Monday 1 September 2014

श्रीमतीको यौन इच्छा पूरा गर्न नसकेपछि श्रीमान पुगे अदालतको शरणमा

भारतको मुम्बई अदालतले आफ्नी श्रीमतीबाट तनावग्रस्त एक पुरुषलाई सम्बन्ध विच्छेदको अनुमति दिएको छ।
सम्बन्धी विच्छेदका लागि अदालत पुगेका पुरुषले श्रीमतीमाथि बढी सेक्स गर्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नी श्रीमती कहिल्यै तृप्त गर्न नसक्ने यौन इच्छा देखाएकाले आफू समस्यामा परेको बताएका छन् । उनले श्रीमतीलाई निकै मुढी र तानाशाह प्रकारको महिला भएको आरोपसमेत लगाएका छन् ।
मुम्बईस्थित एक पारिवारिक आदालतका मुख्य न्यायाधीश लक्ष्मी रावले श्रीमानको कुरा सुनेपछि भनिन्, आरोपित श्रीमतीले अदालतमा उपस्थिति भइनन् र निवेदनकर्ताको चुनौति पनि दिइनन् । त्यसैले अदालतसँग निवेदनकर्ताको कुरा सुन्नुको कुनै विकल्प छैन । त्यसैले निवेदक आफ्नो इच्छाअनुसार सम्बन्ध विच्छेदका लागि हकदार छन् ।

पतिले जनवरी २०१४ मा दायर गरेको रिटमा उनकी श्रीमती मुठी, जिद्दी र मनोमानी गर्ने महिला भएको आरोप लगाइएको थियो । निवेदकले यौन व्यवहारका लागि अत्याधिक र कहिल्यै तृप्त नहुने इच्छा राख्ने गरेको आरोप पनि थियो । अप्रिल २०१२ मा विवाह भएपछि आफू सधैं तनावमा रहनु परेको निवेदकको भनाइ छ । निवेदनमा श्रीमतीले आफूलाई औषधि र मदिरासेवनका लागि समेत बाध्य पारेको दावी गरिएको छ ।
निवेदनमा उनले आफूलाई अप्राकृतिक यौन सम्बन्ध कायम गर्नसमेत विवश बनाएको दावी गरेका छन् । यसप्रकारको यौन सम्बन्धका लागि अस्वीकार गर्दा आफूले गाली खाने गरेको उनको गुनासो छ। जसका कारण श्रीमतीको मागसामु आफू झक्न बाध्य भएको उनले निवेदनमा उल्लेख गरेका छन् ।
उनले अदालतसामु आफू तीन शिफ्टमा काम गर्ने गरेकाले अत्यन्तै थाक्ने गरेको भन्दै त्यसका बावजुद श्रीमतीको वासना पूरा गर्न बाध्य बनेको दावी गरेका छन् ।
उनले अदालतमा श्रीमतीले आफूलाई आफ्नो माग पूरा नगरे अन्य पुरुषसँग जाने धम्की दिने गरेको समेत बताए । निवेदनमा डिसेम्बर २०१२ मा आफ्नो पेटमा दुखाई भएकाले अस्पताल भर्ना भएको र चिकित्सकहरुले केही समयमा लागि शारीरिक सम्बन्धबाट टाढा रहन सुझाव दिएको भन्दै तैपनि श्रीमतीले आफनो यौन इच्छा पूरा गर्न बाध्य गराएकाले आफ्नो स्वास्थ्यमा समस्या आएको उल्लेख गरेका छन् ।
उनले निवेदनमा आफूले श्रीमतीलाई कुनै मनोचिकित्सकको सल्लाह लिन सुझाव दिए पनि उनले इन्कार गरेको उल्लेख गरेका छन् । निवेदनमा उनले अब आफू यो सब अत्याचार सहन नसक्ने भन्दै आफ्नो जीवन खतरामा रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्–यौनप्रतिको उनको अत्याधिक भोकका कारण म आफ्नी श्रीमतीसँग एउटै घरमा बस्न सक्दिनँ ।
न्यायाधीशले उनको निवेदन स्वीकार गर्दै उनलाई सम्बन्ध बिच्छेदका लागि अनुमति दिने फैसला गरेको छ। एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID