Saturday 4 October 2014

चीनमा एड्स रोकथामका लागी स्कूलमा कण्डोम बाडिँदै !

चीनमा एड्स रोकथामका लागी स्कूलमा कण्डोम बाडिँदै !
बेइजिङ, टीनएजर्समा बढ्दो सेक्सुअली ट्रान्समिटेड डिजीजको रोकथामका लागी चीनको शहर शाङ्ग्झीमा स्कूलले बिद्यार्थीहरूलाइ कन्डोम बेच्ने निर्णय गरिएको छ ।

शहरको हेल्थ एण्ड प्लानिङ कमिटीले एक चिनीयाँ समाचारपत्रलाइ बताए अनसार यस निर्णयले टीनएजर्सलाइ एड्स जस्तो खतरनाक रोगबाट बचाउन सकिनेछ ।

एक रिपोर्ट अनुसार चीनमा हिजोआज एचआईभी/एड्स का रोगीहरूको संख्या बढिरहेको छ । यी मामलाहरूमा सबैभन्दा धेरै रोगी १५ देखि २४ बर्ष उमेरका रहेका छन । सन २००८ मा आएको एक रिपोर्ट अनुसार, चीनमा त्यतिबेला सम्म ४८२ टीनएजर्स एड्सका शिकार थिए जसको संख्या सन २०१२ मा बढेर १ हजार ३ सय ८७ पुगेको थियो ।

यद्दपी, स्कूलमा आफ्ना छोराछोरीहरूलाइ कन्डोम बाड्ने निर्णयले अभिभावकहरू भने खुशी छैनन, उनीहरूले स्कूलमा यसरी बिद्यार्थीहरूलाइ कन्डोम बेच्नाले टीनएज सेक्सलाइ बढावा मिल्नेछ ।

शिङ्ग्झीकी एक महिला वू भन्छिन कि उनका छोरा छिटै एक मिडिल स्कूलमा जान लागेको छ र स्कूलमा उनीहरूलाइ कन्डोम बेच्नु बिल्कुलै सहि कुरा हैन ।
शाङ्ग्झीको हेल्थ एण्ड प्लानिङ कमिटीका डाइरेक्टर ल्यू लिङ्गका अनुसार अहिले यो कोशिश भैरहेको छ कि सन २०१५ सम्म एड्सका रोगीहरूको संख्यामा २५ प्रतिशत सम्म कमी ल्याउन लागिएको छ र यस अभियान अन्तर्गत यो निर्णय गरिएको हो ।

ल्यू भन्छन कि एड्स र अन्य सेक्सुअली ट्रान्समिटेड डिजीजबाट बच्नका लागी स्कूलमा जरूरी शिक्षा पनि दिइँदैछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID