Tuesday 2 July 2013

आँखाबाट रगतको आँशु बगाउने युवती ल हेर्नुस


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

मन हल्का पार्नको लागि मज्जाले रोएर प्रसस्तै आँशु झार्नुपर्छ भन्ने मान्यता छ । तर २० वर्षकी यी युवती भने धक फुकाएर रुन पनि सक्दिनन् । उनी जब रुन्छिन् उनको आँखाबाट आँशुको साटो रगतका धारा बग्न थाल्छन् । उनी जति रुन्छिन् उत्ति नै उनको आँखाबाट रगत चुहिन्छ ।
आँखाबाट रगतको आँशु झर्ने पीडा चिलीकी एक २० वर्षे युवतीले एक महिनादेखि झेलिरहेकी छिन् । चिलीको पुरानक क्षेत्रकी बासिन्दा यारित्जा ओलिभाको आँखाबाट आँशुको साटो रगत किन बग्यो ? भन्ने कुराको भेउ पाउन डाक्टरहरुले पनि सकेका छैनन् । उनी रुँदाखेरी आँखामा निकै पीडा हुन्छ र रगत बग्छ । यति पीडा हुन्छ की उनलाई सहनै गाह्रो हुन्छ र थप रुनुपर्छ । डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेपछि सामान्य थोपा औषधि दिएका छन् ।

आँखाबाट आँशुको रुपमा रगत बग्ने यस्तो समस्यालाई हेमोलार्किया भनिन्छ । इन्फेक्सन, टाउकाको चोट तथा ट्युमर लगायतका कारणबाट यस्तो समस्या पैदा हुने बताइन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID