Monday 27 October 2014

अर्काको श्रीमतीसंग लब गर्दाको परिणाम कस्तो हुदो रैछ थाहा पाउनु होस् ! श्रीमतीको प्रेमीलाई बञ्चरो प्रहार गर्दै श्रीमानले पारे टुक्रा–टुक्रा -

(एजेन्सी)- श्रीमानले धेरै पल्ट सम्जाई बुजाई गर्दा पनि  पत्नीले आफ्नो प्रेमीसँग भेट्न बन्द नगरेको कारण श्रीमानले यस्तो कदम उठाए कि श्रीमतीको न रहेगा बाँस न गजेगा बासुरी भयो । भारतको उत्तर प्रदेशको उन्नाव भन्ने जिल्लामा एक श्रीमानले आफ्नै घरमा उनको प्रेमीलाई बञ्चरो प्रहार गरेर टुक्रा–टुक्रा पारेका छन् ।
घटनाको खबर पाएलगत्तै उक्त इलाकामा तहल्का मच्चियो । पुलिसले मृतकको शवलाई पोष्टमार्टमको लागि पठाएको छ भने आरोपीलाई पक्राउ गरेको छ । हत्यामा प्रयोग भएको बञ्चरोलाई जगदीशपुरको जंगलबाट बरामद गरिएको थियो ।
पुलिसका अनुसार ३५ वर्षीय अनिल कुमार यादवको आफ्नै गाउँको मेडीलालकी श्रीमतीसँग लामो समयसम्म प्रेम प्रसंग चलिरहेको थियो । यो विषयमा अनिल र मेडीलालको धेरैपटक हात हालाहालको स्थिति पनि सृजना भएको थियो । स्थानीय गाउँलेलाई मान्ने हो भने गाउँभन्दा बाहिर फुलचन्द्र यादवलाई आग्रह गरेर उनले अनिललाई आफ्नो घरमा बोलाए । मेडीलाल हातमा बञ्चरो बोकेर अनिलको प्रतिक्षा गरेर बसिरहेका थिए । अनिल मेडीलालको नजिक पुग्ने बित्तिकै उनले अनिलको टाउको र गर्दनमा बञ्चरोले धेरै पटक प्रहार गरे । अनिल मरेको सम्झेर आरोपी त्यहाँबाट तत्काल फरार भए ।
अनिलको परिवारलाई घटनाको बारेमा जानकारी भएलगत्तै उनीहरु घटनास्थलमा पुगे जहाँ अनिल अझै सास फेरिरहेका थिए । उनका परिवारले उनलाई नवाबगंज सामुदायिक स्वास्थ्य केन्द्रमा लगे । उनको हालत गम्भीर देखेर डाक्टरहरुले उनलाई ट्रमा सेन्टर रिफर गरिदिए जहाँ डाक्टरहरुले अनिललाई मृत घोषणा गरे । अनिलको पिताको तर्फबाट पुलिसले मेडीलला र फुलचन्द्रका बिरुद्ध मुद्दा दर्ता गरेको छ । पुलिसले आरोपी मेडीलाललाई नजिकैको गाउँ पाठकपुरबाट पक्राउ गरिसकेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID