Sunday 14 December 2014

युवतीसँग यसरी कुरा गर्नुहोस्, तुरुन्तै प्रभावित हुन्छन् | -


युवतीसँग यसरी कुरा गर्नुहोस्, तुरुन्तै प्रभावित हुन्छन् |

काठमाडौं । अक्सर युवाहरु अन्जानमा परेका हुन्छन् की युवतीसँग कसरी कुराकानी गर्ने ? उनीहरुले युवतीसँग कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने ठान्दछन् ।

केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो गरिरहेको पाइन्छ । युवतीलाई आफ्नो कुरामा प्रभावित पार्ने विषयमा चिन्तामा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन ।

युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् । उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् । मनोविज्ञहरु यस्ता समस्यालाई लिएर चिन्ता लिनुनपर्ने बताउँछन् । सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुपर्ने विज्ञहरुको भनाई छ ।

यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । युवतीहरु कम बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् । अत, सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने ? तर, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् ।

अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ ।

यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ । तर, यसमा के ध्यान दिनुपर्छ भने उनको यसमा कस्तो प्रतिक्रिया आउँछ । विना प्रतिक्रिया हामफाल्नुभयो भने ड्ब्नुको बिकल्प रहन्न, तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् । -एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID