाग लिनका लागि आफ्ना ठूला वक्षस्थल छोपिने राम्रो फ्रक किन्न उनी क्यानडा सम्म पुगिन् । तर क्यानडाबाट ल्याएको वैजनी रंगको फ्रक लगाउँदा उनको छाति झनै कामूक देखियो र बढि छाति देखिएको भन्दै स्कुलका स्टाफले समारोहमा उनलाई नाच्न दिएनन् ।

स्कुलको नियम अनुसार केटीहरुले छाति तथा ढाडको भाग विद्यालयमा देखाउन मनाही छ । तर यो नियम आफ्नो हकमा अन्यायपर्ूण्ा रहेको ब्रिटानी बताउँछिन् ।आफ्नो छाति प्राकृतिक रुपमै ठूलो भएकाले सामान्य खाले लुगा लगाउँदा स्वतः रुपमा अरुको भन्दा आफ्नो छातिको नांगो भाग बढि नै हुने उनको दाबी छ । छोरीलाई नाच्नबाट रोकिएको प्रति ब्रिटानीका बुवाआमा क्रुद्ध छन् र स्कुललाई सरापिरहेका छन् ।

सबै महिला एकैनासे नहुने भन्दै ब्रिटानीकी आमाले गल्फको बल र अंगुरको गेडालाई एकै तुलोमा हाल्न नहुने बताइन् ।विचरा लाखौँ विन्ती पछि ब्रिटानीलाई पछौरीले छाति ढाकेर नाचगान समारोहमा छिर्न त दिइयो तर ब्रिटानीलाई निकै नरमाइलो लाग्नुका साथै आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनुभुति भयो । उनी एकैछिनमा समारोहस्थलबाट निस्किइन् र घरतिर लागिन् । त्यो अनुभव आफ्नो जिवनको सबैभन्दा तितो अनुभव भएको उनी बताउँछिन् ।

Tuesday 4 June 2013

यी हुन् १९ औँ सताब्दीमा जन्मेका एकमात्र जिउँदा पुरुष

यो पृथ्वीमा १९ औँ शताब्दीमा जन्मेकामध्ये अहिलेसम्म कतिजना लोग्नेमान्छे जिउँदै होलान् ? के तपाइँ पत्याउनुहुन्छ ? अंग्रेजी पात्रो अनुसारको १९ औँ सताब्दीमा विश्वमा जन्मेका मध्ये अहिले केवल १ जना मात्र पुरुष जिवित छन् । ती व्यक्ति नै अहिले विश्वका सबैभन्दा बढि उमेरका मान्छे हुन् ।

जापानका ११६ वर्षका जिरोइमोन किमुरा १९ औँ सताब्दीमा जन्मेका अहिलेका एकमात्र जिवित पुरुष हुन् । जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार सन् १९०१ को नयाँ वर्षको दिन अघि जन्मेका महिला भने विश्वमा अहिलेपनि २१ जना छन् ।

किमुराका ५ जना छोराछोरी, १४ जना नातिनातिना, २५ जना पनाती पनातिना र १३ जना खनाती खनातीना छन् । किमुरा आफ्नी ८३ वर्षकी जेठी बुहारी र ५९ वर्षकी नातिनी बुहारी सँग क्योटोमा बस्दै आएका छन् । किमुराको जन्म १८९७ अपि्रल १९ तारेखका दिन भएको थियो ।

Thursday 30 May 2013

गर्मीसँगै बढ्छ मृगौलाको पत्थरीको खतरा : कसरी जोगिने ?

खानपानमा अस्वस्थता तथा जिवनशैलीमा आएको परिवर्तनका कारण मृगौलामा पथ्थरी हुनु अहिले आम मानिसमा सामान्य स्वास्थ्य समस्या बनिसकेको छ । बच्चा देखि लिएर युवा तथा पाका उमेरका मानिस सम्ममा पत्थरीको समस्या पाइने गरेको छ । गर्मीको मौसममा यस्तो समस्या अझ बढ्न जान्छ । अन्य कारणहरुका अलवा डिहाइड्रेसन अर्थात् सरीरमा पानी कम हुनाले मृगौलामा पत्थरी हुने सम्भावना बढ्छ ।

गर्मीयाममा सरीरबाट पसिना बढि निस्कन्छ । जसका कारण सरीरमा पानीको मात्रा छिटै कम हुन्छ । यदि पसिनाको माध्यमबाट नास भएको पानीको भरणपुरण गर्न पर्याप्त पानी पिइएन भने मृगौलामा पत्थरी हुने जोखिम बढ्छ । मृगौला विज्ञहरुका अनुसार गर्मीको याममा मृगौलाको पत्थरीको समस्या ४० प्रतिशत सम्मले बढ्छ ।
मृगौलाको पत्थरीको समस्या बढि दौडधुप गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका मानिसमा बढ्ता देखिने गरेको छ भने महिलाको तुलनामा पुरुषमा यो समस्या बढि हुन्छ ।
गर्मी बढ्दै जाँदा मृगौला खराब हुने जोखिम उत्ति नै बढ्छ । ५ देखि ७ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा मृगौलाको पत्थरीको जोखिम ३० प्रतिशत सम्मले बढ्ने विज्ञहरु बताउँछन् ।
पत्थरी मूत्रीनलीको जुनसुकै भागमा हुने भएपनि मृगौला तथा युरेटरमा अत्यधिक हुने गरेको छ । वास्तवमा पत्थरी भनेको पिसाबमा घुलेका विभिन्न रासायनिक पदार्थहरु थिगि्रएर ठोस क्रिस्टलको रुपमा जम्मा हुनु हो । खासगरी यो क्याल्सियम तथा युरिक एसिडका कारण हुन्छ । ९० देखि ९५ प्रतिशत पत्थरी क्याल्सियम अक्जालेट तत्वबाट बनेको हुन्छ ।
मृगौलामा पत्थरी जमेका थाहा पाउन सुरुवातमा कठीन हुन्छ । मुत्रनलीमा पत्थरीले रोकावट उत्पन्न गर्न थालेपछि मात्र पीडा महसुस हुन गई पत्थरी परेको थाहा पाउन सकिन्छ ।
लक्षण
पिसाबमा रगत देखिनु
पटक पटक पिसाब लाग्नु
पिसाब बढि गन्हाउनु
जिउ काँप्नु, बढि थकान महसुस हुनु
वाकवाकी लाग्नु आदि ।
कसरी बँच्ने ?
गर्मीमा सरीरमा हुने पानीको कमी पूर्ति गर्नका लागि भरपूर मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी नपिएर पटक पटक थोरै थोरै पिउने गर्नुपर्छ । हरेक एक घण्टामा एक गिलास पानी पिउनु उपयुक्त हुन्छ । पानीको साथै पर्याप्त अन्य तरल पदार्थ पिउनुपर्छ । प्रोटिन, सोडियम तथा फस्फोरसयुक्त पदार्थको बढि सेवन गर्नुहुँदैन ।
यी चिजबाट सतर्क रहनुहोस्
डाक्टरहरुका अनुसार केही औषधीहरुको सेवनले मृगौलाको पत्थरीलाई झनै बढाउँछन् । ब्रुफिन अर्थात् आइबूप्रोफेन, मोटरिन तथा अलिएव जस्ता औषधिहरुको सेवन सकेसम्म गर्नुहुँदैन । जाँड रक्सीको सेवन गर्नुहुँदैन । रक्सी युरिक एसिड तथा अक्जालेटको मुख्य श्रोत हो ।
उपचार
मृगौलाको पत्थरीको उपचार त्यसको आकार, पत्थरी रहेको स्थान, प्रकृति तथा अवस्थामा निर्भर गर्छ । यसको उपचार पारम्परिक विधि र सर्जरीको माध्यमबाट गरिन्छ । सानो आकारको पत्थरीको साइज १.५ सेमी भन्दा कम हुन्छ । जसलाई लिथोटि्रप्टर प्रविधिको माध्यमबाट शरीरको बाहिरबाट झट्का दिएर तोडेर निकाल्ने गरिन्छ । यसलाई एक्स्ट्रकोेरपोरेअल शक वेभ लिथोटि्रप्सी भनिन्छ । यो तरिकाबाट नष्ट गरिएका पत्थरीका टुक्राहरु केही दिनसम्म पिसाबमार्फत बाहिर निस्कन्छन् । तर १.५ सेमी भन्दा ठूलो आकारका पत्थरीका टुक्राको लागि भने पर्कयुटेनियस नेफ्रोलिथोट्रमी विधिको प्रयोग गरिन्छ । यो एक प्रकारको प्वाल पारेर गरिने सर्जरी हो । जसमा सरीरमा प्वाल पारेर मृगौलामा रहेको पत्थरीलाई बाहिर निकालिन्छ । यो विधि मृगौलाको पत्थरीको उपचारका लागि अन्तिम तरिका पनि हो ।

बलात्कृत बालिकाले जन्माएको शिशुको मृत्यु

१६ जेठ, मोरङ । बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी एघार वर्षीया बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ । झापा खुदनाबारी-१ सिस्नेकी एघार वर्षीया बालिकाले बुधबार कोसी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो ।

विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी २०० ग्राम मात्र थियो । समय नपुगी जन्म भएकाले र भेन्टिलेटरमा राखेर उपचार गर्न सम्भव नभएकाले सङ्क्रमण भई शिशुको मृत्यु भएको कोसी अञ्चल अस्पताल प्रसूति विभागका चिकित्सकहरुले जानकारी दिएका छन् ।

शिशुलाई जन्मदिने एघार वषर्ीया बालिका भने बुधबार नै अस्पतालबाट घर फर्केकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी विराटनगरस्थित एबिसी नेपाल नामक महिला अधिकारवादी गैरसकारी संस्थाको सरक्षणमा छिन् । बालिकालाई बलात्कार गर्ने नातामा आफ्नै भिनाजु पर्ने सोही ठाउँका सुरेन्द्र विश्वकर्मा भने अझै फरार छन । रासस

Wednesday 29 May 2013

बालिकाका भुत्ला देखेर डाक्टरको मन पलाएपछि…

टाउकोमा मात्र होइन, अनुहार तथा सरीरका अन्य भागमा पनि अनियन्त्रित रुपमा रौँ पलाएर हैरानी व्यहोरीरहेकी एक ४ वषिर्या बालिकाको उद्धार हुने भएको छ । चीनको हुनान प्रान्तकी जिंग जिंग नामकी ती बालिकाको एक प्लास्टिक सर्जनले निशुल्क उपचार गरिदिने भएका हुन् ।
विशिष्ठ खालको आनुवंशिक रोगका कारण जिउभरी कपाल जस्तै रौँ पलाएपछि जिंग जिंग निकै कुरुप बन्नुका साथै उनको परिवार पनि दुखी बनेको थियो । उनको अनुहार लगभग पूरै रौँ ले ढाकिसकेको छ । अब छिटै ती बालिकाको उपचार सुरु हुने र दुइ वर्षसम्ममा उपचार सकिएर ती बालिकाले नयाँ जिवन पाउने बताइएको छ । बधाई छ नयाँ जिवन पाउन लागेकी ती बालिकालाई अनि साधुवाद ती दयालु प्लास्टिक सर्जनलाई ।

Sunday 26 May 2013

स्तन क्यान्सर जोखिममा शहरिया महिला बढी

परिवर्तित जीवनशैली, बदलिँदो खानपान, शारीरिक गतिविधिमा कमी आदिले गर्दा सहरमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या गाउँमा बस्नेहरूको दाँजोमा बढी पाइने गरेको छ । सहरिया महिलाहरूलाई स्तन क्यान्सरबारे थप चनाखो हुन ढिलो भइसकेको विशेषज्ञहरूले औंल्याएका छन् ।
‘भारतका मुम्बई, दिल्ली, बेङलुरुजस्ता मेट्रो सहरमा स्तन क्यान्सरको मामिलामा सन् १९८२ देखि २००५ का बीच दोब्बर बढोत्तरी भएको छ,’ मुम्बईस्थित लीलावती अस्पतालका कन्सल्टेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकर भन्छन्, ‘नेपालको सहरी क्षेत्रमा पनि यस्तै अवस्था रहेको सजिलै अनुमान गर्न सकिन्छ किनभने भारत र नेपालका सहरी महिलाको जीवनशैली खासै फरक छैन ।’ आधुनिक जीवनशैली यसको प्रमुख कारण रहेको उनी बताउँछन् ।

‘हो, नेपालको सहरी क्षेत्रमा समेत स्तन क्यान्सर बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, स्तन शल्यचिकित्सक प्रकाश सायमी भन्छन्, ‘यसको सम्बन्ध दिनचर्या र खानपानसँग छ ।’

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी मेडिकल रेकर्डर ज्योति झाका अनुसार, उक्त अस्पताल पुग्ने सबै क्यान्सर रोगीमध्ये आठ प्रतिशत स्तन क्यान्सरका हुने गरेका छन् । स्तन क्यान्सर महिलालाई दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । ६१ प्रतिशत स्तन क्यान्सरका रोगी ३५ देखि ५५ वर्ष उमेर समूहका हुने गरेका छन् ।
जीवनशैलीसँग जोडिएको स्तन क्यान्सर नेपालका महिलामा विदेशको दाँजोमा दस वर्ष कम उमेरमै पाउने गरिएको डा. सायमी बताउँछन् । स्तन क्यान्सर सम्बन्धी नौ सय केसको अध्ययन गरेका उनका अनुसार, यो समस्या देखिने औसत उमेर ४८ वर्ष हो । तर ३० वर्षका २२ प्रतिशत नेपाली युवतीमा पनि स्तन क्यान्सर पाइएको तथ्यांक छ ।
डा. पेंढारकरका अनुसार, सहरका ढिलो बिहे हुन्छ र सहरिया महिलाले ढिलै गर्भधारण पनि गर्छन् । गर्भावस्थाको पूरा प्रक्रियामा थुप्रै हार्मोन उत्सर्जित हुन्छ । यस्तो हार्मोन स्तन क्यान्सरलाई रोक्न सहयोगी मानिन्छ । त्यसैले त्यसको लाभ ढिलो बिहे गर्नेहरूले त्यति लिन पाउँदैनन् । ‘सहरी महिलामा व्यायाम कम छ, बच्चाको संख्या कम छ, बच्चा ढिलो जन्माइन्छ, स्तनपान कम गराइन्छ, गर्भधारण रोक्न हार्मोन -पिल्स) को प्रयोग गरिन्छ,’ सहरिया महिलामा स्तन क्यान्सर बढी देखिने कारण औंल्याउँदै उनी भन्छन्, ‘पहिले रजस्वला चौध-पन्ध्र वर्षमा हुने गरे पनि हाल त्यो उमेर नौ/दसमा झरेको छ ।’

केही वर्षयता सहरी क्षेत्रको खानपानमा व्यापक परिवर्तन भएको छ । सेकुवा, पिज्जा जस्ता फास्टफुड, पिरिजे जमा राखिएका खाद्य पदार्थको व्यापक उपयोगले ल्याएको जीवनशैलीमा परिवर्तनसँगै मोटोपना क्यान्सरको ठूलो कारण हो । ‘सहरिया महिलामा शारीरिक गतिविधि ग्रामीण महिलाको दाँजोमा धेरै कम छ,’ डा. पेंढारकर भन्छन्, ‘शारीरिक गतिविधि बढाए क्यान्सरको जोखिम कम गर्न सकिन्छ । यस्तै, सहरिया महिलाहरूले भोजनमा चिल्लो पदार्थको मात्रा कम गर्नुका साथै शरीरको तौल घटाउनुपर्छ । नियमित स्तन परीक्षण आफैंले गर्ने गर्नुपर्छ । परिवारमा कसैलाई यस्तो रोग भएको छ भने अरूले पनि निकै सचेत हुनुपर्छ, किनभने त्यसले जोखिम बढाउँछ ।’

स्तन क्यान्सरको सुरुआती लक्षण स्तनमा हुने गाँठो हो । तर विडम्बना के छ भने, गाउँघर मात्र नभई सहरमा समेत स्तनमा गाँठोबारे चर्चा गर्न लाज मान्ने प्रचलन छ । यद्यपि स्तनमा पाइने सबै गाँठाहरू क्यान्सरै हुन् भन्ने हुँदैन । यसैले त्यस्तो गाँठोबाट डराउनुपर्दैन । डा. पंेढारकर भन्छन्, ‘सयमध्ये ९९ गाँठो क्यान्सर हुँदैन । औसत महिलामा स्तनमा गाँठो सामान्यसमेत मानिन्छ । यो महिनावारीसँगै आउँछ र जान्छ ।’

Saturday 25 May 2013

आमाले थाहा नपाई बसबाट खस्यो ७ महिने बच्चा !

८ जेठ, काठमाडौं । गुडिरहेको बसभित्र निदाएर बिउँझिंदा काखमा रहेको बच्चा भेटिएन भने बाबुआमालाई कस्तो होला ? अझ खेल्दाखेल्दै बसको झ्यालबाट बच्चा राजमार्गको सडक किनारमा खस्यो भने………..। चिन्ता नगर्नुस्, यस्तै घटना व्यहोरेका एक दम्पत्तीले आफ्नो ७ महिने बालकलाई सकुशल भेट्टाएका छन् ।

घटना हो, मंगलबार रातिको । रुपन्देहीको बुटवल नगरपालिका ११ मिलनटोलका विकास मित्तल र ममता मित्तल आफन्तको बिहेभोज मानेर काठमाडौंबाट घर फर्कँदै थिए । रिजर्ब गरिएको लु १ ख ६९४७ नम्बरको बसमा सबै मित्तलकै आफन्त थिए । रातिको समयमा बस आफ्नै सुरमा गुड्दै थियो ।

अक्षर सुधार्न थाले डाक्टरले


१२ जेठ, काठमाण्डौं । सबैले बुझ्ने गरी अंग्रेजी ठूला अक्षरमा औषधिको नाम लेख्न अस्पताल प्रशासनले डाक्टरलाई निर्देशन दिएको छ । डाक्टरी अक्षर भन्नासाथ सामान्य व्यक्तिले बुझ्न सक्दैनन् भन्ने गरिन्छ । तेही भएर वीर अस्पतालका डाक्टरहरुले भने अक्षर सुधार्दै छन् ।

अस्पताल प्रशासनले बिरामीलाई दिने औषधिका नाम लेख्दा बुझिने गरी लेख्न डाक्टरहरुलाई निर्देशन दिएको हो । बिरामीको रिपोर्टकार्डमा औषधि खाने मात्रा र समय पनि नेपाली अक्षरमा स्पष्ट बुझिने गरी लेख्न डाक्टरलाई निर्देशन दिइएको नयाँ पत्रिकामा खबर छ ।

बिरामी र उनीहरुका आफन्तले औषधिको नाम र औषधि कम्पनी स्पष्टसँग बुझ्न सकून भनेर डाक्टरका अक्षरमा सुधार ल्याउन लागिएको अस्पतालले जनाएको छ । तीन महिनादेखि डाक्टरका अक्षर सुधार ल्याउन प्रयसा थालिएको वीर अस्पतलाका निर्देशक डा. बुलन्द थापाले जानकारी दिए । निर्देशनपछि सुधार हुँदै गएको उनले दाबी गरेका छन् ।

Thursday 18 April 2013

स्तन ठूला भए कैलेकाही ज्यान पनि जोगीदो रैछ ...(video)

 एस्तो मानिन्छ कसिला वक्षस्थल महिलाको सुन्दरताको प्रतिक हो । वक्षस्थललाई सेक्सी वा सुन्दर बनाउनका लागि तथा स्तनको आकार बढाउनका लागि विभिन्न खाले सर्जरी गराउने चलन पनि कहीँकतै छ । जे होस् यसरी वक्षस्थललाई ठूला वा सुन्दर बनाउनुको एकमात्र उद्धेश्य आफुलाई राम्रो देखाउनु नै हुन्छ । तर पछिल्लो घटनाले वक्षस्थल केवल सुन्दरताका प्रतिक मात्र नभएर महिलाको लागि रक्षाकबच पनि हुँदा रहेछन् र कतिपय अवस्थामा ठूला स्तन हुनुको फाइदाले आफ्नै ज्यानै जोगिँदो रहेछ भन्ने देखाएको छ ।
शेयला नामकी ब्राजिलकी एक महिलाको हकमा यस्तै भएको छ । अमेरिकाको टेक्सासमा उनले चलाइरहेको कार दुर्घटना हुँदा पनि आफ्ना ठूला वक्षस्थलकै कारण उनको ज्यान बचेको छ । वास्तवमा प्रत्यारोपण गराएका बढाएका उनका वक्षस्थलले त्यो बेला हावाको थैलीको जस्तै भूमिका खेलेछन् र गाडी दुर्घटना हुँदा उनी तिनै स्तनको मद्धतले बढि ठोक्किनबाट जोगिइछिन् ।
शेयलाका स्तन पहिले निकै साना थिए । स्तनमा खतरनाक संक्रमण भएपछि उनले प्राकृतिक स्तन निकालेर कृत्रिम स्तन प्रत्यारोपण गराएकी थिइन् । ब्राजिली यी युवती संसारमा सबैभन्दा ठूला नक्कली स्तन भएकी महिला पनि हुन् । उनी हाल अमेरिकाको टेक्सासमा बस्दै आएकी छिन् । एक रात पार्टीबाट र्फकँदै गर्दा उनी यस्तो दुर्घटनामा परेकी रहेछिन् ।

Tuesday 16 April 2013

बलात्कार रोक्ने ब्रा भारतमा बन्यो


पछिल्ला दिनमा बलात्कारका घटना बढ्दो छ । नेपाल मात्र हैन, भारतदेखि ब्राजिलसम्म पनि यस्ता घटना भएको समाचार सर्बजनिक हुँदै आएको छ ।

यसका साथै त्यसमा जीपीएस सिस्टम छ, जसले यौन उत्पीडनको शिकार हुने महिलाको परिवार र प्रहरीलाई स्वतः फोन जान्छ । यो बस्त्रको पहिलो नमुना तयार भइसकेको छ ।
यसलाई ध्यानमा राख्दै भारतको चेन्नईका तीन इन्जिनियर छात्राले महिलालाई यौन उत्पीडनबाट बचाउने भित्री बस्त्र बनाएका छन् । यो लागाउने महिलाको अंगलाई छुँदा ३८०० किलोवाटको करेन्ट लाग्नेछ, तर, यसले ज्यान भने लिँदैन ।

चेन्नईको एसआरएम यूनिभर्सिटीका मनीषा मोहन, रिम्प त्रिपाठी र निलाद्री बसुले यसलाई बनाएका हुन् । उसका लागि उनीहरु गान्धियन योङ अवार्डका लागि समेत छानिएका छन् ।

मनीषाका अनुसार यस एन्टी रेप अण्डर गान्र्मेन्टमा एक प्रेशर सेन्सरलाई इलेक्टि्रक सर्किटलाई मिलाएर प्रयोग गरिएको छ, जसले करेन्ट निकाल्नेछ । अधिकांश बलात्कारका घटनामा महिलामाथि यौन उत्पीडनको सुरुवात उनीहरुको यौनअंग दबाएर हुने गरेको पाइन्छ । यो भित्री बस्त्रमा रहेको प्रेसर सीटमा सीमाभन्दा बढी प्रेशर भएपछि करेन्ट पैदा हुनेछ भने परिवारका सदस्य र पुलिसलाई फोन जान्छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID