Thursday 11 July 2013

पत्तीले काटेर यसरि पनि गरिन्छ उपचार..(फोटो फिचर सहित)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

  विश्वमा स्वास्थ्यको उपचार गर्ने पद्धतीहरू धेरै थरी छन् । हामी प्राय उपचारका लागि एलोप्याथीको सहारा लिने गर्छौ । त्यस्तै, आयुर्वेद, होमियोप्याथी, तथा अन्य पद्धतीको पनि हामीमध्ये धेरैले उपचारका लागि सहारा लिने पद्धति हुन् ।

विश्वमा स्वास्थ्य उपचार गर्ने पद्धतीमा एक फरक खालको पद्धति पनि भेटिएको छ भारतमा । उक्त पद्धती अनुसार उपचारका लागि मानिसको शरिरमा पत्तीले काटेर रगत बगाई उपचार गरिन्छ । सुन्दा पनि आङ सिरिङ्ग हुने यस्तो उपचार भारतको राजधानी नयाँ दिल्लीमा गरिने गर्छ ।

७९ वर्षीय हाकिम घ्यास नामका व्यक्तिले खुला आकाशमुनी यस्तो उपचार पद्धती सुरू गरेका हुन् । उनका अनुसार यो उपचार पद्धति हजारौ वर्ष पुरानो भएको र ग्रिक र संस्कृतमा समेत यस्को चर्चा गरिएको छ ।

यो उपचार पद्धतीमा पहिले मानिसलाई डोरीले शरिरको विभिन्न भागमा बाधिन्छ । र उनीहरूलाई तातोमा बस्न लगाइन्छ । उनीहरुको शरिरको उपचार गर्ने भागमा पत्तीले घाऊ बनाइन्छ जहाँबाट उनीहरूको रगत बगोस्, त्यसपछी काटिएको ठाऊँमा बगिरहेको रगत रोक्नका लागि व्यायाम गर्न लगाइन्छ । जबसम्म रगत थामिदैन उनीहरूको शरिरमा बाँधिएको डोरी फुकाइदैन ।

यसरी रगत बगाउँदा शरिरको खराब रगत बाहिर निस्किने र स्वास्थ्यमा आएका समस्याहरू समाधान हुने हाकिम बताउँछन् । उनका अनुसार यसरी काटेर रगत फ्याँक्दा शरिरको उच्च रक्तचाप नियन्त्रण हुने, कोलेस्टेरोलको मात्रालाई समेत सही ठाऊँमा ल्याउन मद्धत गर्छ ।

पछील्लो समयमा यस उपचारका लागि आउनेहरूको संख्या बढ्दै गएको र उपचारका लागि आफूहरूले कुनै पैसा नलिएको हाकिमले बताएका छन् । उनले आफूहरूसँग उपचारका लागि आउने सबै गरिब र बृद्धहरू हुने भएकाले आफूहरूले बिना शुल्क नै उपचार गर्ने गरेको बताए । उनका अनुसार उनलाई यो कार्यमा उनका एक छोराले पनि सघाइरहेका छन् ।

हेरौ उक्त पद्धतीको उपचारका केही दृश्यहरू…






No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID