Thursday 25 December 2014

श्रीमतीले धोका दिइरहेको थाहा पाउने तरिका

– आफ्नी श्रीमतीले धोका दिइरहेको कुरा थाहा पाउनका लागि विशेषज्ञहरु केहि तरिकाहरु दिएका छन्। पहिलो, फोन कल– फोन कलमा आइरहेको परिवर्तन जस्तै बारम्बर आइरहने फोन, स्वरको परिवर्तन, मेसेजगर्ने प्रवृत्तिहरुले तपाईंकी श्रीमतीले धोका दिइरहेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । जब उनले फोन उठाउँदा के फोनको आवाज कम गर्छिन् अथवा अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन् ? दोस्रो, उनको केटी साथीहरुसँग घुलमिल– के उनी उनको केटी साथीहसँग पहिलाको भन्दा बढि समय बिताउँछिन् । केहि अघि कसैसँग समय बिताउनु नपर्ने श्रीमती एकाएक बेलुकाको धेरैजसो समय बाहिर नै बिताउने गर्दछिन् र जब तपाईंले कहाँ थियौ भन्ने प्रश्न गर्दा उनको उत्तर इमानदार नहुन सक्छ ।
यदि यस्तो अवस्था छ भने तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ । तेस्रो, नुहाउने र जीम– के उनी घर फर्कदा भर्खरै नुहाएर आएको जस्तो देखिन्छिन् जब कि उनी बिगतमा दिउँसो नुहाउने गर्दिनथिन् । के उनी पहिलाको भन्दा जीममा बढि धाउने गर्दछिन् ? चौथो, उनको बास्ना–के उनी पहिले यस्तो बास्नादार हुने गर्दथिन् । के उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढि आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।
पाँचौ, आँखा जुधाई – के उनले कहाँ गएकी थियौ र के गरिरहेकी थियौ भन्ने प्रश्नको उत्तर दिँदा आँखा जुधाएर उत्तर दिन बन्द गरेकी छिन् । पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमतीले एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् । अन्तिममा यौन विचलन– के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनी तपाईंसँगको सेक्समा साथ मात्र दिइरहेकी छिन् ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ?

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID