Saturday 20 December 2014

पुरुषहरु पनि ‘महिनाबारी’ हुने भए के हुन्थ्यो ? के उत्तर दिन्छन् किशोरकिशोरीहरू (भिडियो सहित)

पुरुषहरु पनि ‘महिनाबारी’ हुने भए के हुन्थ्यो ?के उत्तर दिन्छन् किशोरकिशोरीहरू । पूर्वीय समाजका महिलाहरु महिनाबारीबारे खुलेर कुरा गर्न सक्दैनन् । परम्परागत समाजले यस्तो विषयमा कुरा गरेको निको पनि मान्दैन । सामाजिक कारणले नै महिला स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण मुद्दाले अनेकौं भ्रमको सिर्जना गर्छ । तर, पछिल्लो समयमा केही युवाहरु डक्यूमेन्ट्री र फिल्मका माध्यमबाट मानिसहरुबीच यससम्बन्धमा जागरुकता बढाउने काम गरिरहेका छन् ।
भारतको दिल्लीका अनिश बांगिया र श्रेय छाबडाले यस विषयमा बनाएको भिडियो अहिले यूट्यूबमा भाइरल भइरहेको छ । यो भिडियोको विषय हो, ‘ह्वाट इफ बोइज ह्याड पिरियड्स’ केटाहरुलाई पनि महिनाबारी हुने भए के हुन्थ्यो ? भिडियोमा केही युवाहरुसँग यही प्रश्न सोधिएको छ । केही उत्तर हास्यास्पद छन् भने केही निकै गम्भिर । डक्युमेन्ट्री निर्माता भन्छन्, “यस्तो विषयमा मानिसमा जागरुकता ल्याउन ह्युमरस डक्यूमेन्ट्री वनाईएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID