Thursday 4 September 2014

दैनिक गोलभेडा खाने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम

जो व्यक्ति हप्तामा दसवटाभन्दा बढि गोलभेडा खाने गर्दछ उक्त व्यक्तिलाई प्रोस्टेट क्यान्सरको खतरा १८ प्रतिशत कम हुने गर्दछ । यो कुराको निष्कर्ष एक अनुसन्धानले निकालेको छ ।

यो निष्कर्षसम्म पुग्नका लागि ब्रिस्टोल विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले प्रोस्टेट क्यान्सरबाट पिडित ५० र ६९ वर्ष उमेरका १,८०६ मानिसहरुको जीवनशैलीमाथि ध्यान दिइएको थियो र उनीहरुलाई १,२००५ जना क्यान्सरबाट मुक्त भएका मानिसहरुसँग तुलना गरिएको थियो ।
अध्ययनमा प्रोस्टेट क्यान्सरको ‘आहारीय तालिका’ विकसित गरियो जसमा आहारका विशेषता जस्तै सेलेनियम, क्याल्सियम र त्यस्ता खाद्य पदार्थ जसमा लाइकोपिनको प्रचुरता हुन्छ, त्यस्ता खानेकुराहरुलाई समावेश गरियो ।
अध्ययनमा यो पाइयो कि जो व्यक्तिले यी तीन विषेशता भएका आहारा समावेश गर्ने व्यक्तिहरुमा प्रोस्टेट क्यान्सरको आशंका कम पाइयो ।
प्रोस्टेट क्यान्सरमाथि माथ पाउनका लागि गोलभेडा र गोलभेडाको जुस सबैभन्दा बढि गुणकारी पाइयो । दिनमा १० वटाभन्दा बढि गोलभेडा खाने पुरुषहरुमा बिरामी हुने सम्भावना पनि १८ प्रतिशत कम हुने गर्दछ । (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID