Thursday 9 October 2014

सेक्स गर्न नमानेपछि बुवाले पारे छोरीको लास टुक्रा–टुक्रा


बिहारको मुजफ्फरपुर जिल्लामा बिहिबार सम्बन्धमाथि प्रश्न उठ्ने घटना घटित भएको छ । एक बुवाले आफ्नै विवाहित छोरीसँग दुष्कर्मको कोसिसमा असफल भएपछि धारिलो हतियारले छोरीको हत्या गरेका छन् । आफ्नी छोरीलाई टुक्रा–टुक्रा गर्ने पितालाई पुलिसले पक्राउ गरेको छ ।
पुलिसका अनुसार मीनापुर थाना क्षेत्रको मुस्तफागंज निवासी रतु प्रसादको घरमा उनकी ठूली छोरी रजनी कुमारी(२०) आफ्नो श्रीमान रंजीत कुमारसँग आएकी थिइन् । यहि क्रममा बिहिबार बिहान रतु आफ्ना ज्वाईंको अगाडि नै रजनीसँग जिस्कन सुरु गरेका थिए । जब रंजीतले यसको बिरोध गरे तब त्यहाँ राखिएको धारिलो हतियार उनीमाथि प्रहार गरे तर उनी केहि गरेर त्यहाँबाट भाग्न सफल भए ।
छोरीले पनि त्यहाँबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनी सफल हुन सकिनन् । त्यसपछि रतुले रजनीमाथि धारिलो हतियारले थुप्रै पटक प्रहार गरे । रजनीको मृत्यु घटनास्थलमा नै भएको थियो । रतुले आफ्नी छोरीको लासलाई थुप्रै टुक्राहरु बनाएर एक बोरामा लुकाएर राखेका थिए ।
उता ज्वाईंले भागेर छिमेकीहरुलाई यो घटनाको जानकारी दिएका थिए । छिमेकीहरुले यसको बारेमा पुलिसलाई जानकारी दिए । जसलाई आधार बनाएर पुलिसले रतुलाई पक्राउ गर्न सफल भए । रतुले आफ्नो अपराध स्विकार गरिसकेका छन् । रंजीतले पनि आफ्नो बयानमा यसको पुष्टि गरेका छन् ।
रतुको श्रीमतीको मृत्यु सात वर्ष पहिले भएको थियो । छिमेकीहरुका अनुसार रतु सन्की किसिमका व्यक्ति हुन् । योभन्दा पहिले पनि उनले आफ्ना छिमेकीलाई धारिलो हतियारले हमला गरेका थिए जसका कारण उनले जेलको सजायँ पनि भोग्नु परेको थियो । रतु आफ्नी कान्छी छोरीसँग बस्दै आएका थिए । (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID