Saturday 20 December 2014

‘काठमाडौं उपत्यकाभित्र किशोरीकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध,सम्पर्क नम्बर सहित

पुस ५, काठमाडौं  – ‘काठमाडौं उपत्यकाभित्र किशोरीकिशोरी व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९६९९९२१,९८०८९७०१११ मा फोन गर्नुहोला ।’ यो सन्देश शुक्रबार उपत्यकाभर भाइरल भयो । स्विस अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘टेरी डेस होम्मेस’ ले ४४७४००३४३६५५ नम्बरबाट पठाएको यो सन्देश सामान्य नागरिक मात्रै नभएर मुलुकका प्रहरी, न्यायाधीश, सञ्चारकर्मीलगायत उच्चपदस्थको मोवाइलमा पुगेको थियो । होम्मेसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा बालबालिकाको व्यावसायिक यौनशेषण (सीएसईसी) को अवस्थाबारे जानकारी गर्न अभियानका रुपमा पहिलो चरणमा बिहीबार एनसेल र नेपाल टेलिकमका तीन लाख सेवाग्राहीलाई यस्तो सन्देश पठाएको उल्लेख छ । सन्देश भने शुक्रबार मात्रै भाइरल भएको थियो । कार्यक्रमको जानकारी र सन्देस पठाउने सम्बन्धमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीलाई समेत भेट्न पुगेका संस्थाका कर्मचारीलाई कार्कीले यस्तो सन्देश पठाउन नहुने जवाफ दिए पनि होम्मेसले जवरजस्ती पठाएको थियो । सन्देश प्रहरीकै उच्च अधिकृतलाई पुगेपछि सोधिखोजी सुरु भएको थियो,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID