Thursday 4 December 2014

कैदीले चार महिला प्रहरीलाई गर्भवती बनाएपछि….

जेलमा थुनिएका एक ग्याङस्टारले त्यहाँ ड्युटीमा खटिएका चार जना महिला प्रहरीलाई गर्भवती बनाएका छन् । यो घटना बाल्टिमोरको हो ।
टेवोटव्हाइट नामको ग्याङस्टारलाई जेलभित्र सबै प्रकारको अवैध गतिविधि संचालन गर्ने काममा चिन्ने गरिन्छ । बेलायतबाट प्रकाशित हुने एउटा पत्रिकाका अनुसार यस ग्याङ्ग लिडरले कथित रुपमा ती महिला सुरक्षाकर्मीलाई डाइमण्डको रिङ्ग र लग्जरी कार पनि उपहार दिएका छन् ।
टेवोन व्हाइट जेलभित्रसमेट स्मग्लिङको धन्धा चलाइरहेका थिए । त्यति मात्र होइन,यसमध्ये केही महिला पुलिसलाई आफ्नो शरीरमा उक्त ग्याङ्गस्टारसँग मिल्दोजुल्दो टैटु समेत देखाउँदै गरेको पाइएको थियो ।उनीहरु कुटपिट र प्रतिबन्धित सामान स्मग्लिङमा संलग्न थिए ।करिब एक साताअघि टेवोन व्हाइट उफए बुलडगले फेडरल कोर्टमा आफ्नो अपराध स्वीकार गरेका थिए ।
रिपोर्टका अनुसार उ जेलमा बसेर पनि आफ्ना साथीहरुको सहयोगमा मोबाइल फोन र ड्रग्स स्मग्लिङ गरेर पैसा कमाइरहेको थियो । त्यति मात्र होइन, जेलभित्रै हरेक महिना १६,००० हजार डलर कमाइरहेको थियो। यसको रहस्य त्यतिबेला खुलासा भयो जतिबेला जेल अधिकारीहरुले जेल परिसरभित्र चलिरहेको स्मग्लिङ रैकेटको गतिविविध थाहा पाए ।
अधिकारीहरुका अनुसार १३ महिला पुलिस, सात जना कैदी र पाँच जना अन्य मतियारविरुद्ध अवैध गतिविधिमा संलग्न रहेको आरोपमा मुद्दा चलाएको छ । अदालतले व्हाइट र करिब दुई दर्जन अन्य विरुद्ध जेलभित्र स्मग्लिङ रैकेट संचालन गरेको आरोपमा मुद्दा चलाउन निर्देशन दिएकोछ। एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID