Wednesday 15 October 2014

९० प्रतिशत महिलाले खिच्दछन् आफ्नो निर्वस्त्र तस्वीर

विश्वका चर्चित सेलिब्रेटीहरुका नांगो सेल्फी तस्वीर ह्याक गरी सार्वजनिक गरिएकेा घटनाले अहिले विश्वभरि नै चर्चित छ । ओस्कार विजेता जेनिफर लरेन्स देखि लिएर केट अप्टन तथा सेलेना गोमेज जस्ता चर्चित महिलाहरु यसका सिकार भए । यसको प्रमुख दोषी ह्याकर त हुँदै हो तर सेलिब्रेटीहरुको समेत गम्भीर गल्ती रहेको र आफ्नो नांगो तस्वीर खिचाउने चर्चित महिलाहरुको शौख भयानक रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी अनलाइन कस्मोपोलिटन डट कमले गरेकेा एक सर्भेक्षण अनुसार सन् १९८२ देखि सन् २००० को सुरुसम्ममा जन्मिएका महिलामध्ये सयमा ९० जनाले आफ्नो नांगो तस्वीर खिचिसकेका छन् । भलै कतिले त्यो खिचेर डिलिट गरिसकेका होलान् वा कतिले त्यसलाई सुरक्षित राखेका वा सार्वजनिक समेत गरिसकेका छन् । ७५० जना आफ्ना पाठकमा गरेको अनलाइन सर्भेमा सहभागी गराइएका मध्ये ९९ प्रतिशत महिला थिए । उनीहरु मध्ये हरेक १० मा ९ जनाले आफुले जिउ नांगो बनाएर आफ्नो तस्वीर खिचिसकेको बताए । ती मध्ये ८४ प्रतिशतले खुसीसाथ यस्तो काम फेरी पनि दोहोराउने बताएका छन् । निर्धक्कसाथ यस्तो जोखिमपूर्ण कार्य गर्ने युवतीहरुको औषत उमेर २१ वर्ष छ । निकै कम युवतीहरुमा मात्र आफ्नो निर्वस्त्र तस्वीर लिक होला र सार्वजनिक भएर आफ्नो प्रतिष्ठामा आँच आउने भन्ने कुराको हेक्का रहेको पाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID