Tuesday 2 September 2014

नरेन्द्र मोदी ड्रमर बनेपछि …..

जापानको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिन्न मुडमा देखिन्थे । जापानी समकक्षी सिन्जो अबेसँग दर्जनौं सम्झौता गरेपछि उनले मंगलबार आफ्नो छुट्टै रुप देखाए । उनको यस रुप देखेर त्यहाँ उपस्थित व्यापारीहरु समेत चकित भएका थिए ।

प्रधानमन्त्री मोदीले ड्रमर बनेर सबैलाई चकित बनाएका हुन् । टाटा कन्सलटेन्सी सर्भिस टेक्नोलोजी एण्ड कल्चरल एकाडमीको उद्घाटन कार्यक्रममा मोदीले जापानको प्राचिन टाकियो ड्रम बजाएका थिए ।

एकाडेमीका सिइओले आफ्नो मन्तव्य सक्ने बित्तिकै मोदी ड्रम बजाउन निकै आतुर देखिन्थे । त्यहाँका व्यावसायिक ड्रमरहरुले ड्रम बजाउन सकेपछि उनले ‘पहिले ड्म्र बजाऊँ ?’ भनेर ड्रम बजाउन तम्सिएका थिए । उनलाई अर्का एक जापानी ड्रमरले साथ दिएका थिए ।

उनले ड्रम बजाएको देखेर सबै चकित भएका थिए भने उनले ड्रम बजाइसकेपछि हलमा तालीको गड्गडाहट गुञ्जिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID