Saturday 25 October 2014

सबै मनुस्यलाई थाहा नभयको यमराजद्वारा बताइएको मृत्युको रहस्य

(एजेन्सी) - संसारमा जति पनि जीवजन्तु छन् उनीहरु कोही पनि अमर हुँदैन भन्ने मी सबैलाई थाहा छ । मानिसहरु पनि जन्मेपछि एकदिन मर्नैपर्छ । कालको अगाडि धनी–गरिब, सिधा तथा टाठो बाठो कसैको पनि केही लाग्दैन । जब जब मृत्युको विषय आउने गर्दछ, चर्चा निकै रोचक हुने गर्दछ किनभने सबैजना मृत्युको बारेमा अझ बढि जान्न चाहन्छन् । मानिसहरु मृत्युको बारेमा सबै कुराहरु थाहा पाउनका लागि अझ जिज्ञासु हुने गर्दछन् । जो मानिसहरु मृत्युको बारेमा थप जानकार हुन चाहन्छन् , उनीहरु सहि ठाउँमा आएका छन् किनभने यहाँ मृत्युको देवता यमराजद्वारा मृत्युको बारेमा बताएका केहि रहस्यलाई उजागर गरिएको छ । प्राचिन धर्मग्रन्थीहरु अनुसार मृत्यु र आत्माको रहस्यको बारेमा यमराज र निचिकेत नामक एक बालकबिच चर्चा भएको थियो । यहि चर्चा यहाँ दिइएको छ ।

निचिकेतको वरदानः
जब निचिकेत यमराजलाई भेट्न गए तब उनले यमराजसँग तीनवटा वरदान मागे । पहिलो वरदानमा आफ्नो पिताको प्रेम, दोस्रो अग्नि विद्याको ज्ञान र तेस्रो मृत्यु र आत्माको बारेमा ज्ञान । यमराज उनको अन्तिम वरदानलाई पुरा गर्न चाहँदैनथे तर बाल हठको अगाडि उनको पनि केहि लागेन । त्यसकारण यमराज मृत्युपछि के हुन्छ भन्ने कुराको रस्योद्घाटनका लागि तयार भए ।
रस्योद्घाटनः
धर्मग्रन्थहरुका अनुसार यमराजले बताए कि ॐ आकार परमात्माको स्वरुप हो । उनले यो पनि बताए कि मनुष्यको हृदयमा ब्रम्हाको बास हुन्छ ।
ब्रम्हरुपःमृत्युपछि मनुष्यले जन्म–मृत्युको चक्र पुरा गर्दछ । मृत्युपश्चात मनुष्य जन्म–मृत्युको चक्र अर्थात ब्रम्ह रुपबाट मुक्त हुने गर्दछ ।
आत्माः
यमराजले यो पनि बताए कि आत्मा मनुष्यको मृत्युपछि पनि मर्दैन । संक्षेपमा भन्नुपर्दा, शरिरको विनाश आत्मासँग केहि पनि सम्बन्ध राख्दैन । आत्मा कहिले पनि जन्म लिँदैन त्यसकारण यो कहिले पनि मर्दैन पनि ।
इश्वरीय शक्तिः
यमराजका अनुसार जो मानिसहरु ईश्वरमा आस्था राख्दैनन् र नास्तिक हुने गर्दछन् त्यस्ता व्यक्तिहरु मृत्यु पछि पनि शान्तिको खोजीमा हुने गर्दछन् । उनीहरुको आत्मापनि शान्तिको खोजीमा नै हुने गर्दछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID