Tuesday 2 September 2014

केहि दिनमा नै सेलिब्रिटीहरुले कसरी घटाउँछन् आफ्नो तौल ? थाहा पाउनुस्

आजकाल सेलिब्रिटीहरुमा आफूलाई राम्रो देखाउने होडबाजी नै चलेको छ । उनीहरुको शरिरको त्यस्तो कुनै भाग छैन जुन परफेक्ट नदेखियोस् । सेलिब्रिटीहरुसँग यति धेरै पैसा हुन्छ कि उनीहरु आफ्नो लाइपोसेक्सन गरेर सुन्दर देख्न पनि सक्छन् तर सबै सेलिब्रिटीहरु यहि चाहन्छन् भन्ने छैन । सबैलाई प्राकृतिक रुपबाट नै सुन्दर देखिन रहर हुन्छ । अहिलेको कुरा गर्ने हो भने भारतीय नायिका सोनाक्षी सिन्हाको उदाहरण दिँदा राम्रो हुन्छ । आजकाल उनी यति धेरै पातली र फिट देखिन्छिन् कि उनका प्रशंसकहरु नै उनको सुगठित शरिर देखेर दङ्ग छन् ।

यस्तै गरि अर्की बलिउड नायिका ऐश्वर्या राइले पनि आमा बनिसकेपछिको बढिरहेको तौललाई केहि महिनामा नै कम गरेकी छिन् । यदि तपाईंलाई उनीहरुले थोरै समयमा नै धेरै तौल घटाउन कसरी सफल हुन्छन् भन्ने लाग्छ भने उनीहरु हेल्दी डाइट, व्यायाम र आफ्नो लक्ष्यमा हर समय फोकस हुने हुँदा उनीहरु यो काममा सफल हुने गर्दछन् ।
यदि तपाईंको प्लेटमा माथि दिईएका तीन चिजहरु छन् भने तपाईं पनि निकै सजिलै सँग आफ्नो लक्ष्य प्राप्त गर्नसक्नुहुन्छ । यदि तपाईं पनि बलिउडका सुन्दर नायिकाहरुजस्तै फिट रहन चाहनुहुन्छ भने यी तरिकाहरु अपनाउनुहोस्ः
१. लिक्विड डाइटः
तपाईं जति धेरै पानी पिउनुहुन्छ त्यति नै धेरै फ्याट बर्न गर्नसक्नुहुन्छ । हरेक दिन कम्तीमा पनि तीन लिटर पानी पिउनुहोस् । यसले तपाईंको पेट पनि सफा हुन्छ र तपाईंलाई छिट्टै भोक पनि लाग्दैन ।
२. बिहानको खाना राम्रो खानुहोस्ः
कहिले पनि बिहानको खाना नछोड्नुहोस् । दिनभरी भोकै नबस्नुहोस् । भोकै बस्नाले तपाईंको पेटमा हावा भरिन थाल्छ र तपाईं बिरामी पर्ने सम्भावना हुन्छ ।
३. सेतो खाद्य पदार्थ नखानुहोस्ः
यस्ता खाद्य पादार्थमा निकै धेरै सुगर हुने भएका कारण यसलाई नखानुहोस् । कुनै पनि सेलिब्रिटी यसलाई खाँदैनन् ।
४. मसलाबाट हुन्छ तौल कमः
आफ्नो खानामा रातो खोर्सानी र मरिचको प्रयोग गर्नुहोस् । यो खानाले भोक पनि लाग्दैन ।
५. जैविक आहार खानुहोस्ः
धेरैजसो सेलिब्रिटी जैविक आहारा नै खाने गर्दछन् किनभने यसले तौल बढाउँदैन ।
६. ताजा हावामा घुम्न निस्कनुः
चर्चित हलिउड नायिका मडोना ताजा हावामा निकै घुम्ने गर्दछिन् । ताजा हावा आफ्नो पेटमा भरेर तपाईं आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर तौल घटाउन सक्नुहुनेछ ।
६. बन्दाको सुपः
बिहान खाली पेटमा बन्दाृको सुप खाने गर्नाले तपाईंको मोटोपना कम हुनसक्छ ।
७. एक घण्टा व्यायाम गर्नुहोस्ः
यदि तपाईं एक घण्टा व्यायाम गर्न पाउनुहुन्न भने कम्तीमा पनि ४५ मिनेटको व्यायाम त गर्नैपर्ने हुन्छ । यसले तपाईंलाई राम्रो महसुस गराउँछ ।
८. नारिवल तेलको सेवनः
हप्तामा दुई दिन आफ्नो खानामा नरिवलको तेल प्रयोग गर्नुहोस् । यसले छालालाई पनि नरम बनाउन मद्दत गर्छ भने तपाईंको पेटलाई पनि सानो बनाउँछ किनभने यसमा निकै थोरै क्यालोरी हुन्छ ।
९. रक्सीलाई छुँदै नछुनुहोस्ः
थुप्रै सेलिब्रिटीहरुले रक्सी छोडेर आफ्नो तौल घटाएका छन् । रक्सीमा निकै धेरै कार्बोहाइड्रेट हुन्छ जसले तौल बढाउन मद्दत गर्छ ।
१०. धेरै नाच्नुहोस्ः
नाच्छा शरिरमा राम्रै हलचल हुने गर्दछ । यो एउटा राम्रो व्यायाम हो जसमा निकै धेरै पसिना आउने गर्दछ र यसले तौल घटाउन मद्दत गर्दछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID