Saturday 6 September 2014

सुष्मा र करिस्माबीच बक्षस्थलमा भएका ट्याटु देखाउने प्रतिस्प्रधा

करिष्मा मानन्धरले मुख्य भूमिकामा अभिनय नगरेको जुगौं भईसक्यो । ‘बाबु साहेब’ बनाएर डुबेपछि अमेरिका हान्निएकी करिष्मा फर्कंदा उनको ठाउँ नयाँ अभिनेत्रीले लिईसकेका थिए । पछि पनि उनले फिल्म त खेलिन तर चरित्र अभिनेत्रीमा । त्यो पनि फाट्टफुट्ट ।
करिष्माको भन्दा गए गुज्रेको अवस्था छ सुष्मा कार्कीको । ‘उध्रेको चोली’बाट आइटम गर्लका रुपमा ख्याती कमाएकी सुष्माका हातमा पनि आजभोलि कुनै फिल्म छैनन् । भएका प्रेमीले पनि छाडेपछि सुष्मा कार्की कामसँगै प्रेमी बिहिन पनि बनेकी छिन् । करिष्मा र सुष्मा यसरी बेकामे भईरहेपनि बारम्बार चर्चामा आईरहन्छन् र चर्चामा आउने कारण बन्छ उनीहरुको ट्याटु ।
करिष्मा र सुष्मा दुवैले संवेदनशील अंगमा टाटु खोपाएका छन् र औपचारिक कार्यक्रममा आउँदा उनीहरु सकेसम्म ट्याटु नछोप्ने लुगा लगाएरै आउँछन् । ट्याटु देखेपछि पत्रकारका क्यामराका फ्ल्यास पनि चम्किहाल्छन् । चर्चामा आउने काइदा बुझेकी सुष्मा त अझ ब्रा सम्म नलगाई दर्शक,क्यामरा लोभ्याउँछिन् । त्यही भएर होला बिना कामै बसेपनि सुष्मा समाचारमा छाईरहेकी हुन्छन् ।
आइतबार नेफ्टा अवार्डको कार्यक्रममा अरु सबै भन्दा करिष्मा र सुष्माको ट्याटु आकर्षणका केन्द्र बने । उनीहरु चर्चामा आउन जानी जानी यसो गर्दैछन् कि संयोग उस्तो परेको हो करिष्मा र सुष्मा नै जानून् । तर फिल्म हिट नभएपनि दुवैका ट्याटु चैं हिट छन् है । सुष्मा र करिष्माका ट्याटु हिट खाएको देखेर आजभोलि नेपाली उद्योगमा स्लोगन नै बनेको छ ‘ट्याटु खोपाउँ चर्चा कमाउँ’ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID