Wednesday 31 December 2014

दुई वर्षे बालकले गरे आमाको हत्या

http://my-esansar.blogspot.com/
एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ ।   तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै पनि कहाँ थाहा छ र ?

बन्दुक बोकेकी आमाको झोलाबाट ती बालकले त्यो बन्दुक झिके र अन्जानमै पकड्काउन पुगे । आमाले सो बन्दुक पड्काउनलाई ठिक्क पारेर झोलामा राखकाले यो दुर्घटना हुन पुगेको हो । 

लस एन्जेल्सको हाइडेनमा रहेको इदाओ डिपार्टमेन्टल स्टारेमा २९ वर्षीया आमा बेरोनिका रुट्लेज आफ्नो परिवारसँग किनमेल गरिरहेकी थिइन् । सोही क्रममा ती महिलाको दुई वर्षीय छोराले झोलाबाट बन्दुक झिकेको पत्तै भएन । बन्दुक झिकेपछि ती बालकले आमालाई ताकेर हानेको बताइएको छ ।

यो निकै नै दुःखद घटना भएको छ– त्यहाँका एकजना स्थानीय अधिकारीले बताएका छन् । यो दुर्भाग्यवस हुन पगेको घटना हो उनको भनाई छ । ती आमाले छोरालाई उक्त स्टोरको ह्वील चियरमा राखेर आफूले सामान छान्दै गरेकी थिइन् र सोही समयमा उनले आमाको झोलाबाट त्यो बन्दुक झिकेका थिए ।

उनी बिदा मनाउने क्रममा किनमेलका लागि त्यहाँ गएकी थिइन् । उनले सो समयमा कुनबेला आफ्नो छोराले बन्दुक झिक्यो भन्ने नै थाहा नपाएको हुनसक्ने अनुमान गरिएको छ ।

ती महिलाले लाइसेन्स लिएर नै बन्दुक राखेको खुलेको छ । अमेरिकामा व्यक्तिले लाइसेन्स लिएर बन्दुक राख्न पाउने वा नपाउने भन्ने बारेमा बहस जारी रहेका बेला मङ्गलबार यो घटना भएको छ ।

स्थानीय सो डिपार्टमेन्टल स्टोरले पनि विज्ञप्ति प्रकाशन गरी निकै नै दुःखद घटना आफ्नो पसलमा भएको र पसलमा किनमेलाका लागि आएकी एक ग्राहकको अन्जानमा ज्यान गएको बताएको छ ।

उनी अरु तीनजना बालबालिकासँगै किनमेलका लागि त्यहाँ गएकी थिइन् । झोलाबाट त्यो बन्दुक झिक्ने काममा सघाएका थिए वा थिएनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID