Friday 24 October 2014

गाई पुजा गर्दै कमल थापाले भने– हिन्दुराष्ट्र नभए संविधान अस्विकार गर्छौं -

काठमाडौं, कात्तिक ७– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई तिहारको अवसरमा गाईको पुजाअर्चना गरेका छन् ।
पार्टीले देशभर गाई पुजा गर्ने पुर्व निर्धारित कार्यक्रम अनुरुप थापाले शुक्रबार बिहान राजधानीको गौशालामा गाई पुजा गरेका हुन् ।
सो अवसरमा थापाले हिन्दु धर्मको रक्षा तथा संस्कृतिलाई निरन्तरता दिनको लागि गाईको पुजा गरिएको बताए ।
उनले देशका ७५ ओटै जिल्लामा गाई पुजा गर्न लागिएको जानकारी दिँदै यसबाट देशलाई हिन्दु राष्ट्र कायम गर्नको लागि सकारात्मक दवाव पुग्ने विस्वास व्यक्त गरे ।
उनले हिन्दुराष्ट्रलाई कुनै पनि
उनले संघीयता,शासकीय स्वरुप, धर्मनिरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनमत संग्रह हुनुपर्ने माग राख्दै यसो हुन नसके हप्तौ सम्म सविंधानसभा ठप्प पारेर भएपनि हिन्दुराष्ट्र कायम गराउन दवाव दिने समेत चेतावनी दिए । उनले हिन्दुराष्ट्र नभए संविधान अस्विकार गर्ने समेत चेतावनी दिए ।

सोहि अवसरमा उनले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग गर्दै पार्टीले थालेको हस्ताक्षर अभियानको शुभारम्भ समेत गरे । हस्ताक्षर अभियान देशका ७५ ओटै जिल्लामा आजदेखि १५ दिनसम्म जारी रहने बताइएको छ ।
हालतमा कायम गरिनुपर्ने भन्दै संविधानमै त्यसबारे व्यवस्था हुनुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID