Saturday 6 September 2014

चिकित्सकहरूले मृत घोषित गरेको ४२ मिनेटपछि महिला उठिन !!

अष्ट्रेलियाकी एक महिलालाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । तर, चिकित्सकहरूले मृत घोषित गरेको करिब ४२ मिनेटपछि ती महिलाले पुनःजीवन पाएपछि चिकित्सकहरू समेत चकित भएका थिए ।

दुई सन्तानकी आमा ४१ वर्षीय भेनेषा तानासियोलाई हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि उनलाई चिकित्सहरूले मेडिकलको भाषा अनुसार मृत घोषित गरे तर चिकित्सकहरुले उनको मष्तिष्कमा रगत जाने कार्यलाई निरन्तरता भने दिइरहे एउटा मेडिकल औजारका माध्यमबाट ।
चिकित्सकहरूले हार नमानी ती महिलाको मष्तिष्कमा पटक-पटक लुका-२ नामको उपकरणको प्रयोग गरेर रगत पुर्याइरहे र आर्टरीलाई खोल्ने प्रयत्न गरे । चिकित्सकहरूको निरन्तर प्रयासप
छि ती महिलाको आर्टरी खुलाउन सफल भए । यसरी आर्टरी खुलेपछि ती महिलाको मुटु फेरी चल्न थाल्यो र उनी पुनः सामान्य अवस्थामा फर्किइन् । यस घटनाबाट चिकित्सकहरू समेत निकै चकित र खुसी भएका थिए ।
मृत घोषणा भएकी महिला भेनेषाले भनिन्, ' म करिब १ घण्टा मरेर फर्किए, अनौठो लागेको छ ।'
उनले आफ्नो हृदयघात भन्दा पहिलेको अवस्था र पछिको अवस्थालाई सम्झँदै भनिन्, 'म घरको बरण्डामा बसिरहेको थिए । त्यही बेला मलाई हृदयघात भयो र भुईमा ढलेँ, र मलाई कसैले उठाएर अस्पताल ल्याएको थाहा छ । र मलाई अस्पतालमा दुई दिन राखिएको बारे भने केही थाहा छैन् ।'
एजेन्सी ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID