Saturday 22 November 2014

प्रहरी फायरिङमा ‘मोस्ट वान्टेड’को मृत्यु, ३ जना पक्राउ (फोटोफिचर) -

अपडेटः रुपन्देही, मंसिर ६ । रुपन्देहीको विष्णुपुरा गाउँ विकास समितिमा प्रहरीको गोली लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ‘मोस्ट वान्टेड’ सूचीमा रहेका भारतीय नागरिक सर्फरोज खानलाई पक्राउ गर्नेक्रममा गोली चलाएपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ‘मोस्ट वान्टेड’ सूचीमा रहेका अन्य ३ जनालाई पनि हतियारसहित प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही धमौलीका अखलेस यादव, कपिलवस्तु नन्दनगरका अखील अहमद मुसलमान र सोही ठाउँका हफिजउल्लाह मुसलमान रहेका छन् ।

उनीहरुको साथबाट दुईओटा मोटरसाइकल, दुई थान पेस्तोल, एउटा बन्दुक  र १५ राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार भारतबाट नेपाल छिरेर लुटपाट, हत्यालगायतका घटनामा संलग्न रहेका कारण उनीहरुलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेर खोजी गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनकोक्रममा लुम्बिनीको पनि भ्रमण गर्ने भनी सुरक्षा व्यवस्था कडा तुल्याइएको बेला यो घटना भएको हो । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID