Tuesday 25 November 2014

सासू र बुहारी दुवैले एउटै व्यक्तिसँग सेक्स सम्बन्ध राखे पछी बुहारीले सासूको हत्या

परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ। जिल्लाको सेढवा २ की ४२ वर्षीया सासू आशादेवी (खनाल) पासवानको २० वर्षीया बुहारी रिन्कु देवी खनाल (पासवान) ले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानपछि जनाइएको छ। रिन्कुलाई प्रहरीले पक्राउ गरेको छ। उनका सहयोगी भने फरार छन्। भदौ १२ गते बिहान आशाको शव घरनजिक परसवा खोलाको काँसघारीमा धारिलो हतियारले घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो। घरबाट घिसार्दै शव लगिएकाले प्रहरीले रिन्कुमाथि प्रारम्भिक शंका व्यक्त गर्दै अनुसन्धान गरेको थियो। प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार मृतकसित स्थानीय एक व्यक्तिको सम्बन्ध रहेको थियो। आशापूर्वप्रहरी परिचर अर्जुन खनालकी पत्नी रहेको तर दुवै केही वर्षयता भिन्दै बस्दै आएका थिए। अर्जुन अहिले नवलपरासीमा बस्छन्। यस अवधिमा आशाले स्थानीय पासवान थरका १ पुरुषसँग विवाह गरेकी थिइन्। अर्जुन र आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिनाअघि कतार गएका थिए। त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ। उक्त जानकारी सासूले पाएपछि विवाद बढ्दै गएको थियो। ‘सासू र बुहारी दुवैले एउटै व्यक्तिसँग अवैध शारीरिक सम्बन्ध राख्ने गरेको रहस्य खुलेपछि वीभत्स घटना हुन पुग्यो,’ सिंहले भने, ‘फरारको तदारुकतासाथ खोजी गरिरहेका छौं।’ प्रहरीले रिन्कुलाई अदालतमा पेस गरी थप अनुसन्धानका लागि ७ दिनको म्याद लिएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID