Friday 21 November 2014

ल्यापटप र कम्प्युटर चोरी गर्ने गिरोह पक्राउ

मंसिर ४ - झापा,  झापाको विर्तामोड र दमक   क्षेत्रमा चोरी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । गत कार्तिक २२ गते विर्तामोडको ट्रेड लिंक कम्प्युटर सप्लायर्सबाट २८ लाख रुपैयाँ मूल्य बराबरका ४२ ओटा ल्यापटप र कम्प्युटर, ८९ हजार रुपैयाँ  चोरेका उनीहरुलाई एकसाता अघि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि, आश्विन २९ गते सोही समूहले दमकको अनलाइन कम्प्युटरबाट २५ ओटा ल्यापटप चोरी गरेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रौटहट पोटीआई–६ का अशोक साह, भारत मोतिहारीका सुवोध पण्डित,  महोत्तरी गौरीवासका बुद्धिमान माझी, सिन्धुपाल्चोकको फुलपिङकोटका स्वराज मगर र लिसङ्खुका सोनम लामा छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID