Monday 1 December 2014

कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै युवकले हाले मुद्दा

MESOTHELIOMA LAW FIRM,DONATE CAR TO CHARITY CALIFORNIA,DONATE CAR FOR TAX CREDIT
कन्या क्याम्पसमा पुरुषलाई भर्ना लिइँदैन, किनकी त्यो महिलाले मात्र पढ्ने क्याम्पस हो । के शिक्षा प्रदान गर्ने कुनै स्कुल क्याम्पसले महिला मात्रलाई भर्ना लिने र पुरुषलाई नलिने भन्न पाइन्छ ? सार्वजनिक क्याम्पसले महिलालाई मात्र भर्ना लिनु र पुरुषलाई भर्ना नै नलिनु के विभेद होइन ? यसका आफ्नै तर्क हुन सक्लान् । तर जापानका एक युवा भने यहीँ विषयलाई लिएर अदालतको ढोका ढक्ढकाएका छन् ।
आफुलाई पुरुष भनेर भर्ना लिन अस्विकार गरेको भन्दै ती युवकले फुकुओका महिला विश्वविद्यालय विरुद्ध मुद्धा हालेका हुन् ।
पोषण विज्ञानमा स्नातक तहमा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षामा उनलाई सहभागी हुनबाट रोकिएपछि उनले अदालतको ढोका ढक्ढकाए ।
विश्वविद्यालयको यस्तो कार्य सार्वजनिक संस्थामा हुने लैंगिक विभेद भएको भन्दै उनले यस्तो काम जापानको संविधानको विरुद्धमा रहेको र संविधानको धारा १४ को उल्लंघन गरिएको उनको दाबी छ । संविधानको धारा १४ मा ‘कानूनका अगाडि समानता’को व्यवस्था छ ।
उनले अदालतमा दायर गरेको निवेदनमा आफ्नो बसोबास रहेको स्थान नजिकै पोषण शिक्षा पढाइ हुने सार्वजनिक संस्था फुकुओका विश्वविद्यालय मात्रै रहेको र आफुले निजि कलेजहरुमा गएर पढ्न नसक्ने व्यहोरा उल्लेख गरेका छन् ।
उनले महिला विश्वविद्यालयमा आफुलाई भर्ना लिनका लागि निर्देशनात्मक आदेशको माग गर्दै विश्वविद्यालयबाट थप ५ लाख जापानी येन बराबरको क्षतिपूर्ति समेत माग गरेका छन् ।
वादीका वकिलले विगतमा महिलाका लागि शैक्षिक अवसरको सिमितताका कारण महिला विश्वविद्यालय खोलिएको भन्दै अहिले महिलाका लागि मात्रै विश्वविद्यालय हुनु नहुने र सबैलाई पढ्न दिइनुपर्ने जिकिर गरेका छन् । उनको नाम भने खुलाइएको छैन ।
कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै पुरुषले मुद्धा हालेको जापानमा यो पहिलो घटना भएको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID