Sunday 28 September 2014

दसैँको अवसरमा टेलिकमको छुट

असोज १२, काठमाडौं  - नेपाल टेलिकमले दशैतिहारमा आफ्नो नेटवर्कभित्र हुने सबै कलको महसुलमा १० प्रतिशत छुट दिने भएको छ ।
असोजदेखि २१ गतेसम्म र कात्तिक ४ गतेदेखि १३ गतेसम्म टेलिकमले एसएमएस सेवामा पनि ५० प्रतिशत हुने दिने जनाएको छ ।
यो अवधिमा  जिएसएम तथा सिडिएमए पोष्टपेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र जिएसएम तथा सिडिएमए प्रिपेड मोवाइलबाट प्रतिमिनेट  १ रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ भने कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस सकिनेछ ।
यस्तै जिएसएम तथा सिडिएमए डाटा सेवाको महसुलमा पनि छुट हुनेछ । जिएसएम सेवाको महसुल ५० पैसा प्रति एमबी तथा सिडिएमए इभिडिओ सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको टेलिकमले जनाएको छ ।
यस्तै दसैँको अवधिमा एडिएसएल तथा वाईम्याक्स सेवाका ग्राहकलाई अधिकतम ३ जिबी डाटा थप गरिनेछ । टेलिकमले यसअघि घटस्थापनादेखि प्रत्येक पटक रिचार्ज गर्दा १० देखि २० प्रतिशतसम्म बोनस दिइरहेको छ ।
विगतमा दसैँमा घटस्थापनादेखि नै टेलिकमले छुट दिने गरेको भएपनि यो पटक टेलिकममा इन्जिनियरहरुको आन्दोलनका कारण ढिलो भएको हो । आन्दोलित कर्मचारी र व्यवस्थापनबीच शुक्रवार छलफल भएर आन्दोलनलाई स्थगित भएपछि चार दिन ढिलो छुट सुविधा दिएको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID