Wednesday 29 October 2014

जलेको परालको थुप्रो भित्र पूर्ण रुपमा जलेकी महिला भेटियो

रौतहट : आगो दन्किरहेको परालको थुप्रोभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।

रौतहटको लक्ष्मनिया स्थित विजयपुरमा बद्री पडीतले थुपारेको परालमा अचानक आगलागी भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले परालको थुप्रो बाट नाम ठेगाना नखुलेकी एक महिला

अन्दाजी ३५ वर्षिया महिलाको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भिम ढकालले जानकारी दिएका छन्।बाटो छेउमा रहेको खाली जमिनमा थुपारिएको सो परालमा महिलाको हत्या पछि शव नष्ट गर्न कै लागी आगो लगाएको प्रहरीको अनुमान गरेको छ।
को शव फेला परेको हो। महिलाको शरीरका अधिकांश भाग जलेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID