Friday 7 November 2014

दिक्षान्त समारोहमै युवतीले स्तनपान गराएपछि हंगामा

विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी एक २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको खाँटी तस्वीर फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बन्यो । त्यो तस्वीर कोही पापाराजीले खिचेर पोष्ट गरेको होइन, विश्वविद्यालय आफैले आधिकारिक रुपमै फेसबुकमा पोष्ट गरेको हो । स्तनपान गराउने आमाले विश्वविद्यालयले आफ्नो पढाइमा गरेको सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् । घटना अस्ट्रेलियाको हो । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २४ वर्षीया ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकमा आफ्नो ६ हप्ताको छोरा एल्कलाई स्तनपान गराइन् र सोही पोजमा तस्वीर समेत खिचाइन् । उक्त तस्वीरलाई ज्याकीकै अनुरोधमा विश्वविद्यालयले फेसबुकमा पोष्ट गर्यो । सोमबार अपलोड भएको उक्त तस्वीरमा अहिलेसम्ममा २ लाख भन्दा बढि लाइक र हजारौँ शेयर भएका छन् । दुई छोराकी आमा शार्केको जेठो छोरा पनि उनले यहीँ विश्वविद्यालयमा पढाइ सुरु गरेपछि जन्मिएको थियो, जुन २० महिनाको भएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID