Thursday 11 December 2014

श्रीमती पोइल गएको भन्दै ससुराको हत्या गर्ने पक्राउ

रुपन्देही : श्रीमती पोइल गएको आवेगमा पुर्व ससुरा श्यामसुन्दर थारुको हत्या गरी फरार भएका रामप्रसाद थारुलाई ज्वाला(तालिमप्राप्त कुकुर)ले पक्रन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार राति घरमा कोही नभएको समयमा रामप्रसादले श्यामसुन्दर माथि पिर्का प्रहार गरी वेहोस बनाएपछि काठ चिर्ने हाते आरीले घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ ।

घटनापछि रामप्रसाद भारततर्फ भाग्ने क्रममा भैरहवाको वर्मेलीटोलमा गाडी कुरिरहेको अवस्थामा बुधवार ज्वालाले पक्राउ गरेको हो ।

एकहप्ता अघिदेखि छोरी र ज्वाँइविच सम्वन्ध विच्छेद भएपछि ज्वाइँ रामप्रसाद आक्रोसित भएकाले उसैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले रामप्रसादको खोजी गरेको थियो ।

प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबिको सहयोग लिनुको साथै पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराबाट ज्वालालाई झिकाएर हत्यारा पक्रन सफल भएको बताइएको छ ।

पक्राउपछि जिप्रकामा प्रहरी उपरिक्षक राजेन्द्र ढकालले रामप्रसादले लगाएको लुगामा रगतका टाटा भेटिएको बताए । साथै उनले हत्या गरेको स्विकारी सकेको पनि उपरिक्षक ढकालले बताए ।

अन्दाजी ३५ वर्षिय रामप्रसाद र १९ वर्षीय गंगामाया थारुवीच मजदुरी गर्ने क्रममा २ वर्ष अघि प्रेम विवाह भएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID