Wednesday 15 October 2014

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

http://xpressvdo.blogspot.com/
काठमाडौं, असोज २९– कोरिया सरकारले गत असोज १० र ११ गते लिएको इपीएस अन्र्तगत पाचौं कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको  छ ।

 सरकारले आज सार्वजनिक गरेको नतिजा अनुसार ३६६३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 जसअनुसार औद्योगिक क्षेत्रका लागि २७६८ र  कृषि क्षेत्रको लागि ८ सय ९५ जना उत्तीर्ण भएका छन् ।

परीक्षाफल अनुसार उत्तीर्ण भएकामध्ये औद्योगीक उत्पादन क्षेत्रमा ९ प्रतिशत रहेको छ । त्यस्तै कृषिमा ३ दशमलब २ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् ।
उत्तिर्ण हुनेमा पुरुष ३४ सय ६३ रहेका छन् भने २ सय महिला रहेका छन् ।

 रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जनाले आवेदन फारम भरेका थिए । तर उत्तीर्ण भने कम भएका हुन् ।

 अघिल्लो वर्ष भाषा परीक्षामा ७ सय १५ महिलासहित ८ हजार ५१ जना उत्तीर्ण भएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID