Thursday 25 December 2014

येस्तो देश जहाँ नोट जलाएर बिजुली उत्पादन गरिन्छ

 अहिलेसम्म तपाईंले बिजुली उत्पादन गर्नका लागि कुनै पनि देशमा पानी, कोइला, अथवा भू–तापलाई उपयोग गरेर बनाइने गरेको सुन्नुभएको होला तर यो संसारमा यस्तो अचम्मको देश पनि छ जसले आफ्नो देशको मुद्रालाई जलाएर बिजुली उत्पादन गर्ने गर्दछ ।

नोट बालेर बिजुली उत्पादन गर्ने देश अरु कोही नभएर हाम्रो मित्र राष्ट्र चीन हो । चीनको सेन्ट्रल बैंकले प्रदुषण माथि रोक लगाउन र बिजुली उत्पादन गर्नका लागि प्रयोग भइरहेको कोइलाको उपयोगितालाई कम गर्नका लागि बैंकमा रहेको पुराना र फोहोर नोटलाई जलाउने निर्देशन पावर कम्पनीलाई दिएको छ ।
मध्य चीनको हेनान प्रान्तमा अवस्थित लुयांग शहरको एक कम्पनीले बिजुली उत्पादन गर्नका लागि नोटको प्रयोग गर्न थालिसकेको छ । कम्पनीको यो कदमले चीनमा एक प्रकारको हलचल मच्चाएको छ । १ टनभन्दा बढि काम नलाग्ने नोट जलाएर ६६० किलोवाट बिजुली उत्पादन गर्न सकिने बताइएको छ । वातावरणलाई पनि प्रदुषणरहित बनाउनका लागि यो कदम सहि रहने बताइएको छ । (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID