Sunday 12 October 2014

‘फिमेल सेक्स हर्मोन’ले नै पुरुषलाई मोटो बनाउँने कुरो एक अनुसन्धान बाट खुलासा ......

(एजेन्सी) - धेरै मानिसहरुलाई आफ्नो मोटो शरिरले सताइरहेको हुन्छ । शरिरलाई चाहिनेभन्दा धेरै खानु र समय मिलाएर नखानाले मोटाइने धेरै मानिसहरुको बुझाई हुन्छ । यी कुराहरु केहि हदसम्म ठिक पनि हो । तर एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा ‘फिमेल सेक्स हर्मोन’ जिम्मेवार भएको बताएको छ ।
अनुसन्धानका अनुसार पुरुषहरु फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउनु सबैभन्दा ठूलो कारण ती पदार्थको सेवन मानिएको छ जसमा एस्ट्रोजेनको मात्रा बढि हुन्छ । यसमा सोयाबाट बनेको खाद्य पदार्थ र प्लाष्टिकबाट बनेको रसायनहरु पनि समावेश गरिएको छ किनभने सोयामा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ । स्मरण रहोस् महिलाहरुको फिमेल सेक्स हर्मोनलाई एस्ट्रोजनको नामले चिनिन्छ ।

‘फिमेल सेक्स हर्मोन’ का कारणले नै पश्चिमी मुलुकहरुका पुरुषको शुक्राणुमा पनि कमी भएको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

वास्तवमा महिलाहरुमा महिनावारीको दौरान एस्ट्रोजन (फिमेल सेक्स हर्मोन) को श्राव हुने जसका कारण महिलाहरु मोटोपन र थाइराइड ग्ल्याण्डमा बाधा र दिमागको केहि भागमा असर पुर्याउनेजस्ता समस्याको शिकार हुने गर्दछन् । वैज्ञानिकहरुले पनि पुरुषहरु मोटाउनुमा कुनै न कुनै रुपमा एस्ट्रोजन जिम्मेवार रहने बताएका छन् । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID