Thursday 23 October 2014

पुरुषलाई आकर्षित गर्दा कहिल्यै नगर्नु होस् यी गल्तीहरु

 (एजेन्सी)- भनिन्छ महिलाहरुलाई आकर्षित गर्न पुरुषहरुले अनेक तरिका अपनाउने गर्दछन् । तर आकर्षित गर्नमा पुरुषहरु मात्र अघि छैनन् । महिलाले पनि आफूलाई मनपरेको पुरुषलाई आकर्षित गर्नका लागि अनेक तरिकाहरु पछ्याउने गर्दछन् । आकर्षित गर्ने क्रममा महिलाहरुले अपनाउने तरिका सबै राम्रो हुन्छ भन्ने हँदैन । आकर्षित गर्छु भन्दा कतिपय अवस्थामा पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । यसको कारण धरैजसो अवस्थामा महिलाहरुले अपनाउने तरिका नै हुन्छ । आफूलाई मनपरेको व्यक्तिलाई आकर्षित गर्नका लागि यी तरिकाहरु भुलेर पनि नअपनाउनुहोलाः

 1. कसैको नक्कल गर्नुः
बनावटी र कसैको नक्कल गर्ने व्यक्ति पुरुषहरुलाई पटक्कै मनपर्दैन । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् । आफैँलाई परिवर्तन गर्न नखोज्नुहोस् र कसैको नक्कल पनि नगर्नुहोस् । आफ्नो व्यवहार र बोल्ने तरिका आफ्नो जस्तै राख्नुहोस् ।
2. डेटमा ढिला जानुः
धेरैजसो महिला सोच्ने गर्छन् कि डेटमा जाँदा पुरुषहरुलाई कुराउनु पर्छ तर वास्तविकता यसको ठिक विपरित छ । यदि तपाईं डेटमा सहि समयमा पुग्नुहुन्छ भने यसको प्रभाव निकै सकारात्मक हुनेछ ।

 ३. भोको रहनुः
थुप्रै महिलाहरु पुरुषसँग भएको बेलामा भोको बस्ने गर्दछन् जुन राम्रो मानिँदैन । यस्तो गरेमा तपाईंका साथी पनि भोको रहन बाध्य हुनेछन् । यसो गर्नाले तपाईंले आकर्षित गर्न चाहेको व्यक्ति खुसी हुन्छन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ किनभने एक लेभलपछि पुरुषहरु महिलाको फिगरभन्दा बढि उनको सोच र कुराहरुबाट प्रभावित हुने गर्दछन् ।
4. धेरैजसो नकारात्मक कुरा गर्नुः
थुप्रै पटक महिलाहरु पुरुषलाई आकर्षित गर्ने चक्करमा आफ्नो दुःख र वेदनाहरु सुनाउन थाल्छन् र आफ्नो नकारात्मक पक्ष राख्ने गर्दछन् । यस्तो बिर्सेर पनि नगर्नुहोस् । सधैँ सकारात्मक रहनुहोस् । तपाईंको राम्रो बिचारले तपाईंको राम्रो छाप छोड्न मद्दत गर्नेछ ।

5. निकै धेरै मेकअप गर्नुः
कसैलाई आकर्षित गर्नका लागि महिलाहरुले धेरैजस्तो अवस्थामा निकै धेरै मेकअप लगाउने गर्दछन् जसलाई महिलाहरुले गर्ने सबैभन्दा ठूलो गल्तीको रुपमा लिइएको छ । याद राख्नुहोस्, यदि तपाईं कुनै पुरुषलाई आकर्षित गर्न चाहनुहुन्छ भने हल्का मेकअप गर्नुहोस् । आफ्नो प्राकृतिक सौन्दर्यप्रति बढि ध्यान दिनुहोस् ।

6. निकै छोटो कपडा लगाउनुः
निकै छोटो कपडा लगाउँदा तपाईं त्यस्ता मानिसहरुलाई मात्र प्रभावित गर्न सक्नुहुन्छ जो शरिरको भोको छन् । यदि कोही व्यक्ति तपाईंलाई वास्तवमा माया गर्छन् भने उनीहरुलाई तपाईंको पहिरनसँग कुनै मतलब हुँदैन । कसैलाई प्रभावित गर्नका लागि छोटो कपडा लगाउनु भनेको मूर्खताबाहेक अरु केहि होइन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID