Monday 20 October 2014

विवाह गरेको तीन दिनमै आत्महत्या

विवाह गरेको तीन दिनमै आत्महत्या
धरान : मोरङको हरैचाकी २१ वर्षीया हेमन्ती मगरले धरानको घण्टाघरबाट हाम फालेर आत्महत्या गरेको खुलेको छ ।

कोशी–हरैचा नगरपालीका–९ निवासी उनी आइतबार धरान घुम्न आएका बेला पतिसँगै भानुचोकस्थित घण्टाघरमा चढेकी थिइ । विवाह गरेको तीनदिनपछि पति तोमबहादुर मगरसँगै धरान घुम्न आएकी उनले घण्टाघरबाट हामफालेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी सञ्जयसिंह थापाले बताए ।
 घण्टाघरको माथिल्लो तलामा पुगेपछि हेमन्तीले पतिलाई पानी लिन भुईँतलामा पठाएपछि हाम फालेर आत्महत्या गरेको प्राराम्भीक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए । ‘सोमबहादुर पानी लिन भुईँतलामा आएको बेला हेमन्तीले आत्महत्या गरेको पुष्टि भएको छ’, डिएस्पी थापाले भने, ‘तत्काल घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले हेमन्तीका पतिसहित तीनजनालाई नियन्त्रणमा लिएका थियौं । हेमन्तीको मृत्युमा सोमबहादुरको संलग्नता नदिएपछि छाडिएको हो ।’

  प्रहरीसँगको बयानमा सोमबहादुरले आफुलाई पानी लिन पठाएर पत्नीले अचानक घण्टाघरबाट आत्महत्या गरेको बताएका छन् । ‘विवाहको तीन दिनपछि सल्लाह गरे धरान घुम्न आएका थियौं’, सोमबहादुरले भने, ‘उनीसँग कुनै झगडा र मनमुटाव पनि थिए ।’

उता हेमन्तीको शव माइतीपक्ष र घरपक्षका दुबैको सहमतिमा पोष्टमार्टमपछि  दाहसंस्कारका लागि गृहनगर लगेका छन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको यथार्थ पत्ता लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID