Monday 1 September 2014

सासु-बुहारीको एउटै प्रेमी कुरा पर्दा बाहिर आउने साथ प्रेमीसंग मिलि बुहारीद्वारा सासुको हत्या

१६ भदौ, पर्सा,  हालसालै पर्सा मा घटेको एक घटना ले समाज मा कति बिकृति फैलिएको छ भन्ने कुरा प्रस्ट हुन्छ ! छोरा विदेशमा गएका बेला स्वदेशमा सासु र बुहारीको भने  एउटै प्रेमी भएपछि घरमा काल निम्तिएको छ ।
घटना हो, पर्सा जिल्लाको सेढवा गाविसको वडा नं २
की एक ४२ वर्षीया महिला आशादेवी खनाल (पासवान) को । जसको हत्या उनकै बुहारीको मिलेमतोमा भएको पर्सा प्रहरीले निष्कर्ष निकालेको छ ।
भदौ १२ गते बिहान घर नजिकैको नदीमा आशाको शव घाँटी काटिएको अवस्थामा फेला परेपछि पर्सा प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आशाको हत्या उनकै बुहारी रिन्कु खनाल (पासवान) को मिलेमतोमा भएको पुष्टि भएको पर्सा प्रहरीले बताएको छ ।
रिन्कु पक्राउ परेपछि उसले आफ्नै संलग्नतामा आफ्नी सासूको हत्या भएको वयान दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आशाको हत्यामा अन्य दुईजनाको पनि संलग्नता रहेको छ ।
हत्याको मुख्य कारण भने यौन सम्पर्क रहेको छ । जानकीटोला गाविस–७ पाँडेपुरका लङ्गडा भनिने मदारिफ मियाँ धोबी भनी चिनिने महमद आरिफ मियाँले केही महिनादेखि सासू आशा र बुहारी रिन्कुदेवीसँग नियमित यौन सम्पर्क गर्दै आइरहेकामा पछिल्लो समयमा बुहारीसँग पनि मियाँको सम्बन्ध रहेको थाहा पाएपछि आशा र मियाँका बीचमा सम्बन्ध चिसिँदै गएको हो ।
दुईजनाका बीचमा विवाद बढ्दै गएपछि बुहारी रिन्कुकै सहयोगमा भदौ ११ गते राति सुतिरहेको अवस्थामा मियाँ, रिन्कु र मियाँका साथी हलमुल्लाह मियाँसमेत मिलेर आशाको हत्या गरी नजिकैको खोलामा लगी फालिदिएको पनि बयानका क्रममा रिन्कुले बताएको प्रहरीले जनाएको छ । उनीहरुले धारिलो हतियार प्रयोग गरी आशाको हत्या गरेको र पछि तीनैजना मिलेर उनको शव खोलामा फालिदिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न बुहारी रिन्कु देवीलाई पक्राउ गरेको भए पनि अन्य घटनामा संलग्न रहेकाहरु भने फरार रहेको पनि पर्सा प्रहरीले जनाएको छ । रिन्कुका पति सुरज खनाल भने हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् भने आशाको हत्या भएको दिनमा उनका पति अर्जुन पनि चितवन गएको बताइएको छ ।
दैनिक नेपाल बाट

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID