Friday 26 December 2014

ज्योतिषको भविष्यवाणिः जेठमा रक्तपात हुन्छ अनि राजतन्त्र फर्किन्छ -

आफूलाई मोर्डन ज्योतिष बताउने चितवनका युवा जादुगर-ज्योतिष एलेक्स सुबेदीले जेठदेखि असार महिना भित्र नेपालमा रक्तपात हुने बताएका छन् | साथै माघ ८ मा संविधान नबन्ने भविष्यवाणि गरेका सुबेदीले जेठ-असार महिनामा ठुलो रक्तपात हुने र त्यसपश्चात नेपालमा राजतन्त्र फर्किने भविष्यवाणि गरेका हुन् ।
Gyanendra-Shah
उनले संविधानमा विज्ञहरूको सहभागिता र सल्लाह नभएको हुँदा जारी हुने सम्भावना नभएको समेत दावी गरेका छन् | उनका अनुसार माघ ८ गते चन्द्रमा मकर राशिमा रहने हुँदा चन्द्रमा कमजोर रहने र चन्द्रमा कमजोर भएकाले संबिधान बन्ने योग खराब रहेको छ । त्यसैगरी उनी माघ ८ मा ‘मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको र सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्ने वा संविधान बने पनि लागू नहुने बताउछन |
modern_jyotis_alex_subidi
उनि भन्छन -”जबरजस्ती लागू गरिहालेमा संविधान लेखिरहेका र नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ | नत्र भने छिमेकी देशले दबाब दिएमात्र संविधान जारी हुने सम्भव देखिएको छ ।”

उनका अनुसार देशमा संविधान जारी भए जेठ-असारमा रक्तपात हुने सम्भावना रहेको र सबै कुराहरुलाई मध्यनजर गर्दा नेपालमा राजतन्त्र जसरी पनि फर्किने देखिएको छ ।
- See more at: http://www.nepaljapan.com/2014/12/26/147313/#sthash.NiXx29cx.IlrKzbHA.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID