Thursday 16 October 2014

भारतीय आदालतले रोक्यो गढीमाईमा बली

३० असोज, काठमाडौं ।
संसारकै सबैभन्दा बढी बली दिइने बराको गढीमाइमा लाग्ने मेलाका लागि पशु ल्याउन भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ ।
सर्वोच्च अदालतले केन्द्र सरकार तथा नेपालसँग सीमा जोडिएका बिहार, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल सरकारलाई गढीमाई मेलाका लागि पशु निर्यातमा रोक लगाउन आदेश दिएको हो ।

बाराको बरियारपुर गाविसस्थित प्रसिद्ध गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्छ । मेलाका अवसरमा राँगा, बोका, सुँगुर, कुखुरालगायत विभिन्न पशु पन्छीलाई लाखौंको संख्यामा वली दिइन्छ ।

तर यो वर्ष भने विभिन्न पशु अधिकारकर्मी तथा भारतीय सर्वोच्च अदालतले समेत यो मेलामा दिइने बलीमा अवरोध गर्ने देखिएको छ ।
५ लाख भन्दा बढी बली दिइने गढीमाइमा चढाइने बलीका लागि अधिकाँश पशु पंक्षी भारतीय सीमावर्ती राज्यबाट नेपाल भित्रिने गरेका छन् ।
यस अघि बेलायती फौजमा कार्यरत गोर्खा सैनिकलाई समान अधिकार दिलाउने अभियानको नेतृत्व गरिरहेकी चर्चित अभिनेत्री जोअन्ना लुम्लेले पनि गढीमाई मेलामा दिइने लाखौं लाख पशुपन्छीको बली रोक्न नेपाल सरकारलाई आग्रह गरेकी थिइन् ।
गढीमाई मेलामा यस वर्षदेखि पशु हत्या रोक्न अन्तर्राष्ट्रिय इन्टरनेट लबिङ समेत शुरु भएको छ ।
हरेक पाँच पाँच वर्षमा बाराको बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिरबाट सुरु हुँदैछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID