आजको राजधानी दैनिकका अनुसार मंगल ग्रहमा मानव वस्ती निर्माण गर्ने काम सायद हाम्रो अपेक्षाभन्दा पहिले नै सुरु हुन सक्छ । आर्किटेक्ट एलन मस्कले त्यहाँ एउटा पुर्ण सहर बनाउने योजना बनाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले त्यहाँ सन् २०३५ सम्ममा मानिस पठाउन चाहन्छ । उता टेलिभिजन सो ‘विग बोस’ ले सन् २०२४ सम्ममा मार्स वान मिसन अन्तर्गत मानिस पठाउने योजना बनाएको छ । तर मंगलमा मानव बस्ती बसाउने योजना निकै नै महत्वकांक्षी योजना हो ।
साउथ क्यालिफोर्नियाको विटर्बी स्कुल अफ इन्जिनियरिङका डा. बेहोरोख खोसनेविस भन्छन्,‘इँटा आकारको एक किलोग्रामको सामान चन्द्रमा वा अन्य ग्रहमा पुर्याउने लागत १ देखि २ लाख डलर हुन्छ ।’ ‘त्यसैले तपाईं चन्द्रमा वा मंगलमा घर बनाउने सोच्दै हुनुहुन्छ भने तपाईंले त्यहीँ भएका सामग्री प्रयोग गर्ने तरिका विकास गर्नुपर्छ,’ नासासँग यसबारे काम गर्ने खोसनेविस अगाडि थप्छन् । भौतिक निर्माण प्रविधि ‘कन्टुर क्राफ्टिङ’को विकासमा खोसनेविसको पनि योगदान छ । - एजेन्सी
No comments:
Post a Comment