Friday 26 September 2014

दसैँको पालो मिलाउन गएका कर्मचारीमाथि सात गोली र धारिलो हतियार प्रहार

असोज १० – चितवन, चितवन जिल्लाको माडीस्थित राष्ट्रिय निकुञ्जको जङ्गलमा हतियार धारी समूहको आक्रमणमा परी मृत्यु भएका संरक्षणकर्मी शेषचन्द्र चौधरीलाई सात गोली लागेको पुष्टि भएको छ । अज्ञात हतियारधारी समूहको गोली लागी बिहीबार मृत्यु भएका चौधरीलाई सात गोलीसँगै धारिलो हतियारसमेत प्रहार भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिएका छन् । चितवन निकुञ्जले आज एक विज्ञप्ति जारी गरी घटनाबाट हतोत्साहित नहुन र संरक्षण कार्यमा अझ कडाइ गर्न अन्य कर्मचारीहरुसँग अपिल गरेको छ । सहायक संरक्षण अधिकृत थपलियाद्वारा जारी विज्ञप्तिमा चितवनको रत्ननगर निवासी निकुञ्जका सिनियर गेमस्काउट चौधरीको बायाँ पेटमा तीन, भुँडीमा एक, ढाडको दाहिने भागमा दुई र दायाँ कुममा एक गरी सात गोली र अनुहारको दुई ठाउँमा धारिलो हतियार प्रहार भएको अनुसन्धानमा पाइएको जनाइएको छ । निकुञ्जका कर्मचारीको दसैँ बिदाका लागि पालोपहरा मिलाउन जाने क्रममा चौधरीको हतियारधारी समूहको गोलीबाट मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जको माडीबगई सेक्टरबाट दिपानगर पोस्टतर्फ ना२६प ८८० नम्बरको मोटरसाइकलमा जाने क्रममा बिहीबार बिहान ९ बजे चौधरीमाथि गोली हानिएको थियो । उनीसँगै रहेका चितवन माडीका त्रिलोक महतो गोली लागेर गम्भीर घाइते छन् । उनको अहिले चितवनको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । उनीहरुसँग रहेको रु २८ हजार र मोबाइललगायतका अत्यावश्यक सामग्रीसमेत लुटिएको अनुसन्धानबाट खुलेको थपलियाले बताए । घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्ने समूह पहिचान नभएको प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID